Nava Raj Ghimire Pannati Kanchha Page
25/08/2025
!!हरितालिका तीज एवं|।🙏।|ऋषिपंचमी शुभकामना!!
पछिल्लो समय टिकटकको हरेक तुक्का अत्याधिक मन पराउनु भएको तिज गीत #दर्पन_छायाले #बालापनमा_सुख_थियो।
कस्तो लाग्छ युटुब मा गएर प्रतिक्रिया दिनु होला हामिहरु
बिदेशमा दु:ख गरेर कमाएको पैसाले तपाईंहरुको लागि लाखौंको लगानी गरेर २ महिनाको लागि तीज गीत बनाउछौ तर त्यति राम्रो रिस्पोन्स नआएको हुदा मैले यो बर्ष देखि तीज गीत बनाउन छोडेको छु। तर बर्षको एउटा भजन म तपाईंहरुको लागि मात्र नभएर मेरो आफ्नो कर्म अर्थात भोलि हामीले संगै लिएर जाने एउटा चिनोको लागी निरन्तरता दिनेछु। धन्यवाद!!
Balapan Ma Sukha Thiyo,Darpan Chhaya मौलिक तीजगीत Sunita Budha,Navaraj Ghimire,Ft.Karishma,Shivaji. #बालापनमा_सुख_थियो_बाउ_आमाको_काखमा। #जिम्मेवारीकाधमा_आयो_आशु_आखामा।। ...
24/04/2024
।|🙏|।नारायणम् ।|🙏|।
आज दोस्रो दिन आज सम्म एउटा ट्याब्लेट नखाएर बाचेको ब्याक्ति हिजो देखि ५० वटा ट्याब्लेट खाएछु के गरम जिन्दगी एस्तै रहेछ खान्न भनेको कुरा खानु पर्छ,जान्न भनेको ठाउँमा जानू पर्छ गर्दिन भनेको कुरा गर्नु पर्छ,मर्दिन भन्दा भन्दै मर्नु पर्छ एस्तै हो हाम्रो जिन्दगी त्यसैले म होस् या अरु कोहि होस् साथ सपोट सहयोग माया इत्यादी दिनु छ भने बाचुन्जेल दिनुहोला, भोलि मरि सकेपछि फलानु एस्तो थियो उस्तो थियो भनेर त्यसको कुनै औचित्य हुदैन।
मेरो लागि तपाईं हरुले कुनै सहयोग नगरिदिनु हुन अनुरोध गर्दछु।
बरु मेरो खुसी देख्न चाहानु हुन्छ भने।
जतिबेला म अस्पतालमा हुन्छु त्यति बेला मलाई मारिदिनु होला। तर म मरे पनि हाम्रो धर्म,सस्कृती बाची रहोस् मेरो आफ्नो सोचाइ छ।
त्यसैले यदि कसैले सहयोग गर्न चाहानु हुन्छ भने मेरो भजनको लागि सहयोग गर्न सक्नु हुन्छ। धर्म सस्कृती मौलिकता तपाईं हाम्रो साझा सम्पती पनि हो यस्लाइ बचाएर राख्नु तपाईं हामि सबैको कर्तव्य पनि हो जस्तो मलाई लाग्छ। मेरो केहिदिन पहिलाको पोस्ट यहि पेजमा हेर्न सक्नु हुन्छ। कर्कलाको पानी नमोरे बाचे कालले साचे हामी सबै मिलेर अगाडी बढ्ने छौ।धन्यवाद!!
Special Thanks.
Dr_Shahzad_Sarosh_Bulsara
NMC_Hospital_Al_Nadha_Dubai
03/04/2024
।|🙏|।ॐ। |।नारायणम् ।|।ॐ।|🙏|।
हिजो मेरो जन्मदिनको अवसर पर शुभकामना दिने सम्पुर्ण मित्रजनहरुमा न्यानो अभिवादन। मलाइ यस धर्तिमा जन्म दिने आमा बुवा प्रती सास्टाङ्ग दण्डवत प्रणाम।
सर्वप्रथमत म आफ्नो परिचय दिन चाहान्छु।
मेरो जन्म २०३९ साल चैत्र १९ गते पटौटी,पाणिनी गाउँपालिका४ अर्घाखाँची भन्ने ठाउँमा मेरो बुबा शिवलाल घिमिरे र आमा तिलिदेवि घिमिरेको कोखबाट एउटा निम्न परिवारमा भएको हो।
मेरो पढाई एस. एल. सि. पास गरि सकेपछी म भारतको विभिन्न ठाउँमा नोकरी गर्दै आएको छु। बिगत ५ बर्ष देखि दुबई मा सानो काम गर्दै आएको छु।
सानै उमेरदेखि बुबासगै भजन किर्तन गाउदै आएपनी मेरो बुबाको देहान्त पछि म आफ्नो नोकरी संगै भजन किर्तन तिर विशेष ध्यान दिन थाले मैले सोचे आखिर हामिले साथमा लिएर जानी भनेको हाम्रो कर्म रहेछ बाकी सबै कुरा छोडेर जानू पर्छ। त्यसैले आगामी दिनमा सांगितिक माध्यमबाट बिशेस गरि हाम्रो अर्घाखाँची जिल्ला र हाम्रो पाणिनी गाउँपालि लगायत सिङ्गो नेपालको धर्म सँस्कृती परम्परा मौलिक भजनको माध्यमबाट उजागर गर्ने सोच बनाएको छु। आफ्नो कर्म सगै बाच्नु र बचाउनु तपाईं हामी सबैको कर्तव्य पनि हो जस्तो मलाई लाग्छ।
म बिदेशमा नोकरी गर्दै आएको जानकारी गराइ सकेको छु। एक बर्षमा नेपाल आउछु र आफ्नो भजन हरुको काम सकेर फर्किने गर्छु तर दुखको कुरा के छ भने म आफ्नो लागि भनौं अर्थात आफ्नो परिवारको खुशीलाई छोडेर गीत संगीतमा लागेको भनौ अर्थात गीत संगीतमा लाग्दै गर्दा परिवार ले नै छोडेको जानकारी गराउदछु र यो बर्ष मेरो भजन संगै मेरो जीवन कथामा आधारित लोक गीत पनि आउदै छ प्रतीक्षा गर्नु होला।
बाकी कुरा के भने यदि तपाईं आफ्नो धर्म सस्कृती परम्परा लाई बचाउन चाहानु हुन्छ। म सग जोडिन चाहानु हुन्छ। अर्थात हाम्रो धर्म सस्कृती परम्परा,मौलीकतालाई हाम्रो नयाँ पिडि सम्म पुर्याउन चाहानु हुन्छ आउनु होस् हामी सबै मिलेर मुक्तिको बाटो रोजौ खोजौ।
अन्त्यमा विशेष गरेर बिदेश मा रहनु हुने भक्तजन हरुका लागि मेरो सानो निवेदन गर्न चाहान्छु।मेरा भजनहरु तापाइ हरु सुन्दै आउनु भएको छ यदि तपाईं हरु पनि इच्छुक हुनुहुन्छ मलाई आफू सग्दो सहयोग गर्न सक्नु हुनेछ। म विशेष सहयोगी को रुपमा नाम राखिदिने छु। आफ्नो परिवार सुटिङ स्थान सम्म जान पनि सक्नु हुनेछ। मलाई म्यासेज कमिन्टहरु गर्न सक्नु हुनेछ।मेरो स्क्यानर तल रहेको छ। पूरा लेख्न मिलेन....🙏
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the public figure
Telephone
Website
Address
Arghakhanchi
Lumbini
32700