children help network
12/12/2017
जोर्नीको पीडाका थुप्रै कारण हुन्छन् । जस्तै–बोन फ्लुइड (हड्डी द्रव) वा मेम्ब्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा भित्री रोग उत्पन्न हुनु, हड्डीको क्यान्सर, आर्थराइटिस, मोटोपन, ब्लड क्यान्सर, बढ्दो उमेरसँगै जोर्नीको बीचको कार्टिलेज कुसनलाई लचिलो र चिल्लो राख्ने लुब्रिकेन्टको कमी हुनु, लिगामेन्ट्सको लम्बाइ र लचिलोपनमा कमी आदि । जोर्नी स्वस्थ राख्ने उपाय : जोर्नीको पीडा विशेष गरी आर्थराइटिसको कुनै उपचार छैन तर केही उपाय छन्, जसलाई अपनाएर यो समस्याबाट जोगिन वा त्यसलाई कम गर्न सकिन्छ । - आर्थराइटिसका कारण जोर्नीमा भएको कार्टिलेजलाई हानि पुग्छ । यो ७० प्रतिशत पानीले बनेको हुन्छ । त्यसैले प्रशस्त मात्रामा पानी पिउनुर्छ । - दूध तथा दूधबाट बनेका परिकार, ब्रोकाउली, सालमन, पालुंगो, राजमा, बदाम, तोफु आदि क्याल्सियमयुक्त खाद्यपदार्थ प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । - भिटामिन सी र डी जोर्नीका लागि अत्यन्त लाभदायक हुन्छन् । त्यसैले स्ट्रबेरी, सुन्तला, किबी, ब्रोकाउली, काउली, बन्दा, दूध, दही, माछा आदि पर्याप्त मात्रामा खानुपर्छ । - केही समय घाममा पनि बस्नुपर्छ । यसबाट भिटामिन डी प्राप्त हुन्छ । शारीरिक तौल नियन्त्रणमा राख्नुपर्छ । तौल बढी हुँदा जोर्नीमा दबाब पर्छ । - नियमित व्यायाम गर्नुपर्छ तर जोर्नीमा दबाब पर्ने काम भने कम गर्नुपर्छ । - धूम्रपान एवं मद्यपानबाट जोगिनुपर्छ । - फलफूल तथा तरकारीको सेवन बढी मात्रामा गर्नुपर्छ । - अदुवा तथा बेसार सेवन गर्नुपर्छ । यसले जोर्नी सुन्निन दिँदैन । - नुन, चिनी, अल्कोहल, क्याफिन, तेल तथा रातो मासु आदिको सेवन कम गर्नुपर्छ । - पैदल यात्रा, जगिङ, नृत्य, जिम, सिँढी चढ्ने–ओर्लने तथा हल्काफुल्का व्यायामले हड्डीलाई मजबुत राख्छ । जाडो मौसममा विशेष ध्यान जाडो मौसममा जोर्नीको पीडाले सताउँछ । कारण यो मौसममा प्राय: मानिस बढी आराम गर्छन् । यसबाट शारीरिक सक्रियता कम हुन्छ । दिन छोटा र रात लामा हुनाले जीवनशैली परिवर्तन हुन्छ । यतिबेला खानपानको बानीसमेत परिवर्तन हुन्छ भने व्यायाम कम गरिन्छ । फलत: जोर्नी दुख्ने समस्या अझ बढ्छ । - नियमित व्यायाम गर्नुपर्छ । शारीरिक रूपमा सक्रिय रहनुपर्छ । - बाहिरी तापमान निकै कम हँुदा बाहिर घुमफिर गर्ने गतिविधि कम गर्नुपर्छ । - शरीरलाई न्यानो राख्नुपर्छ र प्रतिदिन ८–१० गिलास पानी पिउनुपर्छ । - चिसोबाट जोगिनुपर्छ । पीडा हुने ठाउँलाई न्यानो राख्नुपर्छ । - चिसोको साटो ताता खानेकुरा खानुपर्छ । लसुन, प्याज, सालमन, माछा, बदाम, काजु आदि केही बढी सेवन गर्नुपर्छ । - चोकरयुक्त आटाको रोटी तथा मुगको दाल सेवन गर्नुपर्छ । हरियो सागपातका साथै लौका, घिरौला, काउली, बन्दा, गाजर आदिको सेवन पनि फाइदाजनक हुन्छ । साभार:kantipur नारी
जाडोमा जोर्नीको पीडा जोर्नीको पीडाका थुप्रै कारण हुन्छन् । जस्तै–बोन फ्लुइड (हड्डी द्रव) वा मेम्ब्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा ?...
