SMS

SMS

Share

17/07/2026

🚨 विश्वकपमा छनोट भएर पनि मुख्य प्रतियोगिता खेल्न नपाइने? आईसीसीको नयाँ संरचनाप्रति चर्को आलोचना!

अब नेपालजस्ता एसोसिएट राष्ट्रहरूले वर्षौंसम्म संघर्ष गरेर विश्वकपमा स्थान बनाए पनि मुख्य प्रतियोगिता खेल्ने सुनिश्चितता नहुने भएको छ। आईसीसीले प्रस्ताव गरेको नयाँ ढाँचाप्रति नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ'डाउडले सामाजिक सञ्जाल X मार्फत कडा असन्तुष्टि व्यक्त गरेका छन्।

उनले लेखेका छन्:

"के अब हामीले तीन वर्षसम्म क्रिकेट विश्वकप लिग–२ खेल्ने, त्यसपछि विश्वकप ग्लोबल क्वालिफायर खेल्ने, अनि विश्वकपमा पुगेपछि फेरि अर्को क्वालिफाइङ सिरिज खेल्नुपर्ने हो?"

📌 नयाँ संरचनामा के छ?

सन् २०२७ को एकदिवसीय विश्वकपमा १४ टोली सहभागी हुनेछन्। तर, त्यसमा छनोट हुनु मात्रै पर्याप्त हुने छैन।

• एसोसिएट टोलीहरूले सुरुमा तीन वर्षसम्म विश्वकप लिग–२ खेल्नुपर्नेछ।
• त्यसपछि ग्लोबल क्वालिफायर पार गरेर मात्र विश्वकपमा स्थान बनाइनेछ।
• तर त्यहीँ पनि यात्रा सकिँदैन। विश्वकपमा छनोट भएका १४ टोलीमध्ये तल्लो वरीयताका ३ टोलीले मुख्य प्रतियोगिताअघि छुट्टै 'सुपर सिरिज' खेल्नुपर्नेछ।
• उक्त सिरिजबाट एक टोलीले मात्र मुख्य १२ टोलीको समूह चरणमा स्थान बनाउनेछ। बाँकी दुई टोलीले विश्वकपका ठूला राष्ट्रविरुद्ध एउटै खेल पनि खेल्न नपाई प्रतियोगिताबाट बाहिरिनुपर्नेछ।

यसको अर्थ, वर्षौंको मिहिनेतपछि विश्वकपमा पुगेका टोलीहरूलाई फेरि अर्को छनोटको परीक्षा दिन बाध्य बनाइँदैछ। धेरैको बुझाइमा यो संरचनाले एसोसिएट राष्ट्रहरूको विकासमा सहयोग गर्नुको सट्टा उनीहरूलाई मुख्य मञ्चबाट अझ टाढा धकेल्ने काम गर्छ।

आईसीसीको यो नयाँ ढाँचाबारे तपाईंको धारणा के छ? आफ्नो विचार तल कमेन्टमा अवश्य लेख्नुहोस्। 👇

16/07/2026

नेपाली क्रिकेटको विकासका लागि ‘लर्ड्स’मा महत्वपूर्ण भेटवार्ता! 🤝🇳🇵🏏

क्रिकेटको ऐतिहासिक घर लर्ड्समा नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच नेपाली क्रिकेटको भविष्यलाई केन्द्रमा राखेर महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ।

क्यानका अध्यक्ष र सचिवले एमसीसीका प्रमुख कार्यकारी अधिकृत तथा सचिव रोब लसन (Rob Lawson), क्रिकेट तथा सञ्चालन निर्देशक रोब लिन्च (Rob Lynch) तथा एमसीसी फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत एङ्गस बेरी (Angus Berry) सँग द्विपक्षीय छलफल गरेका हुन्।

भेटमा क्यान र एमसीसीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालमा क्रिकेटको दीर्घकालीन विकास, पूर्वाधार विस्तार, खेलाडी विकास तथा भविष्यमा सम्भावित सहकार्यका विविध पक्षबारे विस्तृत छलफल भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय साझेदारीलाई अझ मजबुत बनाउने क्यानको यो पहललाई नेपाली क्रिकेटको भविष्यका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ। 👏🇳🇵

Want your public figure to be the top-listed Public Figure in Narayanghat?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Narayanghat