NCP

NCP

Share

03/01/2026

तपाईको भोट कस्लाई

29/12/2025

आफ्नो उद्देश्य कागजमा होइन, मुटुमा लेख्ने गर्नुस्। किनकि कागज च्यातिन सक्छ, तर मुटुमा लेखिएको सपना कहिल्यै मेटिँदैन। जीवनमा बहाना धेरै हुन्छन्, तर बहानाभन्दा ठूलो कुरा इच्छाशक्ति हो। इच्छाशक्ति बलियो भयो भने अभाव पनि अवसर बन्छ, संघर्ष पनि ऊर्जा बन्छ।

यही सत्यको एउटा ज्वलन्त उदाहरण हुन्— सत्य नारायण साफी।

दिनहुँ आफ्नै जीविकोपार्जनका लागि ज्याला मजदुरी गर्दै आएका उनी, थकान, अभाव र निराशालाई पछाडि छोड्दै MBBS पढ्ने आफ्नो सपनामा अडिग रहे। धेरैले आराम रोज्दा उनले संघर्ष रोजे, धेरैले हार मान्दा उनले भरोसा राखे। परिणामस्वरूप, आफ्नै कडा मेहनत, आत्मविश्वास र निरन्तर प्रयासको बलमा उनले पूर्ण छात्रवृत्ति हात पार्न सफल भए।

कतिपय मानिस प्रश्न गर्छन्— “विशेषाधिकार किन?”

तर सत्य नारायण साफीको जीवनले देखाउँछ, गरिब र विपन्न हुनु पनि कहिलेकाहीँ विशेषाधिकार बन्छ, यदि त्यससँगै अठोट, इमानदारी र निरन्तर मेहनत जोडिएको छ भने। उनले सहानुभूति होइन, आफ्नो परिश्रमको प्रमाण प्रस्तुत गरे। विश्वास केवल शब्दमा होइन, कर्ममा उतारे।

जीवनमा हामीले बुझ्नुपर्ने कुरा के हो भने — आफूले आफ्नो तर्फबाट १०० प्रतिशत मेहनत दिनुपर्छ। भगवानले बाटो देखाउनुहुन्छ, तर बाटो हिँड्नुपर्ने हामी आफैं हो। दुर्भाग्यवश, धेरैजसो मानिस १ प्रतिशत प्रयासलाई नै १०० प्रतिशत सम्झन्छन्, अनि थकाइ लाग्नासाथ आफ्नो उद्देश्यबाट भाग्छन् र भाग्य, समय वा भगवानलाई दोष दिन थाल्छन्।

अबदेखि जब थकाइ लाग्छ, जब मन निराश हुन्छ, जब “छोडिदिऊँ कि?” भन्ने विचार आउँछ—

सत्य नारायण साफीलाई सम्झनुहोस्।
संघर्षबीच पनि सपना बाँच्न सक्छ भन्ने प्रमाण सम्झनुहोस्। किनकि सपना देख्ने धेरै हुन्छन्, तर सपना पूरा गर्नेहरू ती हुन्, जसले हार नमान्ने साहस राख्छन्।

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu