Shorts Post

Shorts Post

Share

02/06/2026

शीर्षक :
घरेलु बक्स अफिसमा ‘लालीबजार’ सुपरहिट, ८ करोडभन्दा बढी कमाइ

नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ८ करोडभन्दा बढी ग्रस कमाइ गर्दै सुपरहिट बनेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले ८ करोड १ लाख रुपैयाँभन्दा बढी कमाइ गर्दा २ लाख ७६ हजारभन्दा बढी दर्शकले हेरेका छन् । यम थापाको निर्देशनमा बनेको फिल्मले वादी समुदायकी महिलाको संघर्षको कथा प्रस्तुत गरेको छ । फिल्मले चौथो सातासम्म पनि उत्साहजनक व्यापार गरिरहेको छ ।

follow us : Shorts Post

Hashtags :

01/06/2026

शीर्षक :
प्रधानमन्त्री शाहले माफी मागेर मार्ग प्रशस्त गर्न एमालेको माग

नेकपा एमालेले नेपाल–भारत सीमाबारे दिएको अभिव्यक्तिप्रति प्रधानमन्त्री बालेन्द्र शाहले संसद् र जनतासँग माफी माग्दै मार्ग प्रशस्त गर्न माग गरेको छ । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवारपूर्ण रहेको बताएका छन् । एमालेले उक्त अभिव्यक्तिले नेपालको स्थापित कूटनीतिक अडान र राष्ट्रिय एकतालाई कमजोर बनाएको दाबी गर्दै राष्ट्रिय हितका विषयमा सरकार तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने जनाएको छ ।

follow us : Shorts Post

Hashtags:

01/06/2026

शीर्षक :
रवि लामिछाने नयाँदिल्ली प्रस्थान, भारतमा भेटवार्ता गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । भ्रमणका क्रममा भाजपाका पार्टी अध्यक्ष नितिन नवीनसहित अन्य शीर्ष नेताहरूसँग भेटवार्ता हुने जनाइएको छ । रास्वपाका अनुसार लामिछाने शुक्रबारसम्म भारतमा रहनेछन् । भारत बसाइका क्रममा उनी व्यक्तिगत भ्रमणका रूपमा अयोध्यासमेत पुग्ने कार्यक्रम रहेको बताइएको छ ।

follow us : Shorts Post

Hashtags :

Want your business to be the top-listed Advertising & Marketing Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Address


New Baneshwor
Kathmandu
44660

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00