BICTE-2021th batch
04/10/2022
Thanks Kamal Tamrakar
Learn Web3 with Codecademy Learn blockchain and crypto, how they work, and explore the tools needed to start building your own projects in our free course.
14/09/2022
Updated syllabus of Bicte(bachelor in information communication technology education) From TU
,
07/09/2022
कक्षा -१२ जुनसुकै संकायबाट(Faculty) पास गरिसकेपछि प्रविधिको क्षेत्रमा रुचि भएका विद्यार्थीहरुको एकमात्र रोजाई बन्न सफल BICTE(Bachelor of Education in Information Communication Technology) संकायमा भर्ना खुल्यो।
BICTE लाई BSC. CSIT/BIM/BCA/ BCIS सरह समान मान्यता प्रदान गरिएको पनि जानकारी गराइन्छ।
BICTE कम्प्युटरको सफ्टवेयर र हार्डवेयरबारे अध्ययन तथा अनुसन्धान गर्ने शिक्षा हो । नयाँ कम्प्युटर कस्तो बनाउने ? त्यो कम्प्युटरका लागि कस्तो सफ्टवेयर आवश्यक छ ? आईटी क्षेत्रमा विश्वमा के हुँदै छ ? नयाँ नयाँ प्रविधिको खोज तथा अनुसन्धान गर्ने र मानिसले गर्ने कामलाई प्रविधिबाट सहज बनाउन सिकाउने शिक्षा BICTE हो । सैद्धान्तिक कुरालाई प्रयोगात्मक रूपमा उतारेर जे समस्या छ, त्यसको समाधान प्रविधिबाट गर्न सिकाउने शिक्षा हो यो ।
सिभिल, आर्किटेक र मेकानिकल इन्जिनियरिङ अध्ययन गरे पनि त्यो क्षेत्रको काम पनि कम्प्युटरको माध्यमबाट हुन्छ । ती कामका लागि सहज बनाउने भनेको कम्प्युटर नै हो । सिभिल इन्जिनियरले पुल बनाउँछन् । तर त्यो पुल ठीक छ कि छैन भनेर कम्प्युटरको सफ्टवेयरबाट पहिले परीक्षण गरिन्छ । यसबाट फिजिबल भएपछि मात्र पुल बनाउने हो । त्यो सफ्टवेयर BICTE पढेका मानिसहरुले बनाउँछन् ।
प्राक्टिकल र प्रोजेक्ट वर्क :-
आईटीसँग सम्बन्धित कोर्स भएकाले प्राक्टिकल र प्रोजेक्ट वर्कलाई विशेष प्राथमिकता दिइन्छ । विद्यार्थीले BICTE उत्तीर्ण गरेपछि कार्यक्षेत्रमा गएर सहजै काम गर्न सक्ने गरी प्राक्टिकल र प्रोजेक्ट वर्क गराइन्छ ।
पढ्नुपर्ने मुख्य विषयहरू :-
• कम्प्युटर प्रोग्रामिङ
• सफ्टवेयर इन्जिनियरिङ
• माइक्रोप्रोसेसर
• डाटाबेस म्यानेजमेन्ट सिस्टम
• कम्प्युटर ग्राफिक्स
• अपरेटिङ सिस्टम
• कम्प्युटर नेटवर्क
• म्याथम्याटिक्स
कुन क्षेत्रमा काम गर्ने ?
अहिले जुनसुकै क्षेत्रमा कम्प्युटरको माध्यमबाट काम हुन थालेको छ त्यसैले जुनसुकै क्षेत्रमा काम गर्न सकिन्छ ।
• सरकारी कार्यालय
• दूरसञ्चार प्राधिकरण
• विद्युत् प्राधिकरण
• आईटी कम्पनी
• हार्डवेयर/सफ्टवेयर डेभलप
• वेब एप
• नेटवर्किङ
• बैंक/फाइनान्स
• कम्प्युटर शिक्षक
कस्तो रुचि भएकाले पढ्ने ?
नयाँ नयाँ आइडिया र क्रिएटिभ दिमाग भएका र आईटीसँग नजिक हुन चाहनेका लागि उपयुक्त हुन्छ । सैद्धान्तिकभन्दा प्रक्टिकल गर्न रुचि भएका विद्यार्थीका लागि BICTE फलदायी हुन्छ ।
BICTE को महत्त्व :
नेपालमा विकासका काम धेरै बाँकी छन् । आईटीबिना ती सम्पन्न गर्न असम्भव छ । आईटीलाई प्राथमिकता नदिने हो भने हामी अझै धेरै पछि पर्छौं । देशलाई समृद्ध बनाउने क्षेत्र पनि आईटी हो । नयाँ नयाँ प्रविधिको खोज, अनुसन्धान र निर्माण गर्नुपर्छ । अवसरका क्षेत्र पनि धेरै छन् । जुनसुकै कम्पनीदेखि कार्यालय सबै आईटीमा निर्भर छन् ।
06/09/2022
Letest Syllabus Of BICTE
Hello World 🌍
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the organization
Website
Address
Kathmandu