SHARE YOUR SMILE
भाईटिका ❤️❤️❤️
Siblings love ❤️❤️
Video Credit : tiktok/
His talent 😀😀😀😀
Video Credit: tiktok/
देश ?? सरकार ??
जहिले भ्रष्टाचार
25/07/2024
सन्दर्भ सौर्य एअरलाइन्स दुर्घटना । सम्बन्धित क्षेत्रमा भएकाले सबैले थाहा पाईराख्नु पर्ने यथार्थ ।
सर्वप्रथम त प्लेन बिग्रेर मर्मत गर्न जान लागेको भन्दा पनि यो नियमित परिक्षणका लागि जान लागेको थियो भन्ने कुरा प्रष्ट हुनुपर्छ। हरेक १ देखि १.५ वर्ष वा ५००० घण्टा उडान गरिसकेपछि गर्नुपर्ने सि-चेक(C-check) गर्नुपर्ने हुन्छ र सोहीको लागि यो प्लेन पनि पोखरा जान लागेको थियो र यसको ५००० घण्टा उडान पुग्न ५०/६० घण्टा बाँकी नै थियो। काठमाडौँमा चाप हुने र आकस्मिक मर्मत गर्नुपर्ने अन्य जहाजहरुको काम प्रभावित हुने हुनाले यो जहाज पोखरा जान लागेको थियो। त्यस्तो परिक्षणमा लगिने जहाजलाई परिक्षण गर्ने ठाउँसम्म उडाएर लैजानुलाई ‘फेरी फ्लाईट’ (Ferry flight) भनिन्छ। यस्तो जहाजमा क्याप्टेन, कोपाइलट र तिन देखि चार जना प्राविधिक कर्मचारी बाहेक एअरहोस्टेस वा स्टेवार्ड पनि जाने नियम हुँदैन। यस्तो उद्देश्यले लगिएको जहाजमा त्यति धेरै मान्छे लैजानु लापरवाही भएको बुझिन्छ।
विमान कति वर्ष पुरानो हो वा कति वर्ष देखि प्रयोगमा छ भन्दा पनि जहाजको आवधिक रुपमा गरिने परिक्षण र मर्मतसम्भारको काम महत्त्वपूर्ण हुन्छ। नयाँ जहाज दुर्घटना भएका उदारहण पनि छन्। हामीले पुराना जाहाज किनेर, चलाईसकेर बेचेका जाहाज पनि विदेशमा अहिले पनि उडिरहेकै छन्। कुनै पनि विमानको दैनिक तथा निश्चित घण्टा उडान गरिसकेपछि परिक्षण गरिन्छ र त्यसको विवरण दुरुस्त राखी नियमित फलोअप समेत गर्नुपर्ने हुन्छ। त्यसको लागि अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) ले हरेक नियामक निकायलाई सचेत गराईराखेको हुन्छ। तपाईँ हामिले चढ्ने सवारी साधनको कामचलाऊ मर्मत गरेजस्तो गरेर प्लेन उड्न पाउदैन। त्यसकारण, जहाजले उडान योग्यता कन्डिसन पुरा गर्दछ भने त्यसलाई विमान पुरानो भएकाले दुर्घटना भएको भन्न सकिदैन।
हिजो भएको दुर्घटनामा रेस्क्यु र फायरफाईटरको टोली ढिलो पुगेको भन्ने पनि गुनासो आयो । रेस्क्यु र फायरफाईटर बिभागको उद्देश्य ने यस्तै प्रकारको आकस्मिक घट्ने दुर्घटनाको क्षति न्युनिकरण गर्नु हो। त्यसका लागि सो बिभागले बिभिन्न समयमा आकस्मिक अभ्यास (Emergency exercise) गर्ने गरेका हुन्छन् तर साँच्चैको घट्ने दुर्घटना र गरिने अभ्यास अवस्य नै फरक किसिमका हुन्छन्। त्यसमाथि दुर्घटनास्थलको भौगोलिक स्थितीले पनि दुर्घटनास्थल पुग्न कठिनाई हुने गर्दछ र त्यहिमाथि हामीहरु फोटो/भिडियो खिच्ने र रमिता हेर्नेले पनि एम्बुलेन्स तथा रेस्क्यु गाडीहरू विना रोकावट गुड्नमा अवरोध सिर्जना गर्दछौँ।
अर्को कुरा रह्यो प्लेनमा चढ्ने धनी र बाटोमा गुड्ने गरिब । हो, यो कुरामा केहि सत्यता होला र अवश्य नै प्लेनमा यात्रा गर्दा धेरै खर्च हुन्छ तर यसको मतलब यो होइन कि धनी मान्छे मात्र प्लेन चढ्छन र गरिब सबै बसमा । तपाई हामी पनि कतिपय प्लेनमा चड्छौँ, के हामी धनी भएरै चढेको हो त? नेपालमा करिब ५०% फ्लाईट दुर्गम भेगमा हुने गर्दछ के त्यहाँ सबै धनीहरू नै चढ्छन् त? धनीहरू चढ्ने भएर नै सरकारको ध्यान बढी केन्द्रित भएको पक्कै होईन। उड्डयन क्षेत्रको नियम अन्तराष्ट्रियस्तरको हुन्छ र यसलाई संयुक्त राष्ट्र संघको बिशिष्टिकृत संस्था ICAO ले नियमन गरेको हुन्छ र यसमा केहि कमीकमजोरी हुने वित्तिकै विश्वको ध्यानाकर्षित हुने गर्दछ। यसले देशको पर्यटन क्षेत्र देखि लिएर सम्पूर्ण अर्थतन्त्रमै बिशेष प्रभाव पारेको हुन्छ। त्यसैले यसलाई सरकारले गम्भिर रुपमा हेर्छ र हेरिनु पर्दछ। अनि प्लेन दुर्घटना हुँदा तपाई हामिले पनि त बढि हाईप दिन्छौ नि होइन र? अस्ति बस् दुर्घटना हुँदा कतीले पोस्ट गर्नु भो र हिजो प्लेन दुर्घटना हुँदा कतिले पोस्ट गर्नुभो यसो आँकलन लगाउन सकिन्छ।
पछिल्लो पाँच वर्षयता बर्सेनि झन्डै २ वटाको दरमा भएका विमान दुर्घटनाहरुलाई फर्केर हेर्दा नेपालमा हवाईयात्रा साँच्चिकै जोखिमयुक्त रहेकै हो कि भन्ने जनमानसमा व्याप्त रहेको छ । यसरी बारम्बार घटिरहेको दुर्घटना हेर्दा पक्कै पनि यहाँ व्यवस्थापन र नियामक निकायको कमजोरी छैन भन्न सकिदैन। दुर्घटना भइसकेपछि घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गर्ने र घटना सेलाउँदै गएपछि समितिले दिएको प्रतिवेदनलाई थन्क्याएर राख्ने कार्यले पनि विमान दुर्घटना बढाएको छ । प्रतिवेदनले औँल्याएका कुरामा सतर्कता अपनाउने र आगामी दिनमा दुर्घटना रोक्न सक्ने रणनीति तय गर्ने हो भने धेरै हदसम्म यस्ता दुर्घटना रोक्न सकिने छ । नत्र राष्ट्रिय झण्डा आधा, पुरा हैन भुँईमै सुताएपनि केहि हुनेवाला छैन।
अन्त्यमा यस्तो संवेदनशिल विषयमा अल्पज्ञानको भरमा पोस्ट गर्ने नगरिदिनुहोला, त्यसले कसैलाई पनि राम्रो गर्दैन ।
धन्यवाद !
#
29/05/2024
https://www.facebook.com/share/p/J6Uf1uFoWjsiHNJV/?mibextid=xfxF2i
गणतन्त्र दिवस धेरै पल्ट आइसक्यो । तर, वास्तविक गणतन्त्र आउन अझै धेरै बाँकी छ । पुराना अमानवीय सोच र कुप्रवृतिविरूद्ध ल्याइएको यो व्यवस्थाले त्यस्ता कुप्रवृति र सोचविरूद्ध काम गर्न सकेको छैन । आमनागरिकसम्म गणतन्त्रको मिठास पुग्न सकेको छैन । नत्र मुठ्ठीभरलाई त यो देश सँधै स्वर्ग नै थियो । अझ सबै भन्दा दुखद त, यहि व्यवस्थाका लागि नीति नियम बनाउने ठाउँमा समेत यो व्यवस्थाको मर्म विपरित काम गर्नेहरू पुगेका छन् ।
हामीले बालुवाटारछेउबाट एक १४ बर्षे बालिकालाई उद्दार गर्यौँ । उनलाई लठ्ठी र पाइपले कुटपिट हुने गरेको भन्ने उजुरी परेको थियो । उनको अवस्था नाजुक थियो । दुखको कुरा, उनी जसको घरमा बालश्रमिक भएर दुर्वव्यवहार भोगिरहेकी थिइन्, त्यो सांसदको थियो ।
त्यस्तै, केहिदिन अगाडि एक होटलबाट बुवाले लिएको ऋणको तिर्न भनि जोखिमपुर्ण श्रममा लगाइएका २ जना १०-१४ उमेर बताउँने बालकहरूको उद्दार गर्यौँ ।
लाग्छ, सामन्ती भनिने कमलरी प्रथा गणतन्त्रमा पनि अझै हटेको छैन । सांसदहरू समेतले त्यहि प्रथा जोगाएर आफु सभ्य भइटोपलिएका छन् ।
