WE SCOUT
28/03/2025
हाल नेपाल स्काउटको अवस्था
आज बिहान ११.३० बजे reporters club मा पत्रकार सम्मेलन हुदै छ। धेरै भन्दा धेरै साथि भाईलाई सहभागिता जनाउन अनुरोध छ
स्काउटमा के सारो मनलाग्दी भएको हो? नेपाल स्काउटको तालिम पद्धति छ कि छैन, तालिम र स्काउट लिडरहरुको विकासको लागि नियम कानुन छ कि छैन?
वयस्क विकास नीति बनायौं भनेर नि हल्ला गर्थे । खै कता छ त्यो? मन परेका, नजिककालाई चैं तालिम लियो अनि रिजल्ट निकाली हाल्यो । तल्लो तहमा रहेर स्काउटिङ गरेर बसेका स्काउट लिडरहरुलाई चैं वर्षौं झुलाउँछन् । प्रक्रिया पूरा गरेपछि पनि महिनौं रोकेर राख्छन् । कसैलाई आजको भोलि, कसैलाई ६ महिने नीतिको बोली । यिनका काइदा, यनका आसेपासेलाई फाइदा ।
तिनकै टाउको गनेर यिनीहरू केके न गर्यौं भनेर ठूला कुरा गर्छन्, अन्तर्राष्ट्रिय हल्लीचल्ली पनि गरिटोपल्छन कहिलेकाहीँ । कोही अफिसमा बसीबसी बिड्स लाउने, प्रमाणपत्र पाउने, र भुईंतहमा गर्मी बर्खा हिउँद नभनी बच्चाहरुसँग घोटिने स्काउट मास्टर विचराहरु महंगोमा स्कार्फ, बायज किनेर यिनका मालिक व्यापारीको बेपार चलाइदिने अनि अवसर पाउने कुरामा चैं सधैं पछिल्लो अनिश्चित लहरमा बस्नुपर्ने ।
तालिम आयुक्त भन्ने कोही छ कि नाईं हेडक्वार्टरमा? कि मुखिया मात्रै नियुक्त गरेर मख्ख छन मालिकहरु? गुट फेरि फेरि सदस्य भएकाहरु ताली पड्काउन मात्रै नियुक्त गरेको हो त? विधि, पद्धति भन्ने कुरा यिनको नजरमा, प्राथमिकतामा पर्दैन क्यार । विदेश भ्रमणको मोहले सबैको आँखामा पट्टि बाँधेको हुने रहेछ के बोल्थे र जायज कुरामा । भलो होस तपाईं सबैको । जय स्काउट ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
44600