Edit khadka page
funny video
30/09/2023
दैलेख जिल्ला चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न.१ निवासी शेरबहादुर पुलामीको नाति राजेन्द्र पुलामीको छोरा सालम पुलामि कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगर-६ स्थित उषा बाल बाटिका विद्यालयमा कक्षा १ मा अध्ययन गर्दै होष्टेलमा बसिरहेको अवस्थामा मृत फेला परेको खवरले अत्यन्तै दुःखी बनायो । पहाडमा दुख गरि खाई नखाइ गरि कमाएको पैसाले आफ्ना सन्तानलाई पढाई लेखाइ केहि बनाउला भन्ने सोचेर होस्टेल राखि पढाइ रहेको अवस्थामा समेत बिना कारण बालक गुमाउनु अत्यन्तै दुखत कुरा हो । नाबालकको सम्पुर्ण जिम्मेवारी दिइ घरमै बसाले सरह होस्टेल बसालेको अवस्थामा कक्षा १ मा पढ्ने कुनै विद्यार्थीले आत्महत्या गर्यो भन्ने विद्यालयको भनाइ गैरजिम्मेवारि पुर्ण एवंम खेतजनक छ । होस्टेलमा बसिरहेको विद्यार्थीको सम्पुर्ण जिम्मेवारी होस्टेल प्रशासनको हुन जान्छ । कुनै विषयको निर्णय लिन सक्ने ८ कक्षा भन्दा माथीको विद्यार्थी भएको भए पनि यस्तो प्रयास गर्यो कि भन्ने शंका हुन सक्थ्यो तर कक्षा १ मा पढ्ने विद्यार्थी जस्को खाने पढ्ने खेल्ने कहा खेल्ने कपडा धुने कति बजे सुत्ने लगायतका सम्पुर्ण समय तालिका होस्टेल प्रशासनले बनाएको हुन्छ यस्तो अवस्थामा मात्र १ कक्षामा पढ्ने बालकले आत्महत्या गर्यो भन्ने सोच्नै सकिदैन । के १ कक्षामा पढ्ने बच्चालाइ आत्महत्या भनेको थाहा हुन्छ यो भन्न मिल्ने कुरा हो । विद्यालयको लापरवाहीका कारण हो वा विद्यालयको के कुन कमजोरिको कारणले यो दर्दनाक घटना भएको हो तुरुन्त छानविन होस । मृतक बाबु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु😭😭😭😭
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Surkhet