Yatra
आफ्नो हातबाट भएका पुण्यको घमण्ड र अरूबाट भएका पापको चर्चा गर्दै हिँड्नु चरित्रको कमजोरी हो किनकि साँचो महानता त्यो मौनतामा लुकेको हुन्छ जहाँ मानिसले आफ्नो राम्रो कामको प्रदर्शन गर्दैन र अरूका कमजोरीलाई बजारमा बेच्दैन। वास्तवमा ठूलो मानिस त्यो होइन जससँग धेरै सुविधा धन र आराम हुन्छ ठूलो त त्यो हो जसले अभावभित्र पनि मुस्कुराउन सक्छ कमीकमजोरीबीच पनि मनको शान्ति जोगाइराख्न सक्छ। सुख कुनै वस्तु ठाउँ वा परिस्थितिमा लुकेको हुँदैन त्यो त मानिसको सोच र चेतनामा बस्ने कुरा हो। जो मानिस आफू जहाँ छ त्यहीँ सन्तुष्ट भएर बाँच्न सिक्दैन उसले स्वर्ग पाए पनि शान्ति पाउन सक्दैन किनकि अशान्त मनले स्वर्गलाई पनि नरक बनाइदिन्छ र शान्त आत्माले अभावलाई पनि उत्सवमा बदलिदिन्छ जीवनको वास्तविक सौन्दर्य बाहिरी चमकधमकमा होइन भित्री सरलता र सन्तुलनमा हुन्छ। धेरै पटक मानिसहरू अरूको सफलताको आवाज सुनेर आफ्नै यात्राको मूल्य घटाएर हेर्न थाल्छन् तर हरेक जीवनको गति फरक हुन्छ हरेक संघर्षको कथा अलग हुन्छ। कसैको उज्यालो देखेर आफ्नो अँध्यारोलाई श्राप दिनु बुद्धिमानी होइन किनकि रातको गहिराइपछि नै बिहानको पहिलो किरण जन्मिन्छ। संघर्षले थकान दिन सक्छ आँसु दिन सक्छ कहिलेकाहीँ एक्लोपनको अनुभूति पनि गराउँछ तर यही संघर्षले मानिसलाई परिपक्व बनाउँछ बलियो बनाउँछ र जीवनलाई बुझ्ने दृष्टि दिन्छ।असल मानिस बन्नु भनेको संसारलाई आफ्नो राम्रोपन देखाएर वाहवाही कमाउनु होइन बरु कसैले नदेखेको ठाउँमा पनि सही काम गरिरहनु हो। क्षमा गर्न सक्नु कमजोरी होइन त्यो त आत्माको शक्ति हो। धैर्यता राख्न सक्नु हार मान्नु होइन त्यो त सही समयको प्रतीक्षा गर्ने बुद्धिमत्ता हो। जीवनमा सबै कुरा आफ्नो इच्छाअनुसार नहुन सक्छ तर हरेक परिस्थितिलाई स्वीकार गरेर त्यसबाट केही सिक्न सक्नु नै परिपक्वताको चिन्ह हो।
जब मानिसले तुलना गर्न छोड्छ गुनासो गर्न बिर्सिन्छ र साना-साना कुरामा पनि कृतज्ञ हुन सिक्छ तब उसको जीवनमा एउटा अदृश्य शान्ति जन्मिन्छ। त्यो शान्ति धनले किन्न सकिँदैन पदले दिन सक्दैन र बाहिरी उपलब्धिले मात्रै ल्याउन सक्दैन। त्यो शान्ति त आफ्नै आत्मासँगको मेलमिलापबाट आउँछ। अन्तत जीवनको सार यही हो अरूलाई गिराएर माथि उठ्नु महानता होइन, बरु अरूलाई उठ्न सहयोग गर्दै आफैँ पनि अघि बढ्नु नै साँचो विजय हो। किनकि समयले अन्तत सम्पत्ति रूप र पद होइन मानिसको व्यवहार विनम्रता र कर्मको सुगन्धलाई मात्रै सम्झिरहन्छ।
🙏💖
हिजो थियो फूलजस्तै जोबन,
हिलो जस्तै पर्दो यो मन।
09/05/2026
