Bidhya Budha

Bidhya Budha

Share

02/08/2022

समाजले बाबाआमालाई प्रश्न गरिरहन्छ
छोरीहरु ठुला भए बिहे गर्ने होइन ?
बाबा दुखी हुनुहुन्छ
मानौ उहाँबाट ठूलो भूल भएको छ
मानौ उहाँले कसैको घरमा गएर चोरी गरेर आउनुभएको छ
अनि शिर झुकाउँदै मलिन स्वरमा भन्नुहुन्छ
गर्ने हो तर गर्न सकिन अहिलेसम्म

पढेका छोरीहरु जिद्धी हुन्छन्
पढेका छोरीहरु सम्झौता गर्न चाहन्नन्
जति पढायो उत्ति गारो धेरै पढाउन त नहुने रैछ
गल्ती गर्नुभयो सर गल्ती गर्नुभयो
बाबाको मन झसङ्ग हुन्छ
अनि बिस्तारै भन्नुहुन्छ हो मैले छोरीहरुलाई पढाएर गल्ती गरे

सानैमा उसलाई एउटा केटासँग बिहे गरिदिएको भए
अहिले नातिनातिना जन्मी सक्थे
हेर्नुस त छोरीहरुलाई अहिलेसम्म घरमा पालेर
छोरीको कमाइले कति दिन सम्म घर चल्छ ?

बाबा टाउकोमा हात लगाउँदै पछुताउँदै
छोरीहरुले पाएर घरभरि झुण्ड्याइएका मेडलहरु हेर्नुहुन्छ
छोरीहरुले पाएका सटिपिकेटहरु हेर्नुहुन्छ
अनि थोरै ग्लानि भावमा टोलाउँदै सोच्नुहुन्छ

हे समाज मैले पहिले नै किन सोचिन
वक्तृत्वकलामा प्रथम हुने मेरा छोरीहरु
जीवनको बारेमा पनि बोल्नेछन भनेर
निबन्ध लेख्न जान्ने छोरीहरु
जीवन पनि आफ्नै ढंगले लेख्न खोज्नेछन् भनेर
पढाइमा दोस्रो स्थानमा सम्झौता नगर्ने छोरीहरु
जीवनमा सम्झौता गर्ने छैनन भनेर
तरपनि उत्तर दिन सक्नुहुन्न

समाज तिम्रो प्रश्नका उत्तरहरु मेरा बाआमासँग छैनन्
तर मसँग छन्
बिहे त लेखेको दिन होला
अनि तिमीले पनि हेरौँला
तर मेरो बाबाले गल्ती भने पक्कै गर्नुभएको हो
आफ्नो जीवन आफै चलाउन सक्छौं भने छोरी
जन्माएर
छोरीहरुलाई पढ्न मन लागे जति पढाएर
नराम्रो कुराको बारे चाहे जोसुकै होस्
बोल्न नडराउने छोरी जन्माएर
अहिलेको जमानामा पनि भगवानमा विश्वास
गर्ने छोरी जन्माएर
अहिलेको जमानामा पनि मर्यादामा बस्ने छोरी जन्माएर
मेरो बाबाआमाले गल्ती भने पक्कै गर्नुभएको हो।।

26/11/2021

बिश्वब्यापी रूपमा हरेक तीन जना महिलामा एकजनाले शारीरिक वा यौनजन्य हिंसाको सामान गरेको देखिन्छ। नेपाल प्रहरीमा दर्ता भएका कुल अपराध मध्य ४०% लैङ्िगक हिंसा विरुद्ध एकजुट भएर लडाइँ गरौं ।

Want your public figure to be the top-listed Public Figure in Patan?
Click here to claim your Sponsored Listing.

Category

Address


Patan
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00