Hetauda Samachar Videos

Hetauda Samachar Videos

Share

05/06/2026

हेटौडामा विश्व वातावरण दिवस धुमधामका साथ मनाइयो।

04/06/2026

हेटौडा–११ लाई खेलकुदको हब बनाउने प्रतिबद्धता : अध्यक्ष दाहाल
हेटौंडा / हेटौडा उपमहानगरपालिका–११ नं. वडा कार्यालयको प्रायोजन तथा सरस्वती टोल विकास संस्थाको आयोजनामा सञ्चालन जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८३ को उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका–११ नं. वडा अध्यक्ष जुना दाहालले हेटौडा–११ लाई खेलकुदको हब तथा खेलमैत्री वडाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

03/06/2026

नेपालले एक ईन्च पनि भारतको भूमि मिचेको छैन: केपी शर्मा ओली

02/06/2026

हुब्राचौर–शीतलमहल सडकखण्डमा अव्यवस्थित पार्किङ, पैदल यात्रु जोखिममा

हेटौंडा उपमहानगरपालिका–४ स्थित हुब्राचौरको मुख्य गेटदेखि शीतलमहल चोकसम्म बिहान र साँझको समयमा सवारी साधनहरू सडकको दुवै किनारामा पार्किङ गर्ने गरिएको छ। यसका कारण पैदल यात्रुहरूका लागि हिँड्ने पर्याप्त स्थान नरही सडकको बीच भागबाट आवतजावत गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

अव्यवस्थित पार्किङका कारण दुर्घटनाको जोखिम समेत बढ्दै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। यस समस्याप्रति सम्बन्धित निकाय, ट्राफिक प्रहरी तथा स्थानीय सरकारको ध्यान जान आवश्यक देखिन्छ।

Want your business to be the top-listed Media Company in Hetauda?
Click here to claim your Sponsored Listing.

Website

Address


Hetauda