Study Room
08/05/2026
शिक्षक आवश्यकता
प्रधानन्याधिसमा डा मनोजकुमार शर्मा नियुक्त ।
शिक्षक सरुवा कार्यविधि खारेज भएकै हो त ???
अभिभावक वर्गमा अनुरोध —
१. बेलुका ८:००बजे-सम्ममा टिभी बन्द गर्नुहोस्, मोबाइल नचलाउनुहोस् ! टिभीमा ८ बजे भन्दा पछाडि आफ्नो बच्चा भन्दा महत्त्वपूर्ण केही आउँदैन ।
२. बच्चालाई रातको १० बजे भित्र सुत्न र बिहान ६ बजे अघि उठ्नको लागि बानी बाल्नुहोस् ।
३. आफ्नो बच्चाको स्कूलको कापी किताब हेर्नको लागि ३०/४५ मिनेट समय निकाल्नुहोस् । उसको गृहकार्य पूरा गर्न सहयोग गर्नुहोस् ।
४. हरेक दिन विद्यार्थीको लेखाइ र पढाइलाई ध्यान दिनुहोस्, अनि उ जुन विषयमा कमजोर छ त्यसमा बढी सिक्नमा सहयोग गर्नुहोस् ।
५. यदि तपाईं कुनै पार्टी/सामाजिक कार्यमा बच्चाको साथमा जानुहुन्छ भने धेरै रातसम्म घर फर्कनुहुदैन भने भोलिपल्ट बच्चाहरूलाई आराम गर्न दिनुहोस् ( स्कुल नपठाउनुहोस् ) यदि तपाईं भोलि बच्चा स्कुल पठाउन चाहनुहुन्छ भने रातको १० बजेभित्र घर फर्कनुहोस !
६. आफ्नो बच्चालाई बिरुवा लगाउन र उसलाई हेरचाह गर्नको लागि बानी बसाल्नुहोस !
७. सुत्ने समय आफ्नो बच्चालाई दन्त्यकथा, बालकथा, देशको इतिहास इत्यादी सुनाउनुहोस् ।
८. हरेक वर्षको दशैँ-तिहार छुट्टिमा कुनै न कुनै ठाउँमा घुमाउन लैजानुहोस्, कम्तिमा पनि आफ्नो गाउँमा भए पनि लैजानुहोस् । यसले नयाँ मान्छे र परिवेश बुझ्न मद्दत गर्छ ।
९. आफ्नो बच्चाको प्यासन के छ, उसको प्रतिभाको पत्ता लगाउनुहोस् ! र त्यसलाई तिखार्न साहायता गर्नुहोस् । (बच्चा कुनै विषय संगीत, खेल, अभिनय , चित्रकला, नृत्य , आदिमा रुचि राख्न सक्छन् यसले उनीहरूको जीवन रमाइलो बनाउँछ ।)
१०. बच्चालाई प्लास्टिक प्रयोग नगर्नको लागि सिकाउनुहोस ! तातो खाना र पानी प्लास्टिकमा प्रयोग नगर्नको लागि भन्नुहोस् !
११. भान्सा कोठामा खाना बनाउने समयमा सानातिना काम पानी अर्हाउनुहोस् । यसले सानोतिनो कसरत पनि हुन्छ, जगरिलो बनाउँछ, अनि टिमवर्कको पनि आभाष हुन्छ ।
१२. प्रत्येक बच्चा जन्मदा नै बैज्ञानिक हुन्छन् ! उनिहरु संग धेरै प्रश्न हुन्छन् , यो सबै प्रश्नको जवाफ हामी दिन सक्छौं ! हामी सचेत हुनुपर्छ बच्चाको प्रश्नमा रिसाउनु हुँदैन ! उसको प्रश्नको जवाफ तुरुन्त दिनुहोस् जवाफ् थाहा छैन भने सोधपुछ गरेर दिनुहोस् !
१३. पाँच बर्ष मुनीका बच्चालाई अनुशासनमा राख्ने नाममा चर्को स्वरले कराउने वा पिट्ने गर्नु हुँदैन । तर पाँच वर्ष पछि भने उसलाई अनुसाशन सिकाउनु अति आवश्यक हुन्छ ।
१४. बच्चालाई भर्नाको लागि कुनै सर्वश्रेष्ठ स्कूल खोज्नु भन्दा सबैभन्दा राम्रो स्कूल त्यो हो जहाँ तपाईंको बजेटको लागि उपयुक्त छ । यस्तो अवस्थामा घरमै पनि सहयोग गर्न सकिन्छ । यसैले बढी पैसा तिर्दैमा बच्चाले धेरै जान्छ भन्ने होइन, सरकारी स्कूल पढेकाले पनि टप गरेको उदाहरण धेरै छन् ।
१५. बच्चालाई मोबाइल फ़ोन प्रयोग गर्न नदिनुहोस् । आवश्यक हुँदा आफ्नो निगरानीमा मोबाइल प्रयोग गर्न दिनुहोस् ।
१६. बच्चालाई आफ्नो काममा सहायता गर्नको लागि भन्नुहोस् ! जस्तै खाना बनाउन, सरसफाइ गर्न, सामान व्यवस्थित गरि राख्न सिकाउनुहोस् !
