Madhya Pahad

Madhya Pahad

Share

06/01/2026

कांग्रेसको कार्यसम्पादन समिति बैठक स्थगित, तालमेल टुङ्गिन बाँकी
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक राष्ट्रियसभा निर्वाचनको तालमेल टुङ्गिन नसकेपछि स्थगित भएको छ। बैठक आज फेरि बस्ने जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले दिएका छन्।

माघ ११ गते राष्ट्रियसभा निर्वाचनका १८ सिटमा दलहरूले साझा तालमेल गर्ने प्रयास गरिरहेका छन्। कांग्रेसका नेता रमेश लेखकका अनुसार कांग्रेस र एमालेलाई सात–सात सिट, नेपाली कम्युनिस्ट पार्टीलाई ३ सिट र जसपा नेपाललाई १ सिट दिने सहमति भए पनि कुन क्लस्टरमा कुन पार्टीको उम्मेदवार उठाउने भन्ने टुङ्गिन बाँकी छ।

बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तालमेलबारे ब्रिफिङ गरेका थिए।
Madhya Pahad
Madhya Pahad

06/01/2026

प्रधानमन्त्री कार्कीले तीन मन्त्रीलाई राजीनामा दिन आग्रह गरिन्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङ, बब्लु गुप्ता र जगदीश खरेललाई राजीनामा दिन आग्रह गरेकी छिन्। प्रधानमन्त्रीले मन्त्रीहरू हाल राजनीतिक गतिविधिमा अत्यधिक सक्रिय रहेको भन्दै यस विषयमा प्रश्न उठाएकी छिन्। सरकार भित्रको स्थायित्व र जिम्मेवारीपूर्ण नेतृत्व कायम राख्न प्रधानमन्त्रीले उनीहरूलाई राजीनामा दिन सुझाव दिएकी हुन्।

Madhya Pahad

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Birendranagar
Surkhet
21700