बालुवाटार छेउबाट उद्धार भएकी बालिकामाथि लट्ठी र पाइपले कुटपिट हुने गरेको भनी उजुरी परेका आधारमा उद्धार गरेका हौँ । अत्यन्तै नाजुक अवस्थामा सांसद जस्तो गरिमामय पदमा आसीन व्यक्तिको घरबाट समेत हामीले १४ वर्षकी बालिकालाई उद्धार गर्यौँ ।
२०८१ वैशाखदेखि हालसम्म ३१ जना बालबालिकाको उद्दार भएको छ । जसमा काठमाडौँ महानगरपालिकाकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरबाट निकृष्टरूपमा बालश्रम शोषण गराइरहेको अवस्थाबाट बालबालिका उद्धार गरिएको हो ।
भनाइ र गराइको यस्तो असमानता छ । पढाइदिने बहानामा देशका दुर्गमबाट, गरिब परिवारबाट काठमाडौँ ल्याएर बालबालिकामाथि हुने हिंसा र दुर्वव्यहार आततायी छ । त्यो दुख भन्न ठुलो साहस चाहिन्छ । पिडितहरूसँग त्यो हुन सक्ने सम्भावना न्युन हुन्छ । यद्यपि, काठमाडौँ महानगरपालिकाले अहिले १०४ र नेपाल प्रहरीसमेतको समन्वयमा महानगरपालिकाको Child Rescue Team मार्फत शोषण, दुर्व्यवहार र जोखिममा परेका बालबालिकाको उद्दार गरिरहेका छौँ ।
उद्दार गरिएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षणका लागि राखेका छौँ । जहाँ उहाँहरूले भोग्नुपरेको समस्याहरू सुन्ने, उहाँहरूलाई मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता समेत उपलब्ध गराइन्छ । साथै, उहाँहरूको अभिभावक खोजी गर्ने र परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनर्स्थापना गराउन सकिने अवस्था छ कि छैन भन्ने बारेको लेखाजोखा गरिन्छ । यदि परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउदा बालबालिकाको सर्वोत्तमहित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी निज १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था गरेका छौँ ।
महानगरले कार्यक्षेत्रभित्र रहेको जिम्मेवारी पुरा गरेको छ र गर्नेछ । संघीय सरकारले बालश्रममा परेर दुर्व्यवहारमा परेका बालबालिकाहरूको बयानमा आधारित भएर कारबाही प्रक्रिया बढाओस् भन्ने आग्रह गर्दछौँ । बालबालिकाहरूले पिडकमाथि कारबाही अगाडि बढाउन अभिभावकको स्वीकृति लिनै पर्ने हालको कानूनी व्यवस्थाको पनि संशोधन गरोस् । अनि मात्रै समस्यामा परेकाहरूका लागि वास्तवकै अभिभावकीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन सम्भव हुन्छ । अनि मात्रै कुनै दबाब वा प्रलोभनमा परेर पिडकहरूमाथि कारबाही गर्न नचाहने अभिभावकको विकल्प सरकार बन्न सक्छ ।
नागरिककारूपमा तपाईंले पनि हिंसा, जोखिम र शोषणमा परेका त्यस्ता बालबालिका देख्नु भएको छ, जसलाई उद्धार गरी संरक्षण गर्नु पर्ने आवश्यकता छ भने तुरुन्त हाम्रो उद्दार टोली (Rescue Team) लाई सम्पर्क गर्नुहुन समेत हामी अनुरोध गर्दछौँ ।
सायद नागरिक र राज्यका लागि गणतन्त्रको वास्तविक अर्थ, जिम्मेवारी र भुमिका पनि यहि हो ।
सबैलाइ गणतन्त्र दिवसको शुभकामना ।
9849543926 - शान्ता पहाडी
9861484632 - धिरज जोशी
9849036420 - प्रविन सिलवाल
Click here to claim your Sponsored Listing.
Contact the public figure
Address
Itahari
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |