BEE-Group

BEE-Group

Share

BEE Group is a NGO registered at DAO, Banke and has been working in the principle of right based approach in the field of human rights,social justice,health and nutrition,sanitation and disaster management etc since 2000 AD in Lumbini province.

Photos from BEE-Group's post 05/06/2026

विश्व वातावरण दिवसको अवसरमा आज कर्णाली नदीको तल्लो तटीय क्षेत्र राजापुर नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउँपालिका बर्दिया र टिकापूर नगरपालिका र जानकी गाउँपालिका कैलाली जिल्ला साथै बबई नदीको तल्लो तटीय क्षेत्रमा रहेका बारबर्दिया र गुलरिया नगरपालिका बर्दिया जिल्लाभित्र बाढीको उच्च जोखिममा रहेका समुदायमा समुदायीक विपद् व्यवस्थापन समितिको अगुवाईमा जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको नमूना सूचनालाई आधार बनाई कृत्रिम घटना नमूना अभ्यास गरिएको छ । बाढी विपद् प्रतिकार्यका लागि क्षमता विकास गर्न समुदायले गरेको स्वःस्फूर्त कार्यले विपद्को सामना गर्न समुदायको तयारीलाई प्रमाणित गरेको छ । समुदायको विपद् प्रतिकार्य क्षमता बढाउन पूर्वसूचना प्रणाली प्रभावकारी माध्यम बनेको छ र यसलाई ज्ञान र सीपसँग जोडेर विपद् सुरक्षित समूदाय विकास गर्न यस्ता कार्यलाई संस्कृतिका रूपमा अभ्यास गर्नुपर्छ । समुदायको यो स्वःस्फूर्त कार्यले साँस्कृतिक विकासको संकेत गरेको छ । Action International Nepal Nepal Bardiya Rajapur Tikapur Janaki Madhuwan Gulariya Barabardiya

Photos from BEE-Group's post 20/04/2026

ADRA Nepal सँगको साझेदारी एवम् BEE-Group, ANSAB Nepal र FECOFUN को सहकार्यमा बाँके र बर्दिया जिल्लामा सञ्चालन भइरहेको CSO Action for Resilient Ecosystem and Communities (Samvardhan) परियोजनाको समाज कल्याण परिषदबाट आएको टोलीले मिति २०८३ साल बैशाख ५ र ६ गते मध्यावधी मूल्याङ्कन गर्ने क्रममा बाँके र बर्दिया जिल्लाका तेस्रो पक्षिय वित्तीय सहयोगबाट उद्यम गरिरहेका उद्यमी, कृषक समूह, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय सरकार आदिसँग प्रत्यक्ष भेटघाट गरी परियोजनाले पुऱ्याएको सहयोग, उपलब्धी र सुधारका पक्षमा छलफल गरेको छ । जसले पारियोजनाको सफलताका लागि आवश्यक मार्गदर्शन र उपलब्धीपूर्ण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Want your organization to be the top-listed Non Profit Organization in Nepalganj?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Krishanasar FM Near Belaspur , Nepalgunj
Nepalganj
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00