Nepali Update

Nepali Update

Share

16/06/2026

कैलालीमा वनका कर्मचारीले एक जना महिलाको टेम्पो भिरबाट खसालेको घटनामा दुई जनाविरूद्ध मुद्दा चलेको छ।

प्रहरीले वरिष्ठ वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फूलाराविरूद्ध शान्ति विरूद्धको कसुरमा मुद्दा चलाएको जनाएको छ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ गरिएका वनका १२ जना कर्मचारीमध्ये दुई जनाविरूद्ध मुद्दा दर्ता गरिएको हो। बाँकी १० जनालाई रिहा गरिएको उनले जानकारी दिए।

पीडितको जाहेरीका आधारमा दुई जनाविरूद्ध मुद्दा चलाइएको उनले बताए।

साथै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले यस घटनाका विषयमा पीडित पक्ष, स्थानीय जनप्रतिनिधि, वनका पदाधिकारीलगायत सँग मंगलबार पनि छलफल हुने बताए।

सरोकारवालाहरूका बीच जिल्ला प्रशासन कार्यालयमा आइतबार दिनभर छलफल भएको थियो भने सोही दिन प्रहरीले १२ जना वनका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।

यो घटना छानबिन गर्न भन्दै सुदूरपश्चिम सरकारले समितिसमेत गठन गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो।

मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

Ncell
मितिको सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी र वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा छन्।

समितिले आफ्नो काम थालेको जनाएको छ।

गत शुक्रबार दिउँसो कैलालीको गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्गअन्तर्गत पर्ने बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले गोदावरीकै स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो भिरबाट धकेलेर खसालेका थिए।

धामीले आफ्नो घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडाको सडक किनारमा टेम्पो रोकेर त्यसमै पानी, चाउचाउ, बिस्कुट, अण्डा लगायत बिक्री गर्दै आएकी थिइन्।

सडक किनारमा बसेर वन क्षेत्र अतिक्रमण गरी व्यापार गर्न नपाइने भन्दै वनका कर्मचारीले धामीको टेम्पो भिरबाट खसालिदिएका थिए। उक्त घटनाको सामाजिक सञ्जालहरूमा आलोचनासमेत भएको थियो। त्यसपछि प्रहरीले टेम्पो धनी महिलासँग सोधपुछ पनि गरेको थियो।

वनका कर्मचारीले टेम्पो भिरबाट धकेल्नुअघि त्यसमा रहेका सामान भने निकालेका थिए।

यस घटनामा डिभिजन वन कार्यालय धनगढी, कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० जना कर्मचारीले आइतबार बिहान संयुक्त रूपमा हस्ताक्षर गरी एउटा वक्तव्य प्रकाशित गर्दै बचाउ गरेका थिए।

प्रचार गरिए जसरी टेम्पो भिरबाट जानाजान नखसालिएको, बरू अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सञ्चालनमा नरहेको तथा गुड्न नसक्ने कबाड अवस्थाको टेम्पो भिरबाट खस्न पुगेको विज्ञप्तिमा उल्लेख गरिएको थियो।

15/06/2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको देश बनाउने टिमका सदस्यबाट ठेकेदारको खुट्टा भाँच्ने धम्की आउनु निन्दनीय भएको बताए ।

नागढुङ्गा-मुग्लिन सडक खण्डको अवलोकनका क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिने धम्की दिएका थिए ।

दुलालले प्रधानमन्त्रीले सार्वजनिक गरेको देश बनाउने टिमका सदस्यबाट त्यस्तो अभिव्यक्ति आउँदा नवयुवाले के सिक्ने भन्ने प्रश्न पनि गरेका छन् ।

उनले भने, ‘हिजो प्रधानमन्त्रीले देश बनाउने तीन सदस्यीय जम्बो टोलीको फोटो सार्वजनिक गर्नुभएको थियो । त्यस लगत्तै एक सदस्य योद्धा मन्त्रीजीले निर्माण व्यवसायीको खुट्टा भाँच्न सार्वजनिक रूपमा निर्देशन दिनुभएछ। विधिको शासन की धम्कीको शासन मन्त्री जी, तपाईँको उक्त अभिव्यक्ति निन्दनीय छ । तपाईँ देशको मन्त्री, युवाको आदर्श ! तपाईँबाट नवयुवाले के सिक्ने ?’

सुकुम्वासी बस्तीमा अमानवीय आक्रमण, कैलालीमा टेम्पो भिरबाट गुल्टाउने र घरका छानामाथि ढुङ्गा हान्ने बहादुर सरकारले निर्माण व्यवसायीलाई खुट्टा भाँच्ने निर्देशन दिनु ठुलो कुरा नभएको टिप्पणी उनको छ ।

दुलालले अतिक्रमित भूमिबारे भारतसँग बोल्न डिप्लोम्याटिक च्यानल प्रयोग गर्नुपर्ने बताउने सरकारका मन्त्री नेपाली थर्काउन पर्याप्त रहेको बताए ।

सरकार नेतृत्वकर्ता रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले भनेका छन्, ‘अतिक्रमित भूमिको बारेमा भारतसँग बोल्न पो ‘डिप्लोम्याटिक च्यानल्ज’ प्रयोग गर्नुपर्छ त नेपाली थर्काउन त मन्त्री नै पर्याप्त छन् नि होइन, कि कसो सभापतिजी ?’

15/06/2026

अमेरिका र इरानबीच घोषणा भएको युद्धविराम सम्झौता इजरायलले नमान्ने चेतावनी इजरायलले दिएको छ ।

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्वेरले कडा प्रतिक्रिया दिँदै ट्रम्पले गरेको सम्झौता जेरुसेलमका लागि बाध्यकारी नभएको बताएका छन् ।

उनले इजरायल अमेरिकी अधिनस्थ नभई स्वतन्त्र देश भएकाले आफ्नो दायित्व इजरायली जनता,यहुदी र सेनाप्रति रहेको बताएका छन् ।

मन्त्री ग्वेरले भने– ‘हामी स्पष्ट पार्न चाहान्छौं कि हामी अमेरिकालाई प्रेम गछौं र ट्रम्पप्रति आभारी पनि छौं । तर इजरायल बनाना स्टेट होइन, अमेरिकाले गर्ने सम्झौता पालना गर्न हामी बाध्य छैनौं ।’

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu