Micro Times

Micro Times

Share

26/04/2025

यस सन्दर्भमा एउटा कुरो बिर्सन हुँदैन — उही कार्यक्रमको अघिल्लो एपिसोडमा प्रदीप खड्काले “म राजा होइन, राष्ट्रपति रोज्छु” भन्ने स्पष्ट धारणा राखेका थिए। त्यसबेला कुनै विरोध देखिएन, बहिष्कार त परै जाओस्।
त्यस्तै, विगतमा त्यही शोमा अन्य कलाकारहरूले समेत राजसंस्थाप्रति आलोचनात्मक भनाइ दिएका थिए, तर त्यस्तो तीव्र सामाजिक प्रतिक्रिया आएको थिएन।

अब प्रश्न उठ्छ — किन अहिले मात्र यस्तो बहिष्कार? किन सुरक्षा पन्तको नाममा आक्रोश केन्द्रित भयो?

यो बुझ्न जरूरी छ

अभिव्यक्तिको स्वतन्त्रता भन्ने कुरा हामी सबैको साझा अधिकार हो — तर त्यसको प्रयोग गर्दा सामाजिक सन्दर्भ, जनभावना र ऐतिहासिक संवेदनशीलता बुझ्न अझ ठूलो जिम्मेवारी आवश्यक हुन्छ।

हृद्येन्द्रलाई लिएर गरिएको व्यङ्ग्य अहिले कुनै ‘सजिलो विषय’ थिएन। अहिले देशभर राजसंस्थाको पुनःस्थापनाबारे चर्को बहस चलिरहेको छ। जनताको ठूलो वर्ग त्यो इतिहाससँग भावनात्मक रूपले गाँसिएको छ। त्यस्तो समयमा कलाकारबाट गरिएको हल्का मजाक, ‘स्वतन्त्र विचार’ होइन, जनभावनामाथिको उपहास हो।

कलाकारले सत्य बोल्नुपर्छ, अवश्य — तर त्यो सत्य घमण्डले होइन, गम्भीरताले प्रस्तुत हुनुपर्छ। सुरक्षाको अभिव्यक्तिमा न व्यङ्ग्यको समयअनुकूलता थियो, न शिष्टता, न जनताप्रतिको संवेदनशीलता। त्यसैले यो ‘साँचो बोल्दा रिसाउनेहरूको कमजोरी’ होइन — यो जनताको चेतनाको प्रतिक्रिया हो।

फिल्म बहिष्कार जनताको कमजोरी होइन, उनीहरूको विवेकको प्रमाण हो। सुनिने आवाज मात्रै ‘साँचो’ होइन, जनताको मौनताले पनि गहिरो असहमति देखाउँछ।

अन्त्यमा, आवाज त सबैसँग हुन्छ – तर जिम्मेवार आवाज सधैं अलिक गहिरो सोचेर बोलिन्छ।

Want your business to be the top-listed Media Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


Dev
Kathmandu
33000