जब निरन्तर मेहनत, अथक प्रयास र असीमित आशाका बाबजुद पनि सपना त्यहीँ अड्किएको महसुस हुन्छ, तब बुझ्नुपर्छ जीवनले कहिलेकाहीँ थप बल होइन थप बुद्धि मागिरहेको हुन्छ। किनकि हरेक ढोका धकेलेर खुल्दैन केही ढोकाहरू समयले खोल्छन् केही धैर्यले र केहीले त केवल सही दिशा रोजेपछि मात्र बाटो दिन्छन्। एउटै बाटोमा जिद्दी भएर अघि बढ्नु सधैं दृढता हुँदैन त्यो कहिलेकाहीँ आफ्नै सम्भावनालाई एउटै घेराभित्र कैद गरिराख्नु पनि हुन सक्छ।
प्रकृतिलाई नियाल्दा यो सत्य झन् स्पष्ट देखिन्छ। रुखले मौसमसँग युद्ध गर्दैन उसले समयअनुसार आफ्ना पात झार्छ, आँधीसँग झुक्छ, चिसोसँग सहन्छ र फेरि नयाँ हरियाली धारण गर्छ। तर यति धेरै परिवर्तनका बीच पनि उसले आफ्नो जरा कहिल्यै बदल्दैन। किनकि उसलाई थाहा हुन्छ अस्तित्व बचाइराख्ने शक्ति बाहिरी हाँगामा होइन भित्री जरामा हुन्छ। मानिसको जीवन पनि त्यस्तै हो। परिस्थिति अनुसार बाटो बदल्न सकिन्छ तर आफ्नो मूल्य, आत्मसम्मान, सिद्धान्त र आत्मपहिचान कहिल्यै गुमाउनु हुँदैन।
धेरै मानिसहरू जीवनभर एउटै असफल ढोकामा टाउको ठोकिरहन्छन् केवल यस कारण कि उनीहरू दिशा बदल्नुलाई हार सम्झन्छन्। तर वास्तविकता के हो भने कहिलेकाहीँ दिशा परिवर्तन गर्नु नै प्रगतिको पहिलो संकेत हुन्छ। नदीले पनि पहाडलाई फुटाउन नसकेपछि बाटो मोड्छ तर अन्तत समुद्रसम्म पुग्न भने कहिल्यै छोड्दैन। त्यसैले बुद्धिमानी भनेको जहाँ अवरोध छ त्यहीँ अड्किरहनु होइन आफ्नो लक्ष्यलाई जीवित राख्दै नयाँ सम्भावनाको बाटो खोज्न सक्नु हो।
जीवनले सधैं कठोरता होइन लचकता खोज्छ। किनकि अत्यधिक कठोर वस्तुहरू चाँडै भाँचिन्छन् तर लचकता भएको चीजले समयको हरेक चोट सहेर पनि आफ्नो अस्तित्व बचाइराख्छ। मानिस पनि त्यही बेला परिपक्व बन्छ जब उसले बुझ्छ हरेक युद्ध जित्न आवश्यक हुँदैन, केही परिस्थितिलाई स्वीकारेर आफूलाई नयाँ रूप दिनु पनि विजय नै होकहिलेकाहीँ जीवनले हाम्रो योजना तोड्छ किनकि उसले हाम्रो सम्भावना अझ ठूलो देखिरहेको हुन्छ। हामी एउटा सानो सपना समातेर रोइरहेका हुन्छौं तर समयले हाम्रो लागि अझ गहिरो अर्थ बोकेको बाटो तयार गरिरहेको हुन्छ। त्यसैले ढिला हुनु असफलता होइन, रोकिनु अन्त्य होइन र बाटो बदल्नु कमजोरी होइन। कमजोरी त तब हुन्छ जब मानिस आफ्नो भित्री आवाज मरेपछि पनि केवल पुरानै डर, पुरानै बानी र पुरानै असफलतासँग बाँधिएर बाँच्छ।
साँचो परिपक्वता भनेको परिस्थितिले आफूलाई तोड्न खोज्दा पनि भित्रको विश्वास जीवित राख्न सक्नु हो। साँचो साहस भनेको संसारलाई जित्नु होइन आफूभित्रको निराशामाथि विजय पाउनु हो र साँचो सफलता भनेको अरूलाई देखिने उचाइ मात्र होइन हजार चोटपछि पनि फेरि उठ्ने आत्मबल हो।जीवनको सबैभन्दा मौन तर शक्तिशाली विजय त्यही हो जब मानिस समयसँग बदलिन्छ, तर आफ्नो आत्माको सत्य कहिल्यै बदल्दैन। जब ऊ परिस्थितिसँग झुक्न सिक्छ तर आफ्नो आत्मसम्मान कहिल्यै झुकाउँदैन। जब ऊ हारका बीच पनि आशा बचाइराख्छ, अँध्यारोका बीच पनि भित्र एउटा सानो उज्यालो निभ्न दिँदैन।
किनकि अन्तत जीवनले सम्झिने कुरा केवल यो हुँदैन कि तिमी कति पटक लड्यौ बरु यो हुन्छ कि तिमी हरेक चोटपछि कति गहिरो रूपमा बुझियौ, कति शान्त रूपमा बलियो भयौ र कति मौन रूपमा फेरि उठ्यौ।💓🙏🏻
✍️ यात्रा 😊
09/05/2026
परिपक्वता भनेको धेरै बोल्न जान्नु होइन, धेरै कुरा चुपचाप सहन सक्ने क्षमता हुनु हो। जीवनले जब बारम्बार परीक्षा लिन्छ तब मानिसले बुझ्न थाल्छ सबै आफ्ना देखिनेहरू आफ्ना हुँदैनन् सबै मुस्कानहरू खुसीका हुँदैनन्। केही घाउहरू यस्ता हुन्छन् जसले मानिसलाई कमजोर होइन भित्रैदेखि गहिरो बनाइदिन्छ।
मानिस जब आफ्नै आँसु आफैं पुछ्न सिक्छ आफ्नै पीडा लुकाएर अरूलाई हँसाउन सिक्छ तब ऊ परिपक्व बन्छ। किनकि उसले बुझिसकेको हुन्छ हरेक सम्बन्ध सधैं साथ दिन जन्मिएको हुँदैन केही त केवल पाठ सिकाएर टाढा जानका लागि आएका हुन्छन्।समयसँगै मानिसको चाहना पनि बदलिन्छ। पहिले उसलाई सबैको साथ चाहिन्थ्यो पछि शान्ति मात्र काफी लाग्न थाल्छ। पहिले ऊ आफ्नो दुःख सबैलाई सुनाउन खोज्थ्यो पछि मौनतालाई नै सबैभन्दा विश्वासिलो साथी मान्न थाल्छ। यही मौनताभित्र एउटा गहिरो शक्ति लुकेको हुन्छ जसले मानिसलाई बाहिर होइन भित्रबाट बलियो बनाउँछ।जीवनले धेरै पटक तोडेको मानिस सजिलै कसैलाई चोट दिँदैन किनकि उसलाई पीडाको मूल्य थाहा हुन्छ। ऊ शब्दभन्दा भावनालाई बुझ्न थाल्छ अनुहारभन्दा नियत पढ्न थाल्छ। अन्तत संघर्षले थाकेको मानिस हार्दैन बरु समयसँगै यस्तो व्यक्तित्व बन्छ जसलाई परिस्थितिले झुकाउन सक्छ तर कहिल्यै समाप्त गर्न सक्दैन।
के भयो? मन दुख्यो?के गर्छौ त मन दुखेपछि?कसलाई सुनाउँछौ?कोही त छैन तिम्रो मन बुझिदिने सुने पनि तिमीभित्रको पीडा महसुस गरिदिने कोही छैन त्यसैले कहिलेकाहीँ आफैँले आफ्नै मन सम्हाल्न सिक्नुपर्छ।आफैँले आँसु पुछ्नुपर्छ।आफैँले आफूलाई भन्नुपर्छ“ठिक छ… एकदिन सबै ठीक हुनेछ।”किनकि संसारलाई त
तिम्रो हाँसो मात्रै मन पर्छ,
भित्रभित्रै कति टुटेका छौ भन्ने कसैले देख्दैन।रातभरि निद्रा नपरेको कुरा,
मनभित्र हजार चोटि रोएको कुरा,
मुस्कानभित्र लुकाइएका पीडा
यी सबै तिमीले मात्रै महसुस गर्छौ।
कहिलेकाहीँ यस्तो लाग्छ काश!
एउटा यस्तो मान्छे भए हुन्थ्यो,
जसले “म ठीक छु” भन्ने झुटो शब्दभित्र
लुकेको दुःख पनि पढ्न सक्थ्यो।
तर जब कोही हुँदैन,त्यतिबेला आफ्नै मनलाईआफैँले अँगालो हाल्नुपर्छ।
आफैँलाई सम्झाउनुपर्छ“तिमी धेरै थाकेका छौ,तर हार्नु हुँदैन…”किनकि धेरै चोटि
सबैभन्दा बलियो साथ भनेको
आफ्नै मनले आफूलाई दिएको
सानो सान्त्वना नै हुन्छ… 💔
के भयो? मन दुख्यो?के गर्छौ त मन दुखेपछि?कसलाई सुनाउँछौ?कोही त छैन तिम्रो मन बुझिदिने सुने पनि तिमीभित्रको पीडा महसुस गरिदिने कोही छैन त्यसैले कहिलेकाहीँ आफैँले आफ्नै मन सम्हाल्न सिक्नुपर्छ।आफैँले आँसु पुछ्नुपर्छ।आफैँले आफूलाई भन्नुपर्छ“ठिक छ… एकदिन सबै ठीक हुनेछ।”किनकि संसारलाई त
तिम्रो हाँसो मात्रै मन पर्छ,
भित्रभित्रै कति टुटेका छौ भन्ने कसैले देख्दैन।रातभरि निद्रा नपरेको कुरा,
मनभित्र हजार चोटि रोएको कुरा,
मुस्कानभित्र लुकाइएका पीडा
यी सबै तिमीले मात्रै महसुस गर्छौ।
कहिलेकाहीँ यस्तो लाग्छ काश!
एउटा यस्तो मान्छे भए हुन्थ्यो,
जसले “म ठीक छु” भन्ने झुटो शब्दभित्र
लुकेको दुःख पनि पढ्न सक्थ्यो।
तर जब कोही हुँदैन,त्यतिबेला आफ्नै मनलाईआफैँले अँगालो हाल्नुपर्छ।
आफैँलाई सम्झाउनुपर्छ“तिमी धेरै थाकेका छौ,तर हार्नु हुँदैन…”किनकि धेरै चोटि
सबैभन्दा बलियो साथ भनेको
आफ्नै मनले आफूलाई दिएको
सानो सान्त्वना नै हुन्छ… 💔
स्वयम्भूको सडकमा बसेर भविष्य पर्खिएको बालकको कथा
K k sunnu parx
***nshah B***n Rabin Tangluwa Rai
25/04/2026
बालेनलाई गर्न देउ
सायद पहिलो पटक होला मन्त्रीमण्डल बन्न महिनौ लाग्नेमा एकै दिनमा सबै मन्त्रीले सपथ खाए । मन्त्रीपरिषद बनेकै दिन १०० बुंदे कार्ययोजना पारित भयो । हरेक कामको डेडलाईन राखिएर एक्सनमा गयो सरकार । कर्मचारीहरू फेरिदै गए । कार्यालयमा विचौलियालाई निशेष गरिदै गयो । लाइसेन्स केही घण्टामै छापिन थाल्यो । सम्पति छानविनको लागि समूह बने । ठूला र बलिया भनिएका अवैध सम्पति कमाएका व्यक्तिहरू गिरफ्तार भए ।वर्षौ देखि खुला बनाउन खोजिएको फेवा ताल, सडक, फुटपाथ खुला बनाउने आँट आयो । काम पनि सुरु हुन थाल्यो । जकडिएको ट्रेड युनियन र पार्टीका भात्रृ संगठन खारेज हुन थाले । सुकुम्बासीलाई स्थानान्तरण गर्न थालियो ।
तर ठूला मिडिया यिनै कामलाई फरक कोण दिएर समाचार सम्प्रेषण गर्न थाले । के भए भन्दा पनि के भएनन तिर लेख्न लागे । राम्रा कुरालाई कम प्राथमिकता र खराबलाई बारम्बार दोहोराउन थाले । कहिले बालेनको सनक भन्न थाले । कहिले हतारको परिणाम भन्न थाले । गल्ति र कमजोरीलाई 'बल्ल देखिस्' भन्ने हिसाबले बोल्न थाले ।
हो, पत्रकारिता सरकरलाई खबरदारी गर्ने गर्ने शक्ति हो । तर जनतामवर्षौ देखिको निराशामा आशाको संचार गराउनु पनि कर्तव्य हो । खबरदारी गर्नु आवश्यक छ तर सँगसँगै हौसला पनि आवश्यक छ । एउटा राज्य तब सफल हुन्छ जब त्यहाँका नागरिकले सरकारलाई साथ् दिन्छ, त्यो पुलको काम पत्रकारिताले गर्नु पर्छ । आफ्नो धर्म विर्सनु हुँदैन ।
हो बालेनका सबै काम ठिक छैनन्, प्रक्रिया गलत होलान । तर उनको नियत अहिलेसम्म गलत देखिदैन । आउँदो चुनावको लागि सोचेर उनले काम गरेका छैनन्, आउँदो पुस्ता र भविष्यको लागि काम गरिरहेका छन् । सरकार बदलियो, देश बदलिदै छ, अब पत्रकारिताको स्तर पनि बदलियोस् ।
***nshah ゚
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu