Inside Nepal
08/06/2026
नेपाललाई भारतको साथ !
पश्चिम एसियाको चुलिँदो संकटका बीच भारतीय विदेशमन्त्री एस जयशंकरले जस्तोसुकै कठिन परिस्थितिमा पनि नेपालको इन्धन आपूर्ति नरोक्ने स्पष्ट पारेका छन्। दुई देश सधैँ आवश्यकताको समयमा एकअर्काको साथमा रहेको स्मरण गराउँदै उनले नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको निर्बाध आपूर्ति सुनिश्चित गर्ने आधिकारिक प्रतिबद्धता जनाएका हुन्।
04/06/2026
बालेन सरकारले ल्यायो मेरो कित्ता एप !
नापी कार्यालय धाएर घण्टौँ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य गर्दै बालेन शाहको नेतृत्वमा रहेको सरकारले घरमै बसेर जग्गासम्बन्धी सम्पूर्ण सेवा लिन सकिने ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। अब सेवाग्राहीले नक्सा प्रिन्ट, फिल्डबुक उतारदेखि रेखांकनसम्मका लागि अनलाइन आवेदन दिएर ओटीपी (OTP) मार्फत आफ्नो कामको अवस्था मोबाइलबाटै ट्र्याक गर्न सक्नेछन्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu