Music Class

Music Class

Share

14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना! 🎉🇳🇵

यो नयाँ वर्षले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो लिएर आओस्। देशमा शान्ति, प्रगति र विकासको नयाँ अध्याय सुरु होस् भन्ने कामना गर्दछु।
विद्यार्थीहरूका लागि यो वर्ष नयाँ अवसर, ज्ञान र सफलताको वर्ष बनोस्। तपाईंहरूको मेहनतले उज्ज्वल भविष्य निर्माण होस्।
काम गर्ने सम्पूर्ण कामदार तथा पेशाकर्मीहरूका लागि यो वर्ष ऊर्जा, सम्मान र उपलब्धिले भरिएको होस्। तपाईंहरूको परिश्रमले देश अझै अघि बढोस्।

सबैको जीवनमा सकारात्मकता, आशा र नयाँ उत्साह भरियोस्।
आउनुहोस्, नयाँ वर्षलाई नयाँ सोच, नयाँ लक्ष्य र नयाँ ऊर्जा सहित स्वागत गरौं।
यो नयाँ वर्ष अनि नयाँ नेतृत्वसँग देशले धेरै आशा र अपेक्षा राखेको छ। देशमा स्थिरता, सुशासन, पारदर्शिता र तीव्र विकासको मार्ग खुलोस् भन्ने कामना गर्दछु।

युवाहरूलाई अवसर, कामदारहरूलाई सम्मान, र हरेक नागरिकलाई सुरक्षित र समुन्नत भविष्य दिन सक्ने सक्षम नेतृत्वको रूपमा स्थापित हुन सकोस् ।

देशले अब परिवर्तन मात्र होइन, सकारात्मक परिणाम चाहेको त्यसैले साहस, दूरदृष्टि र प्रतिबद्धताका साथ नेपाल अघि बढ्नेछ। सम्पूर्ण देश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ , दिदीबहिनी तथा आमा बुवामा पुन नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना 🙏🎊🎈🇳🇵🇳🇵

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


New Baneshwor
Kathmandu