Morning Tech
01/01/2021
15/02/2020
ग्राहकको बारेमा जानकारी राख्नुपर्ने केही कुराहरू
कुनै पनि व्यवसाय सफल बनाउन ग्राहकको महत्त्वपूर्ण हात हुन्छ । सफल उद्यमी त्यही हो जसले आफ्नो ग्राहकलाई राम्रोसँग चिनेर ग्राहाकले खोजे जस्तो सामाग्रीहरू उत्पादन गर्न सक्छ । यस लेखमा ग्राहक सम्बन्धी कस्ता कस्ता जानकारी राख्नुपर्छ भनेर समेटिएको छ ।
व्यवसायको ग्राहक को हुन् ?
यदि तपाइले व्यक्ति विशेषलाई आफ्नो उत्पादन बेच्दै हुनुहुन्छ भने ग्राहकको लिङ्ग, उमेर , वैवाहिक स्थिति, पेसा आदि पत्ता लगाउनुहोस। यदि अन्य व्यापारिक संस्थालाई बेच्दै हुनुहुन्छ भने व्यापारको आकार , प्रकार , साना व्यापारी हुन् कि, ठुला व्यापारी, धेरै कारोबार गर्ने व्यापारी पो हुन् कि बिचार गर्नुपर्छ ।
ग्राहकले के गर्छन् ?
ग्राहकको पेसा, र उनीहरूको इच्छा के हो भनेर बुझ्नु पर्छ । यदिव्यापारिक संस्था हो भने त्यसले के काम गर्छ, उनीहरूको मुख्य उद्देश्य के हो जानकारी राख्नुपर्छ ।
ग्राहाकले किन किन्छन ?
ग्राहकले किन तपाइको सामान किन्छन ? उनीहरूको आवश्यकता के हो बुझ्नु भयो भने , उनीहरूको आवश्यकता बमोजिम तपाइले आफ्नो उत्पादनलाई फेरबदल गर्न सक्नुहुन्छ ।
कहिले किन्छन ?
यदि तपाइले ग्रहाकले किन्ने समयमा नै आफ्नो उत्पादन बजारमा ल्याउनु भयो भने सफलता हात पार्न सक्नुहुन्छ । जाडोको समयमा उनीका लुगाहरू बेच्न सजिलै सकिन्छ तर गर्मीमा गाह्रो हुन्छ । यो समयले पारेको फरक हो यस्तो फरक बुझ्न सक्नुपर्छ ।
कसरी किन्छन ?
ग्राहकले खुद्रा पसलमा समान किन्छन कि, अनलाइनबाट धेरै अर्डर गर्छन् त्यो बुझेर त्यही अनुरूपले आफ्नो उत्पादनलाई बेच्न सकिन्छ ।
ग्राहकसंग कति पैसा छ ?
आफ्नो ग्राहकको बारेमा बुझेर उनीहरूको आय स्तर पट्ट लगाउन सकियो भने त्यही अनुरूपको ग्राहकको हैसियतले किन्न सक्ने सामाग्री बनाउन सकिन्छ ।
ग्राहाकले किनमेल गर्दा के गर्दा खुसी हुन सक्छन् ?
यदि तपाईँलाई ग्राहाक कसरी खुसी हुन्छन् , उनीहरूलाई के सेवा दिँदा खुसी हुन्छन् थाहा भयो भने उनीहरूले खोजे जस्तै तरिकाले आफ्नो सामन तथा सेवा दिन सकिन्छ ।
ग्राहकले तपाईँबाट के आशा राख्छन् ?
यदि तपाइले व्यवसाय गर्दा ग्राहाकले तपाईँबाट के आशा राख्छन भनेर पत्ता लगाउन सक्नुभयो भने ग्राहकहरू निरन्तर तपाइको व्यवसायमा आइराख्छन र तपाइले धेरै कमाउन सक्नुहुन्छ । जस्तै: तपाइको म:म पसल छ, ग्राहकले स्वादिलो र स्वास्थ्यबर्दक म:म को आसा राख्छन् भन्ने जानकारी भयो भने तपाइले त्यही अनुरूपको म:म तयार गर्नुहुन्छ र ग्राहक हरू तपाइको व्यवसायमा आइरहन्छन् ।
ग्राहाकहरूले तपाइको प्रतिस्पर्धीको बारेमा के सोच्छन ?
यदि तपाइले आफ्ना ग्राहाकहरूले आफ्नो प्रतिस्पर्धीको बारेमा के सोच्छन थाहा पाउनु भयो भने, प्रतिस्पर्थी भन्दा राम्रो र गुणस्तरीय सेवा सुविधा दिएर ग्राहकहरूलाई आफ्नो व्यवसाय तर्फ आकर्षित गर्न सक्नुहुन्छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
Kathmandu
44600
Opening Hours
| Monday | 07:00 - 22:00 |
| Tuesday | 07:00 - 22:00 |
| Wednesday | 07:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 07:00 - 17:00 |
| Sunday | 07:00 - 17:00 |