CMC Nepal
It has estimated that about 25-30% of global population are suffering from some kind of mental illness. It is also Vulnerability to psychosocial difficulties and mental illness is increased by socio-political conditions such as poverty, internal conflicts, unemployment, gender based and social discrimination and increased social isolation, stress, unhealthy life styles. The availability of trained
23/06/2026
मानसिक स्वास्थ्य सेवामा गुणस्तर अभिवृद्धि तर्फ अर्को कदम!
सी.एम.सी.-नेपाल र स्थानीय सरकारको साझेदारी तथा cbm Globalको आर्थिक सहयोगमा सञ्चालित कर्णाली मानसिक स्वास्थ्य कार्यक्रम अन्तर्गत सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिका, रुकुम पश्चिममा तालिम प्राप्त स्वास्थ्यकर्मीहरूका लागि सुपरभिजन सफलतापूर्वक सम्पन्न भएको छ।
मोड्युल 1 र 2B तालिम प्राप्त स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी आयोजित यस सुपरभिजनमा जटिल प्रकृतिका, नयाँ तथा फलो-अपमा रहेका सेवाग्राहीहरूको केस समीक्षा गरिएको थियो। साथै, औषधि उपलब्धता नभएको अवस्थामा अपनाउनुपर्ने उपायहरूबारे छलफल गर्दै आवश्यक मनोसामाजिक सहयोग पनि प्रदान गरिएको थियो।
यस प्रयासले स्थानीय तहमा मानसिक स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा सेवाग्राहीमैत्री सेवा प्रवाहमा थप टेवा पुग्ने विश्वास लिइएको छ।
19/06/2026
सी.एम.सी.-नेपालको आमाको मन: मानसिक स्वास्थ्य सहयोग कार्यक्रम
२०८३ साल असार ४ र ५ गते, CMC-Nepal र स्थानिय सरकारको सहकार्य र CBM GLOBAL को आर्थिक सहयोगमा सञ्चालित कर्णाली भूकम्प पुनर्लाभ मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग (MHPSS) परियोजना अन्तर्गत जाजरकोट जिल्लाका निम्न दुई स्थानीय तहमा आमाको मन: मानसिक स्वास्थ्य सहयोग कार्यक्रम सम्पन्न गरिएको छ ।
बारेकोट गाउँपालिका–१, रामिडाँडा स्वास्थ्य चौकी (असार ४)
नलगाड नगरपालिका, दल्ली नगर अस्पताल (असार ५)
CMC-Nepal का मनोसामाजिक परामर्शकर्ताबाट सहजिकरण गरिएका यी दुवै कार्यक्रममा गर्भवती तथा सुत्केरी आमाहरूका लागि आधारभूत मनोसामाजिक सहयोग सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको थियो, जसमा कुल ४५ जना महिलाको सहभागिता रहेको थियो।
गर्भावस्था र सुत्केरी अवस्थामा शारीरिक परिवर्तनका साथै भावनात्मक र मानसिक परिवर्तन हुने भएकाले यस्ता कृयाकलापहरु आवश्यक हुन्छन् । यसका अतिरिक्त यस्तो अवस्थामा
१। तनाव, चिन्ता, र आघात (trauma) को जोखिम उच्च हुन्छ ।
२। आमाको मानसिक स्वास्थ्यले शिशुको विकासमा प्रत्यक्ष प्रभाव पार्छ ।
३। समयमै सहयोग पाउँदा डिप्रेसन, चिन्ता र एक्लोपन कम गर्न सकिन्छ ।
४। सशक्त आमाले स्वस्थ परिवार र समुदाय निर्माण गर्छिन् ।
यस कार्यक्रममार्फत CMC-Nepal आमाहरूलाई आफ्ना भावना व्यक्त गर्न, सहयोग खोज्न, र आत्म-हेरचाह (self-care) का सीपहरू विकास गर्न प्रोत्साहित गर्न चाहन्छ।
आमाको मनका लागि मानसिक स्वास्थ्य।
Laxman Nath Ram Lal Shrestha
Click here to claim your Sponsored Listing.
Contact the organization
Telephone
Website
Address
Jitjung Marg, Thapathali
Kathmandu
00977
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |