Campaign for Change
29/05/2026
हाम्रो लागि गणतन्त्र भन्नाले हरेक नागरिकले उनीहरूको शरीर जुनसुकै रूपमा जन्मिएको भए पनि समान सम्मान, समान अधिकार र समान संरक्षणको हकदार हुनु हो। गणतन्त्र भनेको केवल प्रतिनिधित्व मात्र होइन, सुरक्षित रूपमा हुर्किन पाउने, आफ्नो शरीर र भविष्यबारे आफैं निर्णय गर्न पाउने स्वतन्त्रता पनि हो।
आज हामी देशले हासिल गरेको प्रगतिलाई सम्मान गर्दै, विविध शारीरिक विशेषता भएका व्यक्तिहरूसहित सबैले सम्मान, सुरक्षा र गौरवका साथ बाँच्न सक्ने नेपाल निर्माण गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौं।
यस गणतन्त्र दिवसमा, हामी सबै प्रकारका शारीरिक विविधता र मानवअधिकारलाई आत्मसात् गर्ने समावेशी नेपालको परिकल्पना गर्दछौं।
गणतन्त्र दिवसको हार्दिक शुभकामना!
27/05/2026
२०८३ जेठ १२ || पोखरा, कास्की
पोखरा महानगरपालिका वडा नं. ८ मा विभिन्न सरकारी तथा सरकारी संस्थाका सरोकारवाला प्रतिनिधिहरूसँग अन्तरलिङ्गी व्यक्तिहरूका बारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो। क्याम्पेन फर चेन्ज (CfC) द्वारा आयोजित यस कार्यक्रममा अन्तरलिङ्गी व्यक्तिहरूको पहिचान र उनीहरूले समाजमा सामना गरिरहेका चुनौतीहरूका बारेमा जानकारी प्रदान गर्दै सामाजिक समावेशीकरण र अधिकारका विषयमा विस्तृत छलफल गरिएको थियो।
May 26, 2026 || Pokhara, Kaski
An awareness program on Intersex individuals and their rights was successfully organized in Pokhara Metropolitan City, Ward No. 8, for representatives of various government and non-governmental organizations. Conducted by Campaign for Change (CfC) under the project "Awareness Raising and Advocacy of Intersex Human Rights", the session focused on enhancing understanding of intersex identities, highlighting the challenges they face, and advocating for social inclusion and human rights within the community.
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Website
Address
Kalanki
Kathmandu