१७. र, सबैभन्दा महत्त्वपूर्ण चिज हामीले आफ्नो बच्चालाई शिक्षाको साथमा राम्रो संस्कार पनि दिनुपर्छ । ताकी उनीहरू जीवनमा सफल र सहि मानिस बन्न सकुन ।
हामिले आफ्नो अनुभव को आधारमा आफ्नो सन्तानको जिबनलाई सुन्दर र स्वास्थ्य राख्नलाई बच्चाको मद्दत गर्नुपर्छ ! यदि यो लेख अर्थपूर्ण छ भने कृपया सेयर गर्नुहोस् ।
#शिक्षक कार्यसम्पादन मूल्याङ्कन (KASAMU) सम्बन्धी विस्तृत सूचना
नेपाल सरकार, शिक्षक सेवा आयोग तथा प्रचलित शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) बमोजिम सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकहरूले प्रत्येक शैक्षिक सत्र प्रारम्भ भएको ३० दिनभित्र कार्यसम्पादन मूल्याङ्कन फाराम (KASAMU) भरी सम्बन्धित विद्यालयमा दर्ता गरी पेश गर्नुपर्ने व्यवस्था रहेको छ।
#१. IEMIS तथा KASAMU Report सम्बन्धी व्यवस्था
शिक्षकको कार्यसम्पादन मूल्याङ्कन फारामको अनुसूची–१ को खण्ड (क) को (ङ) तथा (च) बमोजिम अङ्क प्रदान गर्ने प्रयोजनका लागि देहायअनुसार गर्नुपर्नेछः
सम्बन्धित विद्यालयको IEMIS प्रणालीबाट
School Related → KASAMU Report अनिवार्य रूपमा प्रिन्ट गर्नुपर्नेछ।
उक्त रिपोर्टलाई विद्यालय प्रमुखबाट प्रमाणित (Verified & Certified) गराई फारामसँग संलग्न गर्नुपर्नेछ।
सो रिपोर्टमा उल्लेख भएका मुख्य सूचकहरू:
औसत अङ्क (Average Score)
औसत सिकाइ उपलब्धि प्रतिशत (Average Learning Achievement %)
भौगोलिक एकाइको औसत उपलब्धि प्रतिशत
- यी सबै विवरण कार्यसम्पादन मूल्याङ्कन फाराममा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
#२. आवश्यक कागजातहरू (अनिवार्य संलग्न)
कार्यसम्पादन मूल्याङ्कन फाराम पेश गर्दा निम्न कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछः
1. IEMIS बाट प्राप्त KASAMU Report (प्रमाणित)
2. विशेष जिम्मेवारी (Additional Responsibility) सम्बन्धी निर्णय प्रतिलिपि वा पत्र
3. शिक्षकद्वारा गरिएको अनुसन्धान (Research / Action Research)
4. अन्य सम्बन्धित प्रमाणहरू (यदि लागू भएमा)
#३. मूल्याङ्कन प्रक्रिया
मूल्याङ्कन विद्यालय, स्थानीय तह तथा सम्बन्धित निकायमार्फत गरिन्छ।
प्राप्त अङ्क शिक्षकको:
-पदोन्नति (Promotion)
-आन्तरिक प्रतिस्पर्धा
-सेवा अभिलेख मा प्रयोग हुने गर्दछ।
#४. जिम्मेवारी तथा पालना
सबै स्थायी शिक्षकहरूले समयमै फाराम भरी दर्ता गर्नु अनिवार्य हुनेछ।
फाराममा कुनै त्रुटि, केरमेट वा अपूर्ण विवरण भएमा मूल्याङ्कन प्रभावित हुन सक्छ।
तोकिएको समयभित्र पेश नगरेमा प्रशासनिक कारबाही हुन सक्नेछ।
05/05/2026
प्रधानमन्त्री शक्तिशाली भएमा फित्ता पठाउनुको औचित्य हुँदैन ।
05/05/2026
महान दार्शनिक , अर्थशास्त्री र समजशास्त्री मर्क्सवादका प्रर्वतकको आज जन्म जयन्ती ! उहाँका बिचार मानवजातिको मुक्तिको लागि आज पनि उत्तिकै सान्दर्भिक छ जति हिजो थियो ! महान दार्शनिक कार्ल मर्क्स प्रती गहिरो सम्मान सहित श्रद्धासुमन अर्पण गर्दछु !! संसारभरिका न्यायप्रेमी जनसमुदायलाइ मार्क्स जयन्तीको उपलक्ष्यमा हार्दिक शुभकामना !!
