PL Maharjan

PL Maharjan

Share

30/03/2026

"सबै पुराना नेता उस्तै हुन्" भन्ने भाष्य बदल्ने एउटा ऐतिहासिक अवसर!
केही समयअघि संसदमा बोल्दै पूर्वप्रधानमन्त्री प्रचण्डले "सम्पत्ति छानबिन मबाटै सुरु होस्" भन्नुभएको थियो। अहिले बालेन शाह नेतृत्वको सरकारले २०४८ सालदेखि सार्वजनिक पद धारण गरेका सबै उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्ने जुन प्रक्रिया अघि बढाएको छ, यो अत्यन्तै सह्रानीय र न्यायोचित कदम हो।
यसले दुईवटा कुरा प्रष्ट पार्नेछ:
१. यदि प्रचण्ड लगायतका पुराना नेताहरूले दाबी गरेजस्तै उहाँहरूको सम्पत्ति पारदर्शी छ भने, यो छानबिन उहाँहरूका लागि आफूलाई निर्दोष सावित गर्ने र "सबै पुराना नेता भ्रष्ट छन्" भन्ने आम बुझाइलाई गलत प्रमाणित गर्ने सुनौलो मौका हुनेछ।
२. यदि कोही दोषी छ भने, राज्यको सम्पत्ति दोहन गर्नेहरूले कारबाही भोग्नैपर्छ।
यो कदमले राजनीतिमा नैतिकता र पारदर्शिताको नयाँ जग बसाल्नेछ। लोकतन्त्रमा प्रश्न उठ्नु स्वाभाविक हो, तर ती प्रश्नहरूको उत्तर निष्पक्ष, राजनीतिक पुर्वाग्रह रहित छानबिनबाट आउनु नै उत्तम विकल्प हो। सरकारको यो 'बोल्ड' निर्णयलाई कार्यान्वयनको तहमा पनि उत्तिकै दृढताका साथ हेर्न पाइयोस्।
शुभकामना सरकार!

29/03/2026

अमेरिकामा ट्रम्पविरुद्ध उर्लियो जनसागर!

सबै ५० राज्यका करिब ९० लाख नागरिक सडकमा। "अतिवाद स्वीकार्य छैन" भन्दै भएको यो प्रदर्शन अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो मध्येको एक बनेको छ। नागरिकको यो विशाल उपस्थिति र गम्भीर नाराहरूले अमेरिकी राजनीतिमा ठूलो हलचल ल्याउने निश्चित छ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kirtipur
Kathmandu