Agrim post

Agrim post

Share

Nepali Samachar, Nepal News, Nepali Songs, Nepali Movies, Nepali Headlines, Browse for latest news, views,Tech news, Health artical, rocha k news,

28/11/2025

धनकुटाकी स्मारिका राईले २० वर्षमै विद्यालय नेतृत्वको जिम्मेवारी सम्हालेर आफ्नो क्षेत्रमा विशेष चर्चा कमाएकी छिन्। उनी हाल साँगुरीगढी गाउँपालिका–८ मा रहेको भूमिश्वर प्राथमिक विद्यालयको प्रधानाध्यापकका रूपमा कार्यरत छन्।
यस्तो उपलब्धि प्राप्त गर्नु उनीका लागि सहज थिएन। कम उमेरमै नेतृत्वको स्थानमा पुग्न उनले लगातार मेहनत, गहिरो लगनशीलता र लक्ष्यप्रति नछोडिने प्रतिबद्धता देखाइन्।
गत वर्ष २०८१ फागुनमा शिक्षक सेवा आयोगमार्फत प्राथमिक तहको प्रतिस्पर्धा जित्दै उनी सरकारी शिक्षक बनेकी थिइन्। त्यही सफलताले उनलाई विद्यालय नेतृत्वसम्म पुर्‍याएको हो।

स्मारिकाको कथाले एक यथार्थ देखाउँछ—सपना ठूलो भए, प्रयास दृढ भए र आत्मविश्वास कायम रहे भने चुनौती कति ठूलो भए पनि पार गर्न सकिन्छ।

24/11/2025

रास्वपा काठमाडौ जिल्ला सभापति प्रदिप बिष्टले फिर्ता लिए राजिनामा

24/11/2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारले तोकेको प्रतिनिधि सभा निर्वाचनमा एमाले पूर्ण रूपमा सहभागी हुने स्पष्ट पारेका छन्। सोमबार गुण्डुस्थित आफ्नै निवासमा नेपाल रिपब्लिक मिडियासँग खुलेर कुरा गर्दै उनले राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै निर्वाचनमा एमालेले भाग लिने बताएका हुन्।

ओलीका अनुसार निर्वाचन आयोगले तोकेको मितिअनुसारै एमालेले औपचारिक रूपमा दल दर्ता प्रक्रिया पूरा गर्ने तयारीमा छ। जेन–जी आन्दोलनपछि निर्वाचनमुखी नयाँ दलहरू खुलेका र पुराना दलहरू समेत पुनः दर्ताको प्रक्रियामा छिर्दै गर्दा एमालेको निर्वाचन सहभागितालाई राजनीतिक वृत्तले विशेष नजरले हेरेको छ। प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित केही दलहरू चुनावको विपक्षमा उभिएको अवस्थामा एमालेले सहभागिताको घोषणा गर्नु चर्चाको विषय बनेको छ।

यता, निर्वाचन फागुन २१ मा हुन नदिन एमालेले वातावरण बनाइरहेको भन्ने आरोपलाई ओलीले सिधै अस्वीकार गरेका छन्। उनले चुनाव रोकिएमा त्यसको जिम्मा पूरै अन्तरिम सरकारले लिनुपर्ने दाबी गर्दै, “यो सरकार चुनाव गराउने मनसायले बनेको सरकार होइन,” भनेर टिप्पणी गरे।

यद्यपि, निर्वाचनमा जाने निर्णय भए पनि पार्टीको ‘बटमलाइन’ भने प्रतिनिधि सभा पुनर्स्थापनामै टेकेको ओलीले प्रष्ट पारे। जेन–जी आन्दोलनले उठाएका माग सम्बोधन गर्न संविधान संशोधन नै अपरिहार्य रहेको र यसको प्रारम्भ प्रतिनिधि सभा पुनर्स्थापनाबाट नै सम्भव हुने उनको भनाइ छ।

देश गहिरो सङ्कटमा फसेको उल्लेख गर्दै ओलीले अबको निकास जेन–जी प्रतिनिधि समावेश भएको सर्वपक्षीय सरकारबाट मात्रै सम्भव भएको धारणा व्यक्त गरेका छन्।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Kathmandu
94530