12/12/2017
मेरो विवाह भएको पाँच वर्ष भयो । हाम्रो १७ महिने एउटा छोरा छ । म हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छु । बिदामा घर-आउने जाने भइरहेको हुन्छ । हाम्रो वैवाहिक जीवनमा अरु कुनै समस्या छैन । तर, एउटा समस्या छ । म अरु स्त्रीसँग लसपस गर्छु कि भनेर मेरी पत्नी धेरै शंका गर्छिन । कतिसम्म भने नयाँ-नयाँ नम्बर लिएर, फेसबुकमा फेक आईडी बनाएर मेरो जासुसी गर्छिन् । विवाहअघि जे जस्तो भए पनि, विवाहपछि कुनै परस्त्रीसँग मैले शारीरिक-मानसिक सम्बन्ध राखेको छैन । महिला मित्रचाहीँ बाल्यकाल देखिका छन्, २/३ जना । उनीहरुसँग कहिलेकाहीँ सामाजिक सञ्जालमा कुराकानी हुन्छ । म आफ्नो वैवाहिक जीवन सुखी र खुशी बनाउन हरदम प्रयास गरिरहेको हुन्छु । तैपनि सधैं उनको शंका गर्ने बानीले हैरान परेको छ । अरु कुनै कारणले हाम्रो झगडा हुँदैन । बस, शंकाले सधैं झगडाको बीउ रोप्छ । उनको चाहनाअनुरुप मैले आफ्ना सबै महिला मित्रहरुसँग दूरी बनाएको छु । तैपनि उनको शंका गर्ने बानी हटाउन सकिएन । कृपया उनको शंका गर्ने बानीलाई कसरी ठीक पार्ने होला ? एस... मानिसमा सामान्यतया दुई वटा कारणले शंका गर्ने बानीको विकास हुन्छ । पहिलो, आफ्नो मान्छेलाई धेरै माया गर्दा त्यो मानिसबिनाको जीव्ान कल्पना गर्न सकिँदैन । ‘यो मानिसबिना मेरो जीवन समस्यामा पर्छ’ भनेर कसैको मनमा गम्भीरतापूर्वक कल्पना गर्ने बानी पर्यो भने उसका बारेमा बढी सोधीखोजी शुरु हुन्छ । यो शंकाभन्दा बढी मायाको संकेत हो । माया नै भए पनि यस्तो खालको मायाले जीवनमा समस्या निम्त्याउने गर्छ । यसका लागि भिन्न किसिमको व्यवहार गर्नुपर्ने हुन्छ । अर्को शंका वास्तविकतासँग धेरै नजिक हुन्छ । यसअघि कुनै व्यक्तिले पटक-पटक एकै खालको गलत काम गरेपछि त्यो मानिस शंकाको घेरामा आउँछ । फलस्वरुप उसले गल्ती नगर्दा पनि उसले शंकाको घेरामा पर्नुपर्ने बाध्यता सिर्जना हुन्छ । तपाईंको प्रश्न केही अपूरो भए पनि तपाईंका कुराले ती दुवैतर्फ संकेत गर्छ । यही कारण मैले यहाँ दुवै किसिमका लक्षणलाई समाधान गर्ने प्रयास गरेकी छु । प्रेमका कारण उब्जने शंका प्रेम अन्धो हुन्छ । प्रेमले मानिसलाई केही स्वार्थी बनाउँछ । आफूले प्रेम गरेको मानिसले अरु कसैसँग सम्बन्ध नबढाओस्, मेरैअघि मात्र बसिदेओस्, जीवनभर मेरै लागि काम गरोस् र मेरैबारेमा सोचिदेओस् भन्ने सोच्छ । यस्ता व्यक्तिहरुलाई कसैले ‘तिमी गलत गरिरहेकी छौ’ भनेर सम्झाउन खोज्यो भने उनीहरु यसलाई गलत मान्न तयार हुँदैनन् । उनीहरु यसलाई प्रेम ठान्छन् र ‘मैले हाम्रो भलाइका लागि यी काम गरिरहेको’ भन्ने ठान्छन् । यस्ता व्यक्तिहरुलाई ‘प्रेममा स्वार्थ हुनुहुँदैन, प्रेमले एक-अर्कालाई बाँध्ने होइन, स्वतन्त्रतामा रमाउनु दिनुपर्छ’ भन्ने कुरा थाहा हुँदैन । अपरिपक्व प्रेममा यस्ता समस्या आउने गर्छन् । तर, यस्ता मानिसलाई ‘समाजमा सबैसँग घुलमिल गर्नु हाम्रो बाध्यता भए पनि म तिमीसँगै प्रेम गर्छु र बाहिर जति मानिससँग संगत गरिरहेको छु, त्यो हाम्रो भविष्यकै लागि हो’ भन्ने बुझाउनुपर्छ । यस्ता व्यक्तिहरुलाई सम्झाएर मात्र पनि पुग्दैन । उनीहरुलाई ती कुराहरुको प्रमाण पनि चाहिन्छ । यसका लागि केही घटनाबाट बुझाउनुपर्छ । यसका लागि महिलालाई सम्झाउन माइती पक्षका सम्बन्धहरुलाई उदाहरण दिएर कुरा बुझाउन सकिन्छ भने पुरुषहरुलाई सम्झाउन उसका निकट मित्रहरुसँगको सम्बन्ध कति महत्वपूर्ण छ भनेर बुझाउनुपर्ने हुन्छ । विस्तारै प्रेमको ज्वरो पनि कम भएपछि यस्ता अनावश्यक शंका आफैं हटेर जान्छन् । गल्तीका कारण उब्जने शंका कुनै व्यक्तिले एकै खालका काम गर्यो भने ऊ त्यस्तै खालको मान्छे हो भन्ने धारणा उब्जन्छ । यस्तो धारणा कसैमा बलियो भएर गएको अवस्थामा उसले ती काम नगर्दा पनि मानिसले विश्वास गर्दैनन् । मानौं कुनै व्यक्ति रक्सी खान बद्नाम छ भने उसले रक्सी छाडे पनि मानिसले तुरुन्तै विश्वास गर्दैनन् । कतिपयले ‘तत्काल उसले रक्सी छाडे पनि भविष्यमा फेरि खान्छ’ भन्ने धारणा पाल्छन् । यस्ता व्यक्तिले रक्सी छाडेको विश्वास दिलाउन वषौर्ं विभिन्न खालको परीक्षाबाट गुज्रनुपर्छ । तपाईंको प्रश्नले माथिका दुवै कुराको संकेत गरेको छ । तपाईंले विवाहअघि आफ्नै बालसखीहरुसँग कुनै न कुनै खालको नजिकको सम्बन्ध बढाएको हुनसक्छ । तपाईंको प्रश्नमा पनि यस किसिमका संकेत देखिएका छन् । यो कुरा तपाईंकी श्रीमतीलाई थाहा भएको र उनको खुशीका लागि ती महिला मित्रसँग दूरी बढाएको कुरा पनि तपाईंको प्रश्नमा देखिन्छ । शायद तपाईंले आफ्नो सम्बन्ध अरुसँग नभएको कुरा बुझाइरहनु भएको छ । तर, तपाईंकी श्रीमतीलाई अझै तपाईंमाथि पूर्ण विश्वास नभएका कारण फेक आईडी र अर्कै फोनमार्फत् तपाईंको कुरा परीक्षण गरिरहनु भएको छ । आजभोलि तपाईंले बाहिर सम्बन्ध राख्नु भएको छैन र बाहिर सम्बन्ध विस्तार गर्न चाहनुहुन्न भने तपाईं यस्ता कुराबाट डराउनु पर्दैन । तपाईंकी श्रीमतीले विस्तारै तपाईंको दृढ निश्चय बुझेपछि विश्वास गरिहाल्नु हुन्छ । पहिले तपाईंबाट केही गलत कृयाकलाप भए पनि अहिले सही बाटोमा हिँड्ने निश्चय गर्नु भएको हो भने श्रीमतीको