Cool Channel
02/07/2026
एउटि महिलामाथी भएको अत्याचारमा रमाईरहेको नेपाली समाज 😥 साइबर हिसांको विरुद्धमा आवाज उठाउदा उल्टै बन्नु पर्यो ट्रोलको सिकार
नेपाली अभिनेत्री उषा रजकले सामाजिक सञ्जाल मेसेन्जरमार्फत एक अज्ञात व्यक्तिबाट लगातार तीन पटक फोन आएको र त्यसले आफूलाई मानसिक रूपमा असहज बनाएको बताएकी छन्। घटनापछि उनी न्यायको अपेक्षासहित साइबर ब्युरो पुगेकी थिइन्।
तर, उषाका अनुसार त्यहाँबाट उनलाई "ब्लक गरिदिनुहोस्" भन्ने सुझाव मात्र दिइएको थियो। उनले यस्ता घटनामा केवल ब्लक गर्नु समाधान नभएको बताउँदै दोषीलाई पहिचान गरी कानुनी कारबाही हुनुपर्ने माग गरेकी छन्।
सामाजिक सञ्जालमा महिलामाथि हुने अनावश्यक सम्पर्क, दुर्व्यवहार र उत्पीडनका घटनालाई सामान्य रूपमा लिन नहुने भन्दै उषाले पीडितको आवाज सुनिनुपर्ने र उनीहरूले न्याय पाउनुपर्नेमा जोड दिएकी छन्।
उनको घटनाले फेरि एकपटक प्रश्न उठाएको छ– साइबर उत्पीडनको सामना गरिरहेका पीडितले केवल 'ब्लक' गर्ने सुझाव मात्र पाउने कि दोषीलाई जवाफदेही बनाउने प्रभावकारी संयन्त्र पनि निर्माण हुनेछ?
02/07/2026
जब मनिषा कोइरालाको मुखको गन्धले बबि देओललाई रोमान्टिक सिन गर्न कठिनाई भयो 😬 ‘आप की अदालत’ कार्यक्रममा गरे यस्तो खुलासा:
बलिउड अभिनेता बबी देओलले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘आप की अदालत’मा अभिनेत्री मनिषा कोइरालासँगको एक रोचक घटना सुनाएका छन्। उनले सन् १९९७ मा रिलिज भएको फिल्म ‘गुप्त’को छायांकनका क्रममा रोमान्टिक दृश्य गर्न निकै गाह्रो भएको बताएका हुन्।
बबीका अनुसार गीत ‘बेचैनियाँ’को एउटा दृश्यमा मनिषाले उनको चिउँडो टोक्नुपर्ने थियो। तर त्यसअघि मनिषाले काँचो प्याज मिसिएको ‘चना जोर गरम’ खाएकी थिइन्। जब उनी दृश्यका लागि नजिक आइन्, उनको मुखबाट आएको प्याजको गन्धका कारण आफूले रोमान्टिक भाव नै दिन नसकेको बबीले हाँस्दै बताए।
“उहाँले मेरो चिउँडो टोक्नुपर्ने दृश्य थियो। तर उहाँको मुखबाट प्याजको गन्ध आइरहेको थियो। त्यतिबेला रोमान्स मेरो दिमागमै थिएन,” बबीले कार्यक्रममा भने।
बबीले त्यसपछि मजाकमै मनिषासँग बदला लिन खोजेको किस्सा पनि सुनाए। उनले फिल्मका एक नयाँ कलाकारलाई अभिनय राम्रो गर्न प्याज खानुपर्छ भन्दै धेरै प्याज खुवाएका थिए, ताकि मनिषाले पनि त्यही अनुभव गरून्। तर उनको योजना सफल भएन, किनकि मनिषाले कुनै प्रतिक्रिया नै दिइनन्।
कतिपयले भने हिरोइनहरुले रोमान्टिक सिन गर्दा हिरोहरु आफ्नो धेरै नजिक नआउन् भनेर जानी जानी यो रणनीति अपनाउने गरेको पनि बताउछन्। यसबारे मनिषा कोइरालाले भने केही प्रतिक्रिया दिएकी छैनन्।
बबीको यो रमाइलो खुलासापछि सामाजिक सञ्जालमा पुरानो घटना फेरि चर्चामा आएको छ र दर्शकहरूले यसलाई मनोरञ्जनपूर्ण ‘बिहाइन्ड द सिन’ क्षणका रूपमा लिइरहेका छन्।
02/07/2026
ट्रोल गर्ने मिडियाहरुलाई कान काट्ने दिदिको कडा प्रहार, मजाक बनाएर पोस्ट हालेमा एमालेको कार्यक्रममा प्रवेश निषेध गरिदिने चेतावनी! 😱
सामाजिक सञ्जालमा 'कान काट्ने दिदी'का रूपमा चर्चित रेनुका बरालले आफूलाई ट्रोल र मजाक बनाउने मिडियाप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्।
उनले आफ्नो भिडियो, तस्बिर वा अभिव्यक्तिलाई व्यंग्यात्मक ढंगले पोस्ट गर्ने मिडियालाई चेतावनी दिँदै आगामी दिनमा यस्ता गतिविधि नगर्न आग्रह गरेकी छन्। साथै, आफूलाई लक्षित गरेर मजाक बनाउने सामग्री प्रकाशित गरिएमा सम्बन्धित मिडियाकर्मीलाई एमालेको कार्यक्रममा प्रवेश गर्न नदिने समेत बताएकी छन्।
