Dilli Malla

Dilli Malla

Share

26/03/2026

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण समारोह । २०८२ चैत १२, संघीय संसद भवन, सिंहदरबार

21/03/2026

नेपाल बन्दैछ- काठमाडौं - निजगढ फास्ट ट्रयाक!

२०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिलान्यास गरेको यो मार्ग २०८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। भारतीय कम्पनीसँगको सम्झौता रद्द गरेर नेपाल आफैले बनाउने साहसिक निर्णय चानचुने विषय थिएन। प्रचण्ड सरकारको त्यो कदमले आज साकार रूप लिदैछ।

काठमाडौँ तराई द्रुतमार्ग (Kathmandu–Terai Expressway) काठमाडौँबाट तराई प्रदेश जोड्ने द्रुत मार्ग नै द्रुतमार्ग हो। भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निर्माणका लागि दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैले निर्माण गर्ने गरी नेपाली सेनालाई यसको जिम्मा दिएको हो।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडकको दूरी ७०.९७७ किमी रहनेछ। ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने गरी उक्त सडक निर्माण गरिदै छ।

यो सडक एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुनेछ। उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी जम्मा एक घन्टामा पूरा हुनेछ। द्रुतमार्ग सम्पन्न भए तराईबाट काठमाडौँसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ।

निर्माण सम्पन्न भएपछि रातारात मैले बनाएँ भन्दै जस लिन होडबाजी हुनेछ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Madan Bhandari Marg
Kathmandu
44600