Technologic CP

Technologic CP

Share

This Page is based on my YOUTUBE Channel Here you can find The Different Area Like SMARTPHONE, COMPUTER, TELECOM, TECH VIDEOS, NEWS, QUOTES And Many more Videos Which Give You Some Knowledge And Entertain You To Provide Different Technical Aspects…

16/09/2022

Nepal Telecom is distributing 50 eSIMs only for today and the quota has already finished. So you will have to come another day to get eSIM.
And according to the employees here it will take around 30-45 mins process for an individual to complete the procedure.

01/06/2022

पछिल्लो समयमा धेरै जस्तो कलाकारहरु आफ्ना सिर्जना Digital Platform मा राख्दै हुनुहुन्छ, केहीले राम्रै आम्दानी पनि गर्दै हुनुहुन्छ, केही कसरी भन्ने बुझ्न खोज्दै हुनुहुन्छ।

एक सर्जक/कलाकारको लागी सबैभन्दा ठुलो कमाई भनेको दर्शक/श्रोताको माया हो भन्ने चलन छ, Digital Distribution ले फरक Platform मा रहेका आफ्ना दर्शक/श्रोतामा पुग्ने, ति Platform मा कुनै सिर्जना किनेर सुन्नु पर्ने या Monthly Subscription को आधारमा सुन्न सक्नेहरु छन्, आफ्ना सिर्जना प्रयोग भएका ठाउँ या Platform ( जस्तो TikTok) बाट आफ्नो लागी Royalty Collect गरिदिने,
आफ्ना सिर्जनाको अनधिकृत प्रयोग हुन रोक्ने काम गर्दछन।

पछिल्लो समयमा नेपालमा पनि धेरै Digital Distribution गर्ने कम्पनि छन्, उहाँहरुसँग सम्झौता गरी पनि काम गर्न सक्नुहुन्छ, त्यसो गर्दा प्राविधिक, कानुनि सहयोग उहाँहरुले गरिदिनुहुन्छ।

Digital Distribution गर्नु अगाडी निम्न कुरामा ध्यान दिनु पर्दछ:-

१. तपाइँको Content ( Song/Music Video/Film Etc. ) प्रतिलिपि अधिकार सँरक्षणको कार्यालयमा दर्ता भएको हुनु पर्यो, Digital Platform हरुमा सबै भन्दा धेरै समस्या Fake Copyright Claim को छ,
आफ्नो सिर्जना सुरक्षित गर्ने सबैभन्दा उच्च सरकारी निकाय त्यो नै हो।

२. आफ्नो प्रतिलिपी अधिकार (लिखित रुपमा प्राप्त) बाहेक कुनैपनि सिर्जना आफ्ना Platform मा राख्न पाऊनुहुन्न, राखेमा कानुनि कारवाही भोग्नुपर्ने हुन्छ।

३. तपाइँको Content Final हुनु पर्यो, बारम्बार File Change गर्न मिल्दैन, अडियोको हकमा 44100 HZ को Wav File हुनुपर्यो।

४. अडियो अनुसारको Artwork ( English मा लेखिएको 3000*3000 Pixel को, सजिलै Approve हुने कारणले) तयार गरी म्युजिक भिडियो रिलिज हुनु भन्दा कमसेकम १० दिन अगाडी अडियो Upload गर्न सक्नुपर्यो ( सबैजसो Platform हरुले सबै Store मा पठाऊन १० दिन समय माग्दछन)।

५. नेपाली बैंकले आजकल आफ्नो PAN Card लिएर गएपछी 500$ सम्म को $ card सजिलै दिन्छन, त्यो भएपछी आफ्ना Song Distribution/Promotion लगायत यावत काम गर्न सक्नु हुन्छ, कुन Platform बाट Distribution गर्ने तपाइँको आवश्यकता, बजेट अनुसार निर्धारण गर्न सक्नुहुन्छ, केही Comparison हरु पहिलो कमेन्टमा हेर्नुहोला।

६. विश्वमै Google बाट अहिलेपनि Total Royalty को लगभग 55% Royalty प्राप्त हुने हुनाले YouTube Content ID मा तपाइँका सिर्जना गएको फाईदा हुन्छ ( Content ID मा जाँदा धेरै जसो Distributer ले Original Song लाई पनि Claim गर्छन, छुटाऊन मिल्छ, त्यसैले आफ्ना गीत रिलिज हुनुभन्दा १ दिन अगाडीनै Channel मा Upload गर्नुपर्दछ, Claim छुटाऊन Process गर्नुपर्दछ ) Distributer Select गर्दा त्यो पनि याद गर्नुहोला।

७. Distribution पश्चात प्राप्त हुने ISRC Code (International Standard Recording Code) को ठुलो महत्व हुन्छ, सम्हालेर राख्नुपर्छ, पछी कुनै कम्पनिबाट आफ्ना सिर्जना अर्को कम्पनिमा राख्नदेखी धेरै सन्दर्भमा काम लाग्छ ( एउटा Song को एउटा मात्र ISRC हुन्छ, हरेक Search Engine, Music Store हरुमा लिंक हुन्छ )।

८. सिर्जना सार्वजनिक गर्नुअगाडीनै आफ्ना कलाकार, प्राविधिक, Promotion Partner सँग Proper Planning गरी सार्वजनिक गर्ने गर्नुहोला, सबै चिज नमिल्दा कहिले कहीं राम्रा सिर्जनाले पनि न्याय नपाऊन सक्दछन।

-केही राम्रा सिर्जनाले Audio Platform हरुबाट एकदमै राम्रो आम्दानी गरेका छन, गीतहरु किन्नैपर्छ भन्ने छैन, अडियोमात्र सुन्दापनि कलाकारको व्यावसायिक/सृजनात्मक सफलता प्राप्त हुन सक्छ।

-YouTube बाट भिडियो Publish गर्नुभन्दा अघिल्लो दिन नै भिडियो Upload गरेर Private मा राख्ने अरु तयारी गर्ने गर्न सक्नुपर्दछ, त्यसो गर्दा आफ्ना Fan हरुको राम्रो Response पाऊने, engagement बढ्ने, Content ID Match Solve गर्न सकिने, प्राविधिक रुपमा पनि सजिलो पर्दछ।

-Proper Planning नगरी काम नगर्नुहोस, नगराऊनुहोस, Proper Planning बिनाको आर्थिक लगानी बालुवामा पानी खन्याए सरह हो।

-अहिले सम्म प्राप्त धेरै जनाको Data मध्यमा TikTok ले धेरै राम्रो Payment गर्ने गरेको छ, यो कलेक्ट गरेर दिने भनेको Digital Distributor ले नै हो।

-यस्ता विषयमा थप जानकारी चाहीए Message गर्न सक्नुहुनेछ, अनुकुलमा Reply गर्नेछु।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Address


Basundhara
Kathmandu
44600