Advocate Deb Raj Sharma
04/06/2026
पोखरा बसपार्कको कित्ता नम्बर ४६ मा बनेको घर तथा अन्य भौतिक संरचनाहरु तत्काल नहटाउन उच्च अदालत पोखराद्वारा उत्प्रेषण परमादेश जारी गरेको सूचना !
03/06/2026
विधायिका छलेर अर्थमन्त्री द्वारा करका दरमा मनलाग्दी संशोधन –संसद्मा दर्ता भइसकेको कुनै पनि विधेयकमा उल्लेखित विषय सच्याउनुपर्यो भने संसद्को स्वीकृति अनिवार्य चाहिने, या सम्सदबाट संसोधन प्रस्ताव मार्फत संसोधन गर्नु पर्ने कानुनी ब्यबस्था लत्याउदै व्यापक चलखेल गरि गैरकानुनी कार्यमा सकृय, स्वर्णिम ज्युले कता कता केके गरे हेरौ ।
03/06/2026
डा भिमार्जुन आचर्यको भनाइ !
"नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति नै असामान्य र गंभीर छ । दुई देशबीचमा तेस्रो देशको उपस्थितिको आव्हान अझैं चिन्ताजनक छ । आज सम्मका कुनै पनि प्रधानमन्त्रीहरूले यस्तो अभिव्यक्ति संसद् र संसद् बाहिर दिएको रेकर्ड छैन । यस्तो अभिव्यक्ति कहिल्यै अपेक्षित पनि छैन । यसको सबै भन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भैरहेको छ, त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो । सिमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाईले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहदैन वा सक्दैन भन्ने कुरा दर्शाउॅंछ । सिंगों देश र देशवासी झनै सचेत हुनु पर्ने समय आए जस्तो छ ।"
के बोल्या? कहाँ बोल्या? कुन पदमा पदासिन हो? ख्याल भएन ? यस्तो बोल्नु भन्दा नबोलेकै बेस ? कुन दिन नेपाल भरतिय भुमी हो भन्न बेर छैन ! ल न भोले बाबा केही पनि नबोल भन्देउ, अरुको सुझाब त त्यहाँ सम्म नपुग्ला ! सार्बभौमसत्ता सम्पन्न राष्ट्रियता जोगाइदेउ !
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Pokhara