Microsoft Computer Concern

Microsoft Computer Concern

Share

Photos 04/02/2016

New item...

20/04/2013

How to Remove Timeline From Firefox:
यदी तपाईं Firefox बाट Timeline हटाउन चाहनुहुन्छ भने सबैभन्दा पहिला Firefox browser खोल्नुहोस र त्यसपछी यो Firefox को Address bar मा "टाइमलाइनरिमोभ डक कम" type गरेर Enter गर्दा गर्नुहोस
१. र त्यहाँ तल चलिराखेको Firefox को चित्र (Icon) मा Click गर्नुहोस
२. तपाइंले त्यहाँ तल Firefox को Icon मा Click गरिसकेपछी "Firefox prevented this sites" भनेर एउटा Dialog Box मा हजुरलाई message दिनेछ र हजुरले "Allow" मा Click गर्नुहोस

३. जब तपाइंले Allow मा Click गरिसकेपछी अब केहि समय पर्खानुहोला किनकी त्यहाँ Downloading हुँदै छ ।

४. त्यसपछी फेरी अर्को एउटा Dialog box खुल्नेछ र हजुरले त्यहाँ "Install Now" मा Click गर्नुहोस र केहि समय पछी अर्को एउटा नयाँ Windows खुल्नेछ

र हजुरले केहि पनि नगरी अब Firefox बन्द गरेर फेरी खोल्नुहोस "Restart your Firefox" त्यसपछी अब Facebook मा गएर हेर्नुहोस र check गर्नुहोस Timeline हटेको छ की छैन अबश्य पनि हटेको हुनुपर्छ नहट्ने त दुइ मत नै छैन कि कसो ?
कृपया मैले यहाँ माथी Firefox को बारेमा मात्रै चर्चा गरेको छु Opera, Google Chrome र Internet explorer मा भने गरेको छैन । तर तपाइले जुन Browser चलाएपनि Remove गर्ने तरीका एउटै हो । Address Bar मा गएर यो "टाइमलाइनरिमोभ डक कम" टाइप गर्नुहोस र निर्देशनको पालना गर्नुहोस । तपाइ अवश्य सफल हुनु हुनेछ ।
र यसरी timeline हटाइसकेपछि तपाइंले मात्रै देख्नुहुनेछ Timeline हटेको र तपाइंले अरुको Timeline हेर्न खोज्दा पनि त्यस साथीको पुरानै Profile देख्नुहुनेछ मतलब हजुरले यो Idea अपनाएपछी तपाईंले चलाएको Browser बाट कसैको पनि timeline देख्नुहुने छैन
धन्यबाद |

09/07/2012

साबधान...! Password reset disk पहिला नै बनाएर राख्नुहोला....? हो यसरी मैले हजुरलाई सुचना दिंदा सायद अचम्मीत हुनुभयो होला तपाईं केहि बेर त कि होइन तर यसमा अचम्म मान्नु पर्ने कुनै कारण छैन किनकी मैले हजुरकै Computer को सुरक्षा को लागी भनेको हुँ ताकी कुनै बेला यदी हजुरले आफ्नो Computer को Logon Administrator Password बिर्सिनुभयो भने Computer मा भएको कुनै पनि Data Lost नगरी सजिलै संग त्यसलाई खोल्न सकिनेछैन र त्यसको लागी तपाईं आँफै पहिला नै सचेत हुनुपर्छ अन्यथा पछी पछुताउनुभन्दा अरु केहि बिकल्प देखिदैंन तर याद गर्नुहोला यसरी तपाईं पहिला नै Password को लागी सचेत हुनलाई तपाईं संग एक USB (Pen drive) Memory card कुनै पनि एक हुनु जरुरी छ र यसमा तपाईंले एउटा सानो SIze मतलब (1.50 KB) को फाइल सधै राख्नुपर्छ मैले भन्नखोजेको कुनै Third party software download गर्न भन्न खोजेको होइन . तल दिर्इए अनुसार गर्नुहोस ।