नेपालका अधिकांश विद्यालयका बालबालिकामा मुख्य समस्या भनेको पठनबोध हो । बालबालिका एक त पढन सक्दैनन् अर्को पढ्न सक्नेले पनि बोध गर्न सक्दैनन् ।
त्यसैले सबै भाषा शिक्षकहरूले (अङ्ग्रेजी, नेपाली) पठन बोध विकासमा जोड दिने की ??
5E Model Lesson Plan भन्नाले सिकाइ–सिकाउने प्रक्रियालाई पाँच चरण (Engage, Explore, Explain, Elaborate, Evaluate) मा व्यवस्थित गरेर तयार गरिएको पाठ योजना हो। यो मोडेल विशेष गरी विद्यार्थी-केंद्रित (student-centered) शिक्षणका लागि प्रयोग हुन्छ, जहाँ विद्यार्थी आफैं सक्रिय भएर सिक्छन्।
5E का पाँच चरणहरू:
Engage (आकर्षित गराउने)
उद्देश्य: विद्यार्थीको ध्यान तान्ने र पुरानो ज्ञानसँग नयाँ विषय जोड्ने
उदाहरण: प्रश्न सोध्ने, चित्र/कथा देखाउने, छोटो भिडियो
Explore (अन्वेषण गराउने)
उद्देश्य: विद्यार्थीलाई आफैं खोजी गर्न, प्रयोग गर्न र अनुभवबाट सिक्न अवसर दिने
उदाहरण: समूह कार्य, प्रयोग, छलफल
Explain (व्याख्या गराउने)
उद्देश्य: विद्यार्थीले सिकेको कुरा स्पष्ट पार्ने र शिक्षकले सही अवधारणा दिनु
उदाहरण: विद्यार्थीले आफ्नो बुझाइ प्रस्तुत गर्ने, शिक्षकले थप व्याख्या गर्ने
Elaborate (विस्तार गर्ने)
उद्देश्य: सिकेको ज्ञानलाई नयाँ सन्दर्भमा प्रयोग गर्ने
उदाहरण: अभ्यास, नयाँ समस्या समाधान, परियोजना कार्य
Evaluate (मूल्याङ्कन गर्ने)
उद्देश्य: विद्यार्थीले कति सिके भन्ने जाँच गर्ने
उदाहरण: प्रश्नोत्तर, परीक्षा, प्रस्तुति, गृहकार्य
छोटकरीमा:
5E Model Lesson Plan भनेको यस्तो शिक्षण योजना हो जसले विद्यार्थीलाई सक्रिय, खोजमुखी र व्यवहारिक सिकाइमा संलग्न गराउँछ र सिकाइलाई चरणबद्ध रूपमा अगाडि बढाउँछ।
05/05/2026
विव्यस गठनमा ग बुँदा काटियो है ।
PBL भनेको Problem-Based Learning (समस्या-आधारित सिकाइ) हो।
यसमा विद्यार्थीहरूले कुनै वास्तविक जीवनसँग सम्बन्धित समस्या (problem) बाट सिकाइ सुरु गर्छन्। शिक्षकले सीधै उत्तर नदिई, विद्यार्थीलाई समस्या समाधान गर्न मार्गदर्शन गर्छन्।
मुख्य विशेषताहरू:
🔍 समस्या केन्द्रित सिकाइ
👥 समूहमा काम गर्ने
🧠 सोच्ने, विश्लेषण गर्ने र समाधान खोज्ने
📚 आफैं खोजी गरेर सिक्ने (self-directed learning)
उदाहरण:
यदि कक्षामा “पर्यावरण प्रदूषण” विषय पढाइँदै छ भने
शिक्षकले सोध्न सक्छन्:
👉 “हाम्रो वरिपरि प्रदूषण किन बढ्दै गएको छ र यसलाई कसरी कम गर्न सकिन्छ?”
त्यसपछि विद्यार्थीहरूले:
कारण खोज्छन्
समाधानका उपाय सोच्छन्
समूहमा छलफल गर्छन्
अन्तिम निष्कर्ष प्रस्तुत गर्छन्
फाइदाहरू:
आलोचनात्मक सोच (critical thinking) विकास हुन्छ
समस्या समाधान गर्ने क्षमता बढ्छ
आत्मनिर्भर सिकाइ बन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu