GST Center

GST Center

Share

17/09/2022

गुड स्किल ट्रेनिङ्ग सेन्टर स्थापनाको ४ बर्ष पुरा भई पाँचाै बर्षमा प्रवेश गरेकाे छ, यस पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण शुभचिन्तकहरुलाई हार्दिक बधाई, शुभकामना तथा धन्यवाद व्यक्त गर्न चाहन्छौ।

प्रविधिको बढ्दो प्रयोग भइरहेको विश्वपरिवेश मा हामिले सिक्दै सिकाउदै जाे अनुभव हाँसिल गरेउ त्यसले एउटा आत्मविश्वास बढ्याे र आफुले जानेकाे थाेरै भएपनि कुनै माध्यमद्वारा आम विद्यार्थीहरु माझ र कम्प्युटर सिक्ने चाहाना भएका व्यक्तिहरू माझ पुग्नुपर्ने आवश्यकता देखियाे। फलस्वरूप मिति २०७५/०५/३० गते कैलालीकाे अत्तरियाबाट हामिले सेवा प्रारम्भ गरेका थियौ । निरन्तर ३ बर्ष हामिले अत्तरियामा रहेर कम्प्युटरका विभिन्न काेर्ष प्रशिक्षण गरायौ । यस अवधिमा हामिलाई विश्वास गरेर आफ्नाे भविष्य बनाउने यात्रा काे एउटा माध्यमकाे रुपमा हामिलाई चुन्नुहुने आत्मिय सबै अभिभावक, विद्यार्थी,शुभचिन्तकहरु तथा यस कार्यलाई सफल बनाउन सहयाेग गर्नुहुने प्रशिक्षकहरुलाई धेरै धेरै धन्यवाद।

तत्पश्चात हामिलाई लाग्याे प्राविधिक क्षेत्रमा शहर भन्दा गाँउ बस्तिका विद्यार्थीहरु प्रविधिको पहुँच भन्दा बाहिर छन् तिनिहरुले पनि प्राविधिक शिक्षा हासिल गर्न पाउनुपर्छ भन्ने मनसायले मिति २०७८/०६/०१ गते देखि कृष्णपुर नगरपालिका वडा नं ७ कलुवापुरमा सेवा विस्तार गरेका थियाै र सेवा विस्तारको आज १ पुरा भएकाे छ । व्यावसायिक मात्र नभइ व्यावसायिक+ सेवा मुखि भएर जाने हाम्राे प्रयास निरन्तर जारि रहने छ। शहर भन्दा गाउ प्राविधिक क्षेत्रमा पछाडी पर्नु हुदैन भनेर हामिले हाम्रो तर्फबाट गर्नसकिने प्रयास गरेका हाै । याे एक वर्षकाे अवधिमा हामिलाई धेरै अभिभावकहरुले विश्वास गरेर आफ्ना नानि बाबु हरुलाई कम्प्युटर सिकाउन पठाउनु भएकाे छ यसका लागि धेरै धेरै धन्यवाद।

22/01/2022

जन्मदिनको अवसरमा सु-स्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना लक्ष्मण सर।

Want your business to be the top-listed Computer & Electronics Service in Kailali?
Click here to claim your Sponsored Listing.

Website

Address


Sudurpashchim
Kailali
10401

Opening Hours

Monday 00:00 - 23:59
Tuesday 00:00 - 23:59
Wednesday 00:00 - 23:59
Thursday 00:00 - 23:59
Friday 00:00 - 23:59
Saturday 00:00 - 23:59
Sunday 00:00 - 23:59