१. सबैभन्दा पहिला आफ्नो Computer मा USB (pendrive) or Memory card घुसाउनुस र Drive Computer मा Install भैसकेपछी अब "START" Button मा Click गरेर त्यहाँ Search Box मा "User Accounts" type गर्नुहोस र Highlight भएको Options लाई खोल्नुहोस
२. त्यसपछी अब त्यहाँ Left side मा "Create a password reset disk" मा Click गर्नुहोस याद गर्नुहोला यदी हजुरले Computer मा कुनै पनि Pendrive or Memory card लगाउनुभएको छैन भने "No drive" भनेको हुन्छ

२. यदी यहाँ माथीको जस्तो No Drive भन्यो भने कृपया पुन: Drve लगाउने कोशिस गर्नुहोला र यदी Computer मा pen drive छ भने Create a password reset disk मा CLick गर्दा यहाँ तलको जस्तो "Welcome to the forgotten password wizard" भनेर Pop up windows खुल्नेछ र हजुरले त्यहाँ "Next" मा Click गर्नुहोस

३. हजुरले Next button थिचिसकेपछी त्यहाँ हजुरको Computer मा कती ओटा Pen drive एक अथवा एकभन्दा बढी लगाउनुभएको छ त्यहाँ देखाउनेछ र हजुरले कुन USB मा Password reset disk बनाउने हो त्यसमा Click गर्नुहोस र तल "Next" button मा Click गर्नुहोस

४. त्यसपछी अब त्यहाँ अर्को नयाँ Box मा "Current user account password" मागेको हुन्छ हो त्यहाँ खाली कोठाभित्र हालचालै हजुरले Computerखोल्दा कुन Password type गर्ने गर्नुभएको छ त्यहि Password त्याह Type गर्नुहोस र तल "Next" button थिच्नुहोस

५. त्यसपछी अब केहि समय पर्खनुहोस र त्यहाँ "Process: 100% complete" भानिसकेपछी तल फेरी "Next" button थिच्नुहोस

६. र अब तल "Finish" button मा Click गर्नुहोस
त्यसपछी अब हजुरले Password reset disk बनैसक्नुभेको छ अब तपाईं Computer मा गई USB (Pen drive) खोल्नुहोस र त्यहाँ एउटा "UserKey.PSW" लेखेको File देख्नुहुनेछ याद गर्नुहोला यदी हजुरले त्यो File खोल्न खोज्नुभयो भने खुल्ने छैन त्यसैले बेकारको File कहाँ बाट आएर बसेछ भनेर Delete गर्ने कोशिस नगर्नुहोला किनकी त्यहि File हो कुनै बेला हजुरले आफ्नो Computer को Administrator password बिर्सनुभयो भने Password reset गर्ने File त्यसैले त्यसलाई सधैं आफ्नो Pendrive मा हिफाजतले राख्नुहोला

७. यहाँ माथी मैले Password reset disk बनाउने बारे हजुरलाई चर्चा गरेको हुँ तर अब यदी हजुरले कुनै बेला Password बिर्सिएमा यस Disk को सहाएताले कसरी Password reset गर्ने त केहि सजिलो अनि Short cut मा तल हेर्नुहोस

८. यदी हजुरले Computer खोलेसी त्यहाँ Logon मा Password type गरी Ok गर्नुभयो र त्यहाँ हजुरले Password गलत Type गर्नुभयो भने "The user name or password is incorrect" भनेको हुन्छ र हजुरले Ok गर्नुहोस

९. र Ok गरीसकेपछी त्यहाँ फेरी Password Type गर्ने Account देखिएको हुन्छ र सबैभन्दा पहिला आफुले Password reset गर्ने File लाई कुन USB मा राखेको हो त्यस USB लाई आफ्नो Computer मा लगाउनुहोस र केहि समय पर्खिनुहोला किनकी Computer मा Drive Install हुनलाई समय लाग्नेछ र हजुरले ठिक त्यसको तल हेर्नुहोस "Reset password..." लेखेको देख्नुहुनेछ उदाहरणको लागी तलको Screenshot हेर्नुहोस र त्यसमा Click गर्नुहोस

१०. त्यसपछी त्यहाँ अर्को नयाँ Pop up windows खुल्नेछ र हजुरले "Next" button थिच्नुहोस
र खुलेको अर्को नयाँ Pop up windows मा देखिएको कोठाभित्र New password मा कुनै पनि आफुले चाहेको Password type गर्नुहोस र तल Confirm password मा माथी type गरेको password दोहोर्याउनुहोस र तल Hint password को कोठाभित्र बहने खालि नै छोड्नुहोला र Next गरी Finish button दबाउनुहोस
र त्यहाँ Password type गर्नु पर्ने ठाउँमा भर्खरै बनाएको नयाँ password type गरी Ok or Enter गर्नुहोस खुल्नेछ धन्यबाद

01/07/2012

तपाईं हामीलाई थाहा भएकै कुरा हो की हाम्रो देश जलश्रोत मा धनी अनि Load seading.. मा भने गरीब यो एउटा ब्यक्ती को मात्र मर्म नभएर पुरा नेपाली नागरीकको लागी दुखको कुरो हो तर पनी यी अँध्यारो कुनामा बसेर उज्यालोको ज्योतीलाई पर्खीरहेका छौं थाहा छैन यो कठीन सपना कहिले सफल हुने हो त्यसैले यी सबै चक्रब्युलाई मध्यनजरमा राखेर आज हामीले आफ्नो laptop को Battery लाई सकेसम्म कसरी खपत गर्ने बिध्युत को केही ठेगान छैन कहिले आउँछ अनि कुन बेला जान्छ तर आफ्नो कम्प्युटर भने निरन्तर चलिरहन्छ र त्यसको लागी Energy power चाहीन्छ आउनुस तल केही सामान्य आठ तरीका लिएर आएको छु
१. प्राय: जसो हामीले आफ्नो Laptop को Screen light एकदमै चाकिलो बनाउने गर्छौं यसो गर्नाले तपाइंको आँखालाई असर गर्नु को साथै आफ्नो Laptop को Battery पनी बढ़ी खिचीरहेको हुन्छ त्यसैले यसलाई कसरी कम्ती गर्ने त ? >>> आफ्नी Taskbar मा रहेको Battery को Icon मा क्लिक गर्नुहोस र Adjust screen brightness मा क्लिक गर्नुहोला

अब त्यहाँ खुलेको फाइलमा हेर्नुहोस र तल Screen brightness मा आफुलाई चाहिएको जती light control गर्नुहोस |

२. धेरै जसो साथीहरुले आफ्नो Desktop मा Gadgets हरु राखेका हुन्छन एक हिसाबले भन्नुपर्दा यो आफ्नो कम्प्युटरको आकर्षक बढाउनु हो र यो राम्रै पनि हो तर यसको कारणले गर्दा Battery को Charge बढी लिएको हुन्छ त्यसैले यसलाई पनि Disable गर्नु जरुरी छ >>> सबैभन्दा पहिला Start / control panle / Desktop gadgets को तल View list of running gadgets मा क्लिक गर्नुहोस

अब त्यहाँ नयाँ Windows खुल्नेछ र त्यहाँ देखीएका Gadgets का lists मा क्लिक गर्दै Remove बटन थिच्नुहोस |

३. हामीले प्राय: जसो यो कुराको ख्याल गर्दैनौ की हाम्रो Wireless network and Bluetooth Disable छ की छैन यदी यसको जरुरत छैन भने र यसलाई Enable मा नै छोड्नुभएको छ भने यसको कारणले पनी हजुरको Laptop Battery धेरै समय सम्म टिकाउ रहदैन त्यसैले यदी यसको काम छैन भने यसलाई Disable गरेर राख्नु नै उत्तम हुन्छ >>> Taskbar मा रहेको Network Icon मा क्लिक गरेर Open network and sharing center मा क्लिक गर्नुहोस

अब नयाँ फाईल खुल्नेछ र त्यहाँ Left sidebar मा रहेको Change Adapter setting मा क्लिक गर्नुहोस

त्यहाँ खुलेको फाइलमा Bluetooth network connection अथवा Wireless network connection कुरो एकै हो यी दुइ Options मध्य हजुरको कम्प्युटरमा के छ त्यसमा Right click गर्नुहोस र Disable मा क्लिक गर्नुहोस |

