Himali Express

Himali Express

Share

05/06/2026

उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाहलाई यस्ताे म्यासेज लेख्दा गरिएकाे थियाे कारबाही–
‘सम्माननीय प्रधानमन्त्रीज्यू
सादर नमस्कार !
सचिवको कार्यकाल पाँच वर्ष हुन्छ । म मुख्यसचिव हुने सम्भावना छैन ।
म अवकाश हुने दिन असार २४ गते हो । राजदूतको विज्ञापन खोलिएको रहेछ ।
मैले फर्म भर्न मिल्छ कि मिल्दैन ?
हजुरको जानकारीको लागि सादर अनुरोध गर्दछु।’

यत्ति म्यासेज लेखेको आधारमा उनलाई बिहीबार प्रहरी कार्यालयमा बोलाएर झण्डै ९ घण्टा केरकार गरिएको थियाे ।

फोनमा गरिएको म्यासेज प्रधानमन्त्रीले जानकारी नगराई पक्कैपनि प्रहरीले थाहा पाउँदैन । प्रधानमन्त्रीलाई म्यासेज गलत लागेको भए 'इग्नोर' गरिदिए पुग्थ्यो।

तर प्रहरीलाई जानकारी गराउनु, प्रहरीले उनलाई बोलाएर ९–९ घण्टा कार्यालयमा राख्नु र केरकार गरेको घटनाकुनै व्यक्तिको सनकको भरमा राज्यशक्तिको दुरुपयोगको उदाहरण हो ।

सरकारले राजदूतको आवेदन खोलेका छ। पुष्करले आफूसँग रहेको प्रधानमन्त्रीको मोबाइलमा म्यासेज गरेर जिज्ञाशा राख्नु नाजायज र अन्यथा हुँदै होइन ।

प्रधानमन्त्रीले ‘कृपया यसरी व्यक्तिगत म्यासेज नगरिदिनु होला’ भनिदिएको भए पुगिहाल्थ्यो। तर, शक्तिको दुरुपयोग गरियाे ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Putalisadak
Kathmandu