Dipa Simkhada
So here are some posts, videos and photos that you can find something of your taste. Please do not hesitate to Like and leave your comments. Be Happy, Be Bright and Be You!
05/06/2026
पहिले पहिले के प्रेमपत्र पठाउँथे रे है , एउटा चिठी पुग्न हप्ता दिन लाग्थ्यो रे जवाफ आउन फेरि अर्को हप्ता। अहिले त ओ हो नि बरै ! मेसेज पठाएको ५ मिनेटमा Reply आएन भने, “के भयो ,कता गयो, कि अर्कै संग पो बेल्दै छ , अनलाइन त थियौ नि! भन्दै झगडा सुरु हुन्छ। हामि यति कम पेसेन्स भएको युगमा बाँचिरहेका छौ जहाँ मान्छेहरू २४ घण्टा अनलाइन छन्, तर भावनात्मक रूपमा अफलाइन। आजकल धेरै कपलहरू सँगै छन्, तर साँच्चै सँगै छैनन्। एउटा Reels हेरिरहेको हुन्छ, अर्को पनि मोबाईलमै हुन्छ। मोबाइल हेर्दै खाना खान्छन्। मोबाइल हेर्दै सुत्छन्।मोबाइल हेर्दै उठ्छन्।
स्टोरीमा हार्ट ❤️ रियाक्ट गर्छौ, तर छेउमै बसेको मान्छेको मुटु के कुराले भारी भएको छ भन्ने थाहा नै हुदैन या कतिलाई त वास्ता पनि हुदैन । दिनभरि एउटै घरमा हुन्छन्, तर दिनभरिमा १० मिनेट पनि मोबाईल छेउमा राखेर दुख सुखको कुरा भएको हुँदैन। अनि केहि बर्ष पछि भन्छन् खै के भयो भयो बाई ! हामी त धेरै टाढा भइसक्यौ। Sweetheart! टाढा त एकैदिनमा भएको होइन नि। यो दिनदिनै अलिअलि हुँदै गएका हो ।
फोनको काम नै तपाईलाई बाँधेर राख्नु हो। रिल्सको काम नै तपाईलाई अर्को रिल्स देखाइरहनु हो। त्यसले आफ्नो काम गरिरहेको छ। के तपाईले चाहि आफ्नो काम गरिरहनु भयको छ त ? नढाटि भन्नुस् त के तपाईलाई अस्ति हेरेको Reels याद छ ? सायद छैन। हिजो दिनभरि स्क्रोल गरेर हेरेका सयौँ भिडियोमध्ये एउटा पनि सम्झिन गाह्रो पर्छ। तर दुई महिना अगाडि आफ्नो Partner संग बसेर गरेको कुनै रमाइलो गफ, पेट दुख्ने गरी हाँसेको कुनै कुरा वा सँगै घुम्न जाँदा बिताएको समय भने आज पनि याद होला । किन याद हुन्छ थाहा छ ? किनकि रिल्सहरू आँखाले मात्रै हेरिन्छन्, तर ती पलहरू मनले बाँचिन्छन्। हो त्यस्तै अबको ५–१० वर्षपछि आज हेरेका हजारौ रिल्समध्ये एउटा पनि याद हुने छैन तर Partner संगको Real Moment याद हुन्छ किनकि मान्छेको दिमागले सूचना भन्दा बढी भावना सम्झेर राख्छ।
साँच्चै भन्नुपर्दा, हामी कहिलेकाही यति धेरै अरूको जीवन हेरिरहेका हुन्छौ कि आफ्नै जीवन छुटिसकेको हुन्छ।सँगै फोटो धेरै छन् , सँगै स्टोरी धेरै छन्। तर सँगै बितायका वास्तविक क्षणहरू भने कम हुँदै गइरहेका छन् । Trust Me एक दिन मात्र फोन साइडमा राखेर हेर्नुहोस्। सँगै फोन नहेरि खाना खानुहोस् , एकछिन वाकमा जानुहोस् , संगै meditation गर्नुस् , हरे कृष्ण जप्नुस् , दिनभरि के भयो भनेर सुनाउनुहोस् , सँगै हाँस्नुहोस् , कहिलेकाही सँगै चुपो लागेर बस्नु तर मोबाईल बिना .. अनि तपाईले पत्ता लगाउनुहुनेछ कि वास्तविक जीवनको एक घण्टा, रिल्सको सयौँ घण्टाभन्दा धेरै सुन्दर हुन्छ। अनि मलाई थाहा छ यो पोस्ट पनि तपाईले सोशल मिडियामै पढिरहनुभएको छ। म पनि यहीँ नै लेखिरहेकी छु। सोशल मिडिया छोड्नुपर्छ भन्ने होइन। रिल्स खराब होइन , सोसल मिडिया पनि खराब होइन। तर यदि संसारभरिका मानिसहरूको जीवन हेर्दाहेर्दै, आफ्नै जीवनको सबैभन्दा महत्त्वपूर्ण मान्छेलाई हेर्न छुट्यो भने, त्यो चाहिँ सोच्नुपर्ने कुरा हो है मायालु 😉।
अन्तत : तपाईलाई यो पढिरहदा , यो जिवन त मेरै हो जस्तो नलागोस् !! ❤️
✍️Dipa Simkhada
मलाई माया गर्ने धेरै साथीहरूले चिन्ता गर्दै भन्नुहुन्छ भन्नुहुन् , तिमी अलि संवेदनशील छौ, अरूको यत्रो पीडा सुन्दा तिमीलाई कति गाह्रो हुन्छ होला, किन अरूको यत्रो दुःख सुन्ने तिमिलाई गार्हो होला । साँचो कुरा भन्नुपर्दा, सहि हो mesaanger हेरे पीडा र दुःखका कुराबाहेक केही देख्दिनँ। कति त रुदै रुदै पढेको छु । तर, जब कुनै पात्र वा दर्शकले मेसेज गर्नुहुन्छ 'म त आत्महत्याको प्रयास गरिसकेको मान्छे, तर तपाईँको शो देखेर बाच्ने रहर जाग्यो, मैले नयाँ जीवन पाएँ' तब लाग्छ, यी सबै दुःख सहनु र सुन्नु सार्थक भयो। मेरो यो सानो प्रयासले कसैको जीवन बचाएको छ। अरूको खुसी र बाँच्ने रहर भन्दा ठूलो खुसी अरू के नै हुन सक्छ र? यो सो पैसा वा आर्थिक सहयोगको लागि होइन, केवल हामी एकअर्काको सहारा बनौँ र मानिसहरूमा मानसिक ऊर्जा थप्न सकौँ भनेर सुरु गरेकी हुँ ।
02/06/2026
जीवनको कुन सत्य तपाईले धेरै ढिलो बुझ्नुभयो? या जीवनले तपाईलाई सबैभन्दा ठूलो के सिकायो? एउटा वाक्यमा लेख्नुहोस्
, सायद तपाईको उत्तरले अरू कसैको जीवन बदल्न सक्छ 😉
31/05/2026
धेरै जनाले मलाई कथा कसरी पठाउने? भनेर सोधिरहनुहुन्छ। तपाईंहरूलाई सजिलो होस् भनेर मैले केही कुराहरू यहाँ लेखिदिएको छु, जसलाई ध्यानमा राखेर मात्र कथा पठाउनुहोला।
1. १००% साँचो कथा: तपाईको कथा शतप्रतिशत सत्य हुनुपर्छ। "मेरो कथा पूर्ण रूपमा साँचो हो" भनी तपाईले हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने हुन्छ।
2. कानुनी र योग्यता: तपाई १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्छ। हाल कुनै मुद्दा-मामिला चलिरहेको हुनुहुँदैन ,विगतमा टुङ्गिसकेका केसहरू भने स्वीकार्य हुनेछन्
3. हामी त्यस्ता सफलताका कथाहरू खोजिरहेका छौँ, जहाँ सफलताको अर्थ पैसा वा नाम कमाउनु होइन, तपाईले कुनै पीडा वा मानसिक वेदनालाई जितेर आज खुसीसाथ बाँच्न सक्नु नै सफलता हो। यदि तपाईले त्यस्तो कुनै पीडालाई जितेर अर्कै जीवन बिताइरहनुभएको छ भने, त्यस्ता प्रेरणादायी कथाहरू पठाउनुहोस्।
4. हाम्रो शोको मर्म गोपनीयता र सम्मान हो। हामी तपाईको मात्र होइन, कथामा जोडिएका अन्य पात्रहरू भिलेन वा नकारात्मक पात्रहरू को समेत सम्मान गर्छौ । उनीहरूको परिचय वा विवरण हामी कहिल्यै सार्वजनिक गर्दैनौ।त्यसैले कसैलाई होच्याउन वा प्रतिशोध साध्न हाम्रो मञ्चको प्रयोग नगर्नुहोला। हामी कहिल्यै पनि तपाईको कथालाई मिडियामा अतिरञ्जित गर्ने छैनौ।
5 . यो शो आर्थिक सहयोगका लागि होइन। हामी कसैसँग पनि पैसा उठाउँदैनौ। यदि तपाई आफूले भोगेको संघर्षबाट अरूलाई उत्प्रेरित , Heal गर्न चाहनुहुन्छ भने मात्र हामीलाई सम्पर्क गर्नुहोस्।
यदि तपाई यी सबै बुँदामा मन्जुर हुनुहुन्छ भने, मेरो फेसबुक अफिसियल पेज Dipa Simkhada वा मेरो टिकटक मा Message पठाउन सक्नुहुनेछ र आफ्नो फोन नम्बर छोड्नुहोला। म आफैँ तपाईलाई सम्पर्क गर्नेछु। 🙏
नोट: कृपया फेक अकाउन्टबाट मेसेज नगर्नुहोला। त्यस्ता अकाउन्टबाट आएका मेसेजहरू पढिने छैनन् र ती हाम्रो प्राथमिकतामा पर्ने छैनन्।
-दिपा सिम्खडा
निर्माता , D-story
के छ खबर? D-story को अर्को एपिसोड , भाग ४ को काम भइरहेको छ, त्यसैले केही समय पर्खिदिनुहोला है। यसपालि म तपाईहरू माझ एउटा यस्तो व्यक्तिको कथा लिएर आउँदैछु, जो हाम्रो देशको एकदमै उच्च ओहोदा र सम्मानजनक पेशामा हुनुहुन्छ। D-story हेरेपछि तपाईहरूले जिन्दगीलाई यति सकारात्मक ढङ्गले हेरेको र मोटिभेटेड भएको देख्दा मलाई साँचिक्कै खुसी लाग्छ! छिट्टै आउँदैछु नयाँ मोटिभेसनल एपिसोड लिएर। Ready हुनुहुन्छ ?
धेरैले मलाई कसरी सक्नुभयो यस्तो एपिसोड सुट गर्न? भनेर सोध्नुहुन्छ, त्यसैले यो नराखिएको दृश्य (Deleted Scene) राख्दैछु। आखिर म पनि त मान्छे नै हुँ, यो सुट गर्दा म एउटा होस्ट हुँ र मैले प्रश्न सोधिरहेकी छु भन्ने कुरा समेत पूर्ण रूपमा बिर्सिएकी थिए। भावनाहरू यसरी ओइरिए कि म आफैंलाई सम्हाल्नै सकिन। यसरी सुट भएको थियो यो एपिसोड।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu