Professional Engineering Network Nepal - PENN
31/03/2017
कुनै पनि नगरपालिकमा प्रक्रियापुर्वक पेश गरी दर्ता भएका डिजाईन-नक्सा हरु निर्वाध रुपमा सरल ढंगले अगाडी बढी एउटा निश्चित अवधि भित्र पास हुनुपर्दछ I यस सम्पूर्ण प्रक्रियामा घर-धनी र डिजाइन कन्सल्टेन्ट बाहेक अरु थर्ड पार्टीको संलग्नता आवश्यक नहुने बातावरण तैयार पार्नु स्वयंम नगरपालिका समेतको जिम्मेवारी हो I नक्सा पास गराइदिने थर्ड पार्टीको संलग्नताले बिभिन्न खालको बिकृति निम्तिनुका साथै आर्थिक चलखेलको समेत गुन्जायस रहने हुन्छ I नक्सा पासमा बिध्यमान यस्तो दलाली प्रथा (थर्ड पार्टी वारेस) लाई रोक्न पास-प्रक्रिया लाई सरल बनाउन सबै नगरपालिकाहरुलाई यस नेटवर्क बिशेष अनुरोध गर्दछ I यसर्थ का.म.न.पा ले लागु गर्न खोजेको यो व्यवस्था एकदमै सह्रानीय देखिन्छ I
17/03/2017
ल बर्बाद ! होटलको बेसमेन्ट खन्दा सड़क मजबुत नभएर पो बाटो भत्किएको भन्छन त हाम्रा सांसद्ज्यु हरु ! होटलको बेसमेंट खन्दा बाटो कसरी भत्कियो भन्ने जस्तो विशुद्ध प्राविधिक बिषयमा सम्बंधित बिशेषज्ञ इन्जीनियरबाट प्राविधिक अध्ययन गराई रिपोर्ट अनुसार बोल्ने की आफै प्राविधिक बनी भाषण गर्ने ?
हिल्टन होटल निर्माणका लागि सांसदहरु जगदम्बाको पक्षमा नक्सालमा जगदम्बा हस्पिटालिटीले बनाउँदै गरेको होटल ट्रि हिल्टनको निमार्णका विषयमा सांसदहरुले एकाएक बोली फेरेका छन्। शुक्रबार व्यवस्थापिका
05/03/2017
नियम के पहुँच नभएका सर्वसाधारणको लागि मात्र हो ?
हचुवामा नक्सापास : हिल्टन होटेलको बदमासी - Ratopati काठमाडौ – जगदम्बा हस्पिटालिटीको नक्सालमा निर्माणाधीन डबल ट्री हिल्टन होटेलको नक्सापास काठमाडौं महानगरपालिकाले हचुवाको भरमा गरेको खुलेको छ । नक्सापासअघि फिल्डमा गई स्थानीयको रोहवरमा स्वीकृति र होटेल स्थापना गर्दा हुन सक्ने क्षतिको आँकलनसमेत नगरी महानगरपालिकाले १७ जेठमै नक्सापास गरेको पाइएको खबर आजको…
03/05/2016
नक्कली इन्जिनियर प्रकरण
-------------------------------
"११ लाख खर्च गरेर पास नभएपछि २ लाख खर्च गरेर नक्कली प्रमाणपत्र बनाएको हुँ,’ उनले भने, ‘ मैले जसरी प्रमाणपत्र बनाउने नेपालका ६० प्रतिशत इन्जिनियर छन्।’ सप्तरीका पुष्करराज शर्मा र धनुषाका शेखर पन्जियारले पनि नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने प्रहरीले सोचेभन्दा बढी रहेको बताए"
-------------------------------
प्रोफेशनल इन्जिनियर्स नेटवर्क - नेपाल (पेन) को धारणा:
व्यापारिक प्रयोजनका लागि खोलिएका कालेज अनि बिश्वबिद्यालयहरुमा +२ लेभलमा जतिनै कमजोर बिद्यार्थीहरुले पनि सजिलै भर्ना हुन पाउने अवश्था छ I नाम मात्रको इन्ट्रान्स एक्जाम लिइन्छ I
समाजम प्रतिष्ठित "इन्जिनियर" टाइटल बेच्ने अनि किन्ने होड चलेको छ यतिबेला I यति धेरै संख्यामा इन्जिनियरिंग कालेजहरू खुलेको देख्दा लाग्छ मानौं +२ मा साइन्स लिएर पढेका सबैलाई इन्जिनियर बनाउने ठेक्का लिएका छन् यी पाइलैपिच्छे रहेका नाम मात्रका इन्जिनियरिंग कालेजहरुले I न उचित भौतिक पूर्वाधार, न त राम्रा पढाउने टिचरहरुनै ! भर्खर ब्याचलर पास गरेकाहरुले पास भएको भोलिपल्टै त्यहि लेभलकालाई पढाउने गर्छन् I अनुभवी अनि माथील्लो डिग्री भएका एक्स्पर्ट हरुलाई टाढै राख्छन् कालेज् हरु I
साथै जसले पनि सजिलै एड्मिशन पाउन सक्छ यस्ता कालेजमा, मात्र +२ मा बिज्ञान बिषय लिएर पढेको हुनुपर्यो बस् ! बिकृति यहीं बाट सुरु हुन्छ - न बिद्यार्थी अब बिद्यार्थी जस्ता रहे, न त कालेज कालेज जस्तो !
त्यसमाथि इन्जिनियरिंग क्षेत्रको एकमात्र शक्तिसम्पन्न नियामक निकाय नेपाल इन्जिनियरिंग काउन्सिल को सक्रियता शुन्य प्राय छ I नक्कली मात्र होइन, कतिपय सक्कली भनाउँदा इन्जिनियरहरु पनि नक्कली जस्तै देखिन्छ - बिना क्षमताका सर्टिफिकेटधारी !
Samaj - Setopati | Setopati - Nepal's Digital Newspaper Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports.
Click here to claim your Sponsored Listing.
Website
Address
Kathmandu