शंका विस्तारै दूर हुन्छ । बरु, अझै बढी माया पाउनु हुन्छ । कोही ठीक बाटोमा आउँछ भने उसको परिवारमा खुस्शीको सञ्चार शुरु हुन्छ र त्यसले घरको मूली बढी फाइदामा रहन्छ । मानौं तपाईं पहिले कुनै पनि गलत सम्बन्धमा हुनुहुन्नथ्यो । तपाईंका बालसखीहरु केवल तपाईंका साथी मात्र हुन् । विवाहपछि श्रीमतीको अत्यधिक शंका गर्ने बानीका कारण सबै साथीहरुसँग टाढा हुनु परेको हो भनेचाहिँ यो दुःखद् कुरा हो । यो बुँदा नम्बर एकमा भनिएजस्तो तपाईंकी श्रीमतीले तपाईंलाई गरेको अन्धो प्रेमको नतिजा हो । यसले तपाईंलाई केही पीडा दिइरहेको छ भन्ने बुझिन्छ । यसका लागि तपाईंले केही बढी मिहिनेत गर्नुपर्छ । कुनै पनि व्यक्ति समाजमा एक्लिएर बस्न सक्दैन । अन्धो मायाले समाजबाट एक्ल्याइदिन्छ । यस्तो वैवाहिक जीवनमा श्रीमान्ले आफ्नो घरपरिवारका मानिससँग टाढा बनाउने र श्रीमतीलाई माइतीबाट टाढा बनाइदिने अवस्था आउँछ । त्यसैले यो खतरनाक मायालाई भने चाँडोभन्दा चाँडो व्यावहारिक मायामा परिणत गर्नुपर्छ । यसका लागि बढीभन्दा बढी स्नेह गर्ने, उनलाई पनि सबैसँग घुलमिल गराएर हाम्रो मायाको कोही पनि दुश्मन नभएको बरु सहयोगी रहेको बुझाउने, कुनै गलत मानिस छ भने उनलाई देखाएरै ऊसँग सम्बन्ध तोड्ने र समाजमा मानिस कसरी मिलेर बसेका छन्, त्यो प्रमाणसहित देखाउने गर्नुपर्छ । यसका लागि भने तपाईंले मनोवैज्ञानिकको सहयोग लिने गर्नुपर्छ । सत्य कुरा के हो त्यो तपाईंलाई नै बढी थाहा छ, श्रीमतीको शंका अर्थात् ‘ओथेलो सिन्ड्रोम’ दूर गर्न तपाईंले नै केही बढी मिहिनेत गर्नुपर्ने देखिन्छ । साभार : online khabar
यसरी हटाउनुस् श्रीमतीको शंका गर्ने बानी मेरो विवाह भएको पाँच वर्ष भयो । हाम्रो १७ महिने एउटा छोरा छ । म हाल वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छु । बि?...
11/03/2017
“बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदैजानुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो।
अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो।”
लूका 2:40, 52 luk 2:40,52 NNRV
लूका 2:40-52, Nepali New Revised Version (NNRV) बालक बुद्धिले भरिपूर्ण भएर बढ्दै र बलियो हुँदैजानुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो।
06/01/2017
“मैले जित्नु भनेको नेपालले जित्नु हो, सबै नेपालीले जित्नु हो, सो प्लिज भोट मी: तेरिया......१ शेहर गर्न नभुल्नुहोला है। write best of luck
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Address
Surkhet