Sharmila Sandhya

Sharmila Sandhya

Share

02/03/2026

"त्रिभुज" "त्रिभुज" "त्रिभुज" "त्रिभुज "
"त्रिभुज" "त्रिभुज" "त्रिभुज" "त्रिभुज "
नमस्कार ! म स्वतन्त्र उम्मेदवार शर्मिला फूयाँल , प्रतिनिधि सभा सदस्य, काठमाडौं निर्वाचन क्षेत्र न. ७! स्थिरता, सद्भाव, परिवर्तन, जागरुकता, अखण्डताको प्रतिविम्व र शक्तिको ठोस जग "त्रिभुज" चिन्हमा मत दिई अत्यधिक मतले विजयी गराउन हुन हार्दिक अपिल गर्दछु।
शर्मिला फूयाँललाई Vote दिने किन?
क. शैक्षिक योग्यता:
M.Phil. in Economics, M.A. in Economics, B.A.L.L.B.
ख. ब्यक्तिगत आचरण र सबल पक्ष :
दुर्दशी बिचार र युवा नेतृत्व ,अद्यात्मिक र स्पस्ट बक्ता, सक्षम र शशक्त महिला, कुशल र निस्ठावान राजनितिज्ञ, सामाजिक ब्यक्तित्व र समाजसेवि

ग. अनुभव तथा सामजिक योगदानहरु

-वि. स. २०६५ सालमा प्रतिष्ठित International Company वाग्वजारमा DK Illustrated Dictionary Encyclopedia र Cooking Receipe Book करिब ६ महिना Marketing को काम गरेको।

- वि. स. २०६६ सालमा एक वर्षको लागि एक स्कुलमा computer operator र computer teacher को काम गरेको।

- वि.स. २०७० साल देखि २०७६ साल ६ बर्ष सम्म काठमाडौंको विभिन्न प्राइभेट कलेज मा विभिन्न तह/संकायमा (+2, B.B.A, B.B.S., B.S.W.) विहानी सत्रमा अर्थशास्त्र पढाएको अनुभव।

- वि. स. २०७२ सालको भुकम्प पश्चात् देखि २०८२ साल पौष सम्म वालवालिकाको क्षेत्रमा स्थानिय समुदायको वालगृहमा महासचिव र सचिव पद धारण गरि स्वयंसेवकको रुपमा अनाथ, असाह्य र सिमान्तकृत वालवालिकाहरुको शिक्षा, स्वस्थ्य, आश्रय र अन्य प्राथमिक हकहित अधिकारको सुनिस्चितताको लागि कार्यक्रम संयोजक र आर्थिक तथा खाद्यान्न ब्यवस्थापनमा स्वयंसेवकको भुमिका निर्वाह गर्दै आएको।

- वि. स. २०७३ - २०७६ साल सम्ममा माहानगरिय प्रहरी वृत्त वालाजुले गठन गरेको लैङ्गकि हिंसा न्युनिकरण समन्वय समितीमा तीन वर्ष जति कोषाध्यक्ष भइ लैङिक हिंसाको मध्यस्थतकर्ता र लाघु औसध, cyber crime सचेतनामुलक र्याली, कार्यक्रम आयोजना तथा सहभागि हुदै महिला र वालवालिकाको हक हित अधिकारको लागि आवाज उठाउदै आएको।

- वि. स. २०७४ - २०८२ साल सम्म तारकेस्वर न. पा. वडा नं ३ मा स्थानिय ३ नम्बर वडा अपांगता समन्वय समिती र ज्येष्ठ नागरिक समन्वय समितिको गठनको संस्थापक वा कार्यक्रम संयोजकको भुमिका निर्वाह गरि फरक पहिचानभएका ब्यक्ति र ज्येस्ठ नागरिकको हक अधिकार सुनिस्चित गर्न तारकेश्वर नगरपालिकाको वजेट कार्यक्रम अन्तर्गत क्षमता अभिबृद्धि र सचेतना कार्यक्रम सन्चालन गर्दै आएको। साथै रातो र निलो परिचयपत्र भएका फरक पहिचान व्यक्तिहरुलाई सहायक सामग्रीहरु र First Aid Box प्रयोग प्रशिक्षण र वितरण तारकेस्वर नगरपालिका र संघ सस्थाको समन्वयमा सप्पन्न गरियो।

