Jay

Jay

Share

22/01/2026

कुरा भइरहुन

यति मात्र वाचा गर,
दिन जति बदलियोस्,
मान्छे जति थकित बनून्,
हाम्रो कुराकानी
कहिल्यै औपचारिक नबनोस्।
शुभ प्रभातमा
साधारण म्यासेज
“उठ्यौ?” होस्,
रातको अन्त्यमा
न्यानो “छौ नि?” होस्।
यिनै साना शब्दहरूले
दिनभरको दूरी
मेटाइदिन्छन्।

कहिलेकाहीँ
केही नभनी
केही भनिरहनू,
भीडमा हुँदा पनि
मेरो नाम
मनभित्र फुसफुसाइरहनू।

यदि कुनै दिन
शब्दहरू हराए भने,
डराउनु पर्दैन
म तिमीलाई
तिम्रो मौनमै
चिन्ने मान्छे हुँ।
बस्,
यति होस्
तिमी र म बीच
कुरा सकिने
कुनै अन्तिम बिन्दु
कहिल्यै नआओस् ।

Jayraj Joshi ❤️🌻

03/10/2025

तिमी

तिमीलाई सम्झिँदा
मनमा अनायासै संगीत बग्छ,
हावामा फुलको सुवास मिसिन्छ,
र समय केहीबेर थमिएझैँ लाग्छ।

तिम्रो उपस्थितिले
साधारण क्षणलाई पनि असाधारण बनाइदिन्छ,
अन्धकारमा दियो जस्तै उज्यालो फैलाउँछौ,
र थाकेको मनमा आशाको नयाँ पंखा फुकाउँछौ।

तिमी नजिक हुँदा
हर शब्द कवितामा बदलिन्छ,
हर धड्कन प्रार्थना बन्छ,
र जीवनलाई प्रेमको अर्थ दिने
एउटा सुन्दर उत्तर तिमीमै भेटिन्छ।

तिम्रो मुस्कान
बिहानको पहिलो घाम हो,
जसले मनको हरेक चिसो कुनामा
उज्यालो र न्यानोपन भर्छ।

तिम्रो नजर
आकाशको अथाह नीलो जस्तै हो,
जहाँ म हराएर पनि
आफ्नै अस्तित्व भेट्छु।

तिमीलाई सम्झनु भनेको
मनमा रङहरू भरिने चित्र कोर्नु हो,
जहाँ तिमी नै मेरो संसारको रंगीन कथा,
तिमी नै मेरो अधुरो जीवनको पूर्णता हौ।

तिमीलाई हेर्दा
सकसका दिनमा शान्ति जस्तै लाग्छौ,
रंगीन भीडभाडमा पनि
तिमी मात्र मेरो नजरको फूल बन्न आउँछौ।

तिमी बिना यो संसार अधुरो छ,
तिमी सँग यो जीवन धड्कनले भरिएको छ।
यदि शब्दले सबै कुरा भन्न सक्थे भने
म हजारौँ पानामा तिमीलाई उकेरिदिन्थें,
तर तिमीलाई महसुस गर्न
मलाई केवल एक मुटु र एउटा आत्मा नै काफी छ।

Jayraj Joshi 🌻❤️

Want your public figure to be the top-listed Public Figure in Katmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Katmandu