Astro With Narayan
Online मार्फत ज्योतिष परामर्श तथा विश्लेषण गराउन हामिलाई सम्झनुहोस ।
Whatsapp/Viber/Phone📞 9803747427
02/03/2026
🤷♂️फाल्गुपुर्णिमा तथा होलि पर्वको हार्दिक शुभकामना
(आउनुहोस् होलि पर्वको रहस्य बुझौं⬇️)
💁♂️होलिको सन्देश शत्रुलाई पनि मित्र ठान्नु, कोहि शत्रु नरहुन । पुरानो रिस-रागलाई भुली(निस्तेज पारी) सबैलाई अङ्गालोले बेर्नु, उत्सवको रंग साटासाट गर्नु, फिकाफिका सम्बन्धलाई रङ्गिविरङ्गी रंगहरु लगाइदिदै सबैलाई मित्र बनाउनु- एक नयाँ जीवनको सुरुवात गर्नु नयाँ बसन्त लहराउनु - नयाँ वर्षको आवाहनको लागि क्रोध र अहंकार(रातो र हरियो) हटाई आनन्द(पहेलो), प्रेम(गुलाबी), शान्ती(सेतो), ज्ञान(जामुन), बिस्तार(निलो) र त्याग(केशरी) को सन्देशको लागि रङ्गिबिरङ्गी रंगले उत्सव मनाउनु- शरीर-मन-चेतनाको साथ पवित्रता र अनुशासनको रंग नै होलि हो।
🌎️होलिको २ प्रमुख पौराणिक कहानी छन । दक्षिण भारतमा ताराकासुरको दहन र उत्तर भारत तथा नेपालमा होलिका दहन ।
💁♂️दक्षिण भारतको पौराणिक मान्यता अनुसार भगवान शिव एक गहिरो ध्यानमामा हुनुहुन्थ्यो त्यसबेला असुर ताराकासुरले देवताहरुलाई दुख दिइरहेका थिए ताराकसुरको दहन शिव पुत्रले मात्र गर्न सक्ने भगवानहरुलाई थाहा भएपछी ध्यान मग्न शिवलाई ब्रह्मा, विश्नुले कामदेवलाई काम शक्ति द्वारा ध्यान भङ्ग गर्न आदेश दिए, कामदेव शिव नजिक गैइ कामवाण प्रहार गरे जसको कारण शिवको तेस्रो नेत्रबाट ज्वाला उत्पन्न भैइ कामदेवको दहन भयो, संसारमा काम(मोह) नाश भएको देखि भगवानहरु घवराउन थाले र शिवलाई काम(मोह) नभैइ संसार चल्दैन भनी काम(कामना)को माग गरे सोही अनुसार शिवले नया काम(मोह)को सिर्जना गर्नुभयो र संसार जिवन्त पार्नुभयो अनि शिव र शक्तिबाट उत्पन्न हुनुभएका कार्तिक्य जसको अर्थ हुन्छ योद्धा, विरता, सुरता, प्रज्ञावान, अग्निपुत्र जसको उत्पत्ती कृतिका नक्षत्रमा भएको थियो उहाले नै ताराकासुर असुरको दहन गर्नुभयो जसको कारण ब्रह्माण्डमा फेरि उमंग छायो, उत्सव भयो, जगतमा एक आनन्दको रस जाग्यो, सबै नया उर्जाको साथ रङ्गिविरङ्गी हुँदै उत्सव मनाए त्यही दिन आज होलि भनी हामी गर्दछौ ।
💁♂️अर्को पौराणिक मान्यता अनुसार राजा हिरण्यकश्यप आफुलाई जगतको सबैभन्दा महान सम्झन्थे उनी चाहन्थे आफ्नो पर्जाका हरेक उनको आराधना गरून् पुजा गरून् तर उनैका छोरा प्रह्लाद उनलाई आराधना नगरी परम भगवान विष्णुको आराधना गर्दथे नारायणका परम भक्त थिए, जुन कुरा हिरण्यकश्यपलाई मन पर्दैनथ्यो विष्णुलाई उनी परम शत्रु मान्दथे त्यसकारण आफ्नो प्रजामा छोराको विष्णुप्रती भक्ती देखि आफ्नो छोरालाई पनि उनी शत्रु मान्न थाले र उनलाई मार्नको लागि बहिनी होलिका जो अग्निले जलाउन नसक्ने शक्तिशाली थिईन उनैको सहायता लिगि अग्नि कुण्डमा बसिन तर विष्णुभक्तको प्रभावले होलिका अग्नि कुण्डमा दहन हुन पुगिन भने नारायण नारायण जपिरहेका प्रह्लादलाई अग्निले छुन सकेन ततपश्चात भगवान विष्णु अवतार नरसिंह उत्पन्न भैइ अहंकारि राजा हिरण्यकश्यपको पनि दहन गर्नुभयो । एक असुर राजाको अन्त्य तथा राज्यमा दबेर रहेको जनताको पिडा छुटकारा पाएको हर्षको उत्सव र असुरको अन्त्य तथा भगवानको दिब्यताको उपलक्ष्यमा सम्पुर्ण प्रजाको खुशियालीमा रङ्गिविरङ्गी उत्सव लाग्यो र खुशियाली मनाईयो त्यसैलाई होलि पर्व नाम दिईयो ।
Sri Sri Narayan 🕉️ Astro With Narayan
#जयमातादी #ॐनमःशिवाय ः__पार्वतीपतये #हरेकृष्ण #जयमहाकाल 🙏
21/02/2026
ॐ शं शनैश्चराय नम: 🙏
ॐ नीलांजन समाभासम् । रविपुत्रम यमाग्रजम् ।
छाया मार्तण्डसंभूतम । तम् नमामि शनैश्चरम् ।।
#ॐनमःशिवाय #ॐशंशनैश्चरायनमः ः__पार्वतीपतये
27/01/2026
🔱🚩ॐ हं हनुमते नमः🔱🚩
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Kathmandu