- बि. स. २०७४- २०८२ साल सम्म (दुई कार्यकाल)मा शिवपुरी नागार्जुन रास्ट्रिय निकुञ्जको मध्यवर्ती ब्यवस्थापन समिती अन्तर्गतको गोल्ढुङा जीतपुर उपभोक्ता समितीको निर्वाचित उपाध्यक्ष भैरहदा मध्यवर्ती क्षेत्रका जनता र निकुञ्ज बिच मध्यस्थाको भुमिका निर्वाह गर्दै जल, जैविक विविधता,वन्यजन्तुको संरक्षण, वातावरण तथा भुसंरक्षण, बचत तथा ऋण कार्यक्रम सामुदायिक वन ब्यवस्थापन र अन्य निकुञ्जले निर्दिष्ट गरेको बिबिध कार्यक्रमहरु संचालन तथा संयोजन गर्ने र शिवपुरी नागर्जुन रास्ट्रिय निकुञ्ज सङको सहकार्यमा स्वयंसेवक को भुमिका खेल्दै आएको।

घ. एजेन्डा तथा प्रतिवद्दताहरु

१.काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को आर्थिक सामाजिक मानविय र वातावरणिय विकास प्रवर्द्धन, संरक्षण र तमाम समस्याहरु सम्वोधनको लागि। ( जस्तै: खानेपानी, पुर्वाधार, यातायात, कृषि, शिक्षा, स्वास्थ्य, सुचना प्रविधी र सन्चार, पर्यटन, सामुदयिक जङल, धार्मिक सास्कृतिक मठ्मन्दिर, खोलाको कोरिडोर ब्यवस्थापन, लक्षित वर्ग उत्थान, उद्धम्शिल्ता आदि)

२. शिवपुरी नागर्जुन रास्टृय निकुन्जको मध्यवर्ती क्षेत्रको आर्थिक सामजिक र वातावरणिय विकास, प्रवर्द्धन, संरक्षण र समसमायिक लगायत अन्य नितिगत समस्याहरु सम्बोधनको लागि।
(जस्तै सामुदायिक जङ्गल विकास, निकुञ्ज भुभाग को राजमार्गको रुख कटान र ब्यवस्थापन, वाँदर तथा वनजन्तु न्युनिकरण र वालिनाली क्षतिको राहत वितरणमा तिव्रता, मुलको खानेपानीमा मध्यवर्तिका जनताको प्रथमाधिकार हक स्थापित, पर्यापर्यटन विकास र सामुदायिक जङ्गल ब्यवस्थापन, अनियन्त्रित जग्गा प्लानिङ र भुसंरक्षण, जैविक विविधता संरक्षण र वातावरण प्रदूषण न्युनिकरण, सुशान कायम र अन्य नितिगत समस्याहरु इत्यादि )

३.Gen Z आन्दोलनको मर्मलाई सिरोपर गरि जन सापेछिक र युवासापेछिक ढङ्गले संविधानका केही ब्यवस्थाहरु पुनरावलोकन वा संसोधन गर्ने लगायत सहिद घरपरिवार र घाइते युवाहरुको माग सम्बोधन र न्यायको लागि भुमिका निर्वाह गर्ने।

४. युवा पलायन रोक्न पूँजि निर्माणको वातावरण सृजना गरि युवा उद्दमशिलता विकास र रोजगारि सृजना गर्ने, शिक्षा निति प्रणालीमा अनिवार्य काम सङै पढाई अवधारणा सार्ने र युवा शक्तिलाई सीपमा योग्य बनाइ आयमुलकमा वृद्धि गर्ने।

५. लोक मौलिक संस्कृतीको जगेर्ना गर्दै घरेलु उद्धमशिलता विकास गर्ने र पर्यटन विकास गर्ने।

६. जलवायु परिवर्तनको जोखिम न्युनिकरण र दिगो वातावरण विकासको लागि।

७. समाजमा व्याप्त जातीय, वर्गिय र लिङ विभेद, कुरिति, वेथिती, भ्रष्टाचार, अत्याचार र भुराजनितिक सकंटको अन्त्यको लागि।

८. लक्षित वर्ग महिला, वालवालिका, ज्येस्ठ नागरिक, तेस्रो लिङ्ग , दलित, आदिवासी, जनजाती, सुकुम्वासी, साना लगानीकर्ता वा फुट्पाथे ब्यापारी, वाढिपिढित, अन्य वर्गको हक अधिकार सुनिश्चितता र समस्या सम्बोधनको लागि।

९. भुराजनितिबाट प्रभावित बहुदलिय राजनिती पार्टी र विभिन्न आयतित विचार र जात धर्म वर्गले मतभेद भएका विभाजित नेपालिको मन, शरीर र आत्मालाई एक्यवद्धता गर्न हरदम प्रयास
गर्ने।

१०. अर्कामा भाइचारा सदाचार र सद्भावको वातावरण सृजना गरि एक जिम्मेवार नैतिकवान रुपान्तरित सभ्य गतिशील र उर्जशिल समाज निर्माण गर्ने टेवा पुराउने।

११. नेपाली जनताको हित कल्याण र आर्थिक समाजिक मानवीय विकासको लागि सदैव अग्रसर हुने।

१२. रास्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डतामा खलल हुन नदिन घातक नेपाल प्रथम पक्ष भएका अन्तररास्टृय सन्धी सम्झौता पुनरावलोकन र सुधार गरि भुराजनिती संकटको जोखिमबाट नेपालाई विमुक्त गर्न अहम भुमिका खेल्ने।

१३. रास्ट्रप्रतिको अथाह प्रेम, स्थिरता, शान्ती, सुरक्षा, सद्भाव र समुन्नतिको लागी।

नोट:

वृस्तृत रूपमा मैले मेरो अफिसियल page account र मिति २०८२/११/०६ गते सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरेको चुनावी घोषणापत्रमा उल्लेख गरिएको छ मेरा एजेन्डा, प्रतिवद्धता र कार्ययोजनाहरु। शिर्षक : शर्मिला फूयाँलको चुनावी घोषणापत्र, प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (पढ्न वा सुन्न नछुटाउनु होला)

मतदाताहरुको सिमा क्षेत्र स्थलहरु:
काठमाडौं जिल्लामा निम्न भागहरू काठमाडौं क्षेत्र नम्बर ७ पर्ने भएकोले :-
का.म. न. पा वडाहरू- १६,१७,१८ र २५
नागार्जुन नगरपालिकाका वडाहरू १, २ र ३
तारकेश्वर नगरपालिकाका वडाहरू ३, ४ र ५
मा- १० वटा वडाहरू पर्छन् ।काठमाडौं क्षेत्र नम्बर -७ मा क्षेत्रपाटी, नरदेबी, ठमेल, सोह्रखुटै, लैनचौर ,असन, इन्द्रचोक, भोटाहिटी, टेकु, कालिमाटी, चौमती फाँट, नयाँ बजार, महेपी, नेपालटार, पुरानो गुहेस्वरी, गोल्ढुङा, मुड्खु, भन्ज्याङ, धितालथोक, चोगाँउ, ठुलागाँउ, आँपचौर, डाडागाँउ, ख्यालबुचा, आठमाइल, नयागाउँ, देविस्थान, कोइरालागाउँ, तीनपिप्ले, पाँचमाने, किसन्डोल, लामिछाने गाउँ, जितपुर, घिमिरेगाउँ, बालाजु चोक, माछापोखरी, रानीबन, इचङु नारायण, वनस्थली, स्वयम्भू, डल्लु, ढल्कु, कालधारा , बाङ्गेमुडा, मखन लगायत भागहरू पर्छ।

सबैलाई सूचना दिनुस तपाईंको सम्पर्कमा भएको महानुभाव वा मतदाताहरूलाई समग्र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ को आर्थिक सामाजिक, मानव र वातावरण विकासको लागि सवल, सक्षम, सशक्त, शिक्षित र योग्य वैकल्पिक नेतृत्वको रूपमा प्रतिनिधि सभा सदस्य स्वतन्त्र उम्मेदवार (प्रत्यक्ष ) तथा सामाजिक अभियान्ता श्री शर्मिला फूयाँललाई "त्रिभुज" चिन्हमा मतदान गरि अत्याधिक मतले विजयी गराउन हुन हार्दिक अनुरोध गरिन्छ।
धेरै धेरै धन्यवाद छ।

02/03/2026

सोच वदलौँ, स्वदेशलाई माया गरौँ!
संस्कृति वचाउँ! सुशासन कायम गरौँ।
शान्ती, सुरक्षा,सदभाव, स्थिरता,
समुन्नतिको लागि एक जुट होउँ।
त्रिभुज चिन्हमा मतदान गरौँ!
त्रिभुज चिन्हमा मतदान गरौँ!

02/03/2026

त्रिभुज चिन्हमा मतदान गरौँ!
त्रिभुज चिन्हमा मतदान गरौँ!
सबल, सक्षम, योग्य, शिक्षित र स्वतन्त्र
उम्मेदवार शर्मिला फूयाँललाई
आगामी फाल्गुन २१ गतेको
प्रतिनिधि सभा सदस्यमा जिताऔँ।
त्रिभुज चिन्हमा मतदान गरौँ!
त्रिभुज चिन्हमा मतदान गरौँ!

02/03/2026

अब म त अघि सर्छु देश विकास गर्छु। भ्रष्टाचार, विसङती, विभेद र कुरिती! सभ्य, शान्त, सुन्दर देश मेरो Formula! त्रिभुज चिन्न लिएकी म हुँ स्वतन्त्र उम्मेदवार शर्मिला........ हुँ शर्मिला। ।

Want your public figure to be the top-listed Public Figure in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Thulagau-Aapchour Madhyabarti(SNNP), Tarkeshwor Municipality Ward No. 3
Kathmandu
00977