New Vision Club
05/06/2026
बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ को मुख्य समस्या अझै पनि खानेपानी नै हो।
डीप बोरिङ अस्थायी समाधान मात्र हो, जसले भू–जलको सतह झन् घटाउने जोखिम पनि बढाउँछ। विकासका अन्य कामहरू हुँदै गएका छन् र भइरहेका पनि छन्, तर दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने प्रमुख मुद्दा भनेको खानेपानीको समस्या नै हो।
अब वडा नेतृत्वको समन्वयमा हामी स्थानीय बासिन्दाहरू पनि एकजुट भएर सम्बन्धित निकायमा पहल, प्रतिनिधिमण्डल (Delegation) र आवश्यक दबाब सिर्जना गर्न अग्रसर हुनुपर्छ।
बुढानिलकण्ठको चुनावी एजेन्डा र जनअपेक्षा पनि हरेक घरमा स्वच्छ खानेपानी पुर्याउने नै थियो। त्यसैले आलोचना मात्र होइन, समाधानका लागि वडा कार्यालयलाई साथ र सहयोग गरौं।
“पानी बिना विकास अधुरो हुन्छ, त्यसैले हाम्रो पहिलो प्राथमिकता — स्थायी खानेपानी समाधान।” 💧🙏
28/05/2026
✨ New Vision Club परिसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं. ६ को सहकार्य, Community Care Nepal को आयोजना तथा Tilganga Institute of Ophthalmology को प्राविधिक सहयोगमा बृहत् नि:शुल्क आँखा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। 👁️✨
यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी टिम, स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगी हातहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏
साथ, सहयोग र सेवाभाव नै हाम्रो प्रेरणा हो। ❤️
24/05/2026
बुढानिलकण्ठ -६ न्युभिजन क्लब खड्का गाउँमा भोलि जेष्ठ ११ गते बिहान ८ बजे देखि ४ बजे सम्म आँखा शुबिर छ सबैजना आउनु होला।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Khadkagaun. Budhanilkantha/06
Kathmandu