Ram Rajya
23/11/2025
#दीपेन्द्र खनियाँ घरमै झुन्डिएको अवस्थामा मृत फेला
काठमाडौं । पत्रकार तथा रेडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला परेका छन्। आइतबार काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँको घरमा मृत फेला परेको काठमाडौँ प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
‘प्रहरीले घटनास्थलको मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया भर्खरै सकेको छ’ उनले भने, ‘अब शव पोस्टमार्टमका लागि लगिनेछ ।’
सोही घरमा रेडियो अडियोको कार्यालय पनि सञ्चालनमा थियो। तर, खनियाँले केही महिनाअघि मात्रै घर बिक्री गरेको खुलेको छ। बिक्री गरे पनि खनियाँको परिवार त्यहीँ बस्दै आएको थियो । खनियाँका श्रीमती र एक छोरी छन्।
10/11/2025
#एआईजी दानबहादुर कार्की
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको कसञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
44600