४. तपाईं हामीले आफ्नो computerWindows लाई कती धेरै सजाउन सक्छौं त्यो हामीले व्याख्या गर्ने असम्भब छ तर त्यिनै सजावटहरुले पनि हानिकारक गरिराखेका हुन्छन हाम्रा कम्प्युटरलाई त्यसमध्य एक Screen Saver slideshow पनी हो यसको कारणले पनी तपाईंलाई आफ्नो Laptop को battery बचाउन धौ-धौ पर्छ त्यसैले यसलाई पनि (None) मा राख्न जरुरी छ त्यसको लागी >>> Start बटनमा क्लिक गरेर Search line मा Change screen saver टाईप गरेर देखिएको प्रोग्रामलाई खोल्नुहोस

र Screensaver को Dropdown Icon मा क्लिक गरेर (None) मा क्लिक गरी तल Apply बटन थिच्नुहोस अनि Ok बटन थिच्नुहोला |
५. हामीले धेरै जसो आफ्नो कम्प्युटर बन्द नभए सम्म आफ्नो कम्प्युटरको Light पनि बन्द नहोस अथवा कती miniute पछी बन्द हुने Screen light अनि यस्ता अरु धेरै कुराहरु छन् हामीले बिना काममा आफ्नो Laptop को Battery घटाईराखेका हुन्छौं त्यसैले यसको समाधानको लागी >>> सबै भन्दा पहिला Taskbar मा रहेको Battery Icon मा क्लिक गरेर More power option मा क्लिक गर्नुहोस

अब खुलेको पेजमा Change palne settings लिंकमा क्लिक गर्नुहोस त्यहाँ दुइ ओटा Change plane settings देख्नुहुनेछ तपाइंले Power saver को Change plane settings मा क्लिक गर्नुहोला र त्यसपछी त्यहाँ Change setting for the plane: power saver मा तल हेर्नुहोस र आफुलाई कती राख्नुपर्ने हो Display and Sleep mode को लागी miniute छान्नुहोस्

त्यसपछी तल Change advanced power settings मा क्लिक गर्नुहोस र त्यहाँ खुलेको Pop up windows मा पनी Power customize गर्नुहोस |

६. हाम्रा Desktop मा रहेका Windows system हरुले पनी battery लाई खिच्छ यो कुनै ठुलो कुरो होइन शाहेद तपाइंलाई पनि थाहा भएकै हो तर त्यही Windows System लाई सही Appearence and perfomance मा राख्यो भने Windows ले केही battery power को बचत गर्नेछ त्यसैले तपाइंले >>> Start / control panel को search line मा Visual टाईप गर्नुहोस र System मा क्लिक गर्नुहोस

र खुलिसकेपछी माथी Visual effects मा क्लिक गरेर तल Adjust for best perfomance मा क्लिक गर्नुहोस र तल Apply बटन थिच्नुहोस |

७. अब कुरा गरौँ Search index यसले पनी हाम्रो Laptop को battery लाई छिट्टै सिध्याउने कोशिस गर्नेछ तर हामीले यसलाई रोक्न सक्छौं त्यसको लागी >>> Start / controla panel मा दायाँ तिरको माथी Search line मा Index टाईप गरेर Change how windows searches मा क्लिक गर्नुहोस

र खुलेको Pop Up Windows मा तल Modify मा क्लिक गरेर फेरी अर्को Pop up windows खोल्नुहोस र त्यहाँ देखिएका कोठाहरु लाई Uncheck Mark लगाउनुहोस र तल OK बटन थिच्नुहोस |

८. तपाईं हामीले बिना त्यसै पनी हाम्रो Laptop's Speaker लाई Unmute मा राख्ने गर्छौं यदी तपाइंले Speaker को काम नगरेको बेलामा अर्थात गीतहरु सुन्नुहुन् भने फोन पनि गर्नु हुन् भने त्यत्तीकै Speaker लाई Unmute मा राख्नुभन्दा Mute गरेर राख्नुहोस यसले पनि आफ्नो Laptop को battery लाई खपत गर्ने काम गर्छ

कस्तो लाग्यो त हजुरलाई यी माथीका उपायहरु आफ्नो Laptop's power energy घटाउने मलाई लाग्छ हजुरलाई पक्कै पनी मन पर्यो र प्रयोग पनि गरिसक्नुभयो होला धन्यबाद |

Want your business to be the top-listed Computer & Electronics Service in Ilam?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Ilam