'कान काट्ने दिदी'को यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनको अभिव्यक्तिप्रति कतिपयले समर्थन जनाएका छन् भने केहीले आलोचना पनि गरेका छन्।
01/07/2026
साइबर अप"राधको सिकार बनेकी नायिका उषा रजकले ब्लक गरे भैहाल्छ नि भन्नेहरुलाई कडा जवाफ फर्काएकी छन्! एक लामो फेसबुक स्टाटस मार्फत उनले फेसबुकबाट ब्लक गरेर स्थाई सामाधान नहुने बताएकी छन्। उनी लेख्छिन्-
“ब्लक गरिदेऊ।
अनलाइनमा महिलामाथि हुने दुर्व्यवहारको कुरा उठ्दा बारम्बार सुनिने यही सल्लाह हो। तर ब्लक गर्नु समाधान होइन, यो केवल अस्थायी सुरक्षा उपाय मात्र हो।
ब्लक गर्दा दुर्व्यवहार गर्ने व्यक्ति जवाफदेही हुँदैन। उसले फेरि नयाँ अकाउन्ट बनाएर फर्किन सक्छ। उसले अर्को व्यक्तिलाई पनि निशाना बनाउन सक्छ। यसले पीडित महिलामाथि नै आफूलाई बारम्बार जोगाइरहनुपर्ने बोझ थपिदिन्छ।
धेरै महिलाले मेरो पोस्टमा लेख्नुभएको छ—उनीहरूले दुर्व्यवहार गर्ने व्यक्तिलाई ब्लक गरे पनि ती व्यक्ति नयाँ प्रोफाइल बनाएर फेरि फर्किए। यदि वास्तविकता यही हो भने, स्पष्ट छ कि ब्लक गर्नु मात्र पर्याप्त छैन।
कानुनले पीडितलाई “ब्लक गर” भनेर मात्र भन्नु हुँदैन। यसले अनलाइन दुर्व्यवहार रोक्न, पटक–पटक यस्ता काम गर्ने व्यक्तिलाई कारबाही गर्न र डिजिटल संसारलाई सबैका लागि सुरक्षित बनाउनुपर्छ।
ब्लक गर्नु भनेको मेरो घरको ढोकामा लगाइएको डिजिटल तालाजस्तै हो। यसले एकपटक प्रवेश रोक्न सक्छ, तर बारम्बार ढोका फोड्ने प्रयास गर्ने व्यक्तिको समस्या समाधान गर्दैन।
हामीलाई अर्को ‘ब्लक’ बटन होइन, जवाफदेहिता चाहिएको छ। Sanjok Karki ले नैतिकताको केही पाठ सिक्न आवश्यक छ। केही शक्तिशाली साथीहरूको साथ छ भन्दैमा आफूलाई अजेय ठान्नु हुँदैन।
01/07/2026
पाकिस्तानको लाहोरमा दर्दनाक दुर्घटना: ट्युसन सेन्टरको छत भत्किँदा छतमुनी पढिरहेका १४ बालबालिकाको मृत्यु 😥
पाकिस्तानको पूर्वी सहर लाहोरको काहना क्षेत्रमा रहेको एक ट्युसन सेन्टरको छत भत्किँदा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको ज्यान गएको छ। दुर्घटनामा एक शिक्षकसहित अन्य नौ जना घाइते भएका छन् र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुने बालबालिकाको उमेर ४ देखि १२ वर्षबीच रहेको जनाइएको छ। घटनापछि उद्धार टोलीले भग्नावशेष हटाएर थप बालबालिका फसेको हुन सक्ने आशंकामा खोज तथा उद्धार कार्य जारी राखेको छ।
प्रहरीका अनुसार ट्युसन सेन्टर पुरानो भवनमा सञ्चालन भइरहेको थियो। निर्माणाधीन दोस्रो तलाको कमजोर संरचना र गुणस्तरहीन निर्माण सामग्रीका कारण छत अचानक भत्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनाका क्रममा भवनमा टायल मर्मतको काम भइरहेको बताइएको छ।
घटनापछि ट्युसन सेन्टरका सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न निर्देशन दिएका छन्।
पाकिस्तानमा कमजोर सुरक्षा मापदण्ड, गुणस्तरहीन निर्माण सामग्री र लापरबाहीका कारण यस्ता भवन दुर्घटनाहरू पटक–पटक हुने गरेका छन्।
01/07/2026
कठै! कोमल हिर्दय भएका हर्क साम्पाङ, दार्चुलाको झोलुंगे पुल उद्घाटन समारोहमा भक्कानिदै धरधरी रोए 😥 कतिले उनको आँसु राष्ट्रभावले गर्दा आएको भनेका छन् भने कतिले नाटक गरिरहेको भन्दै ट्रोल गरेका छन्। तपाईंलाई के लाग्छ?
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
400001