Shikhar Samachar
31/05/2026
अर्थमन्त्री स्वर्णिम वाग्लेले भ्याट बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न सरकारले नयाँ ‘लट्री’ योजना ल्याउने घोषणा गरेका छन्। अब हरेक भ्याट बिल स्वतः लट्री टिकटमा रूपान्तरण हुने र त्यसमार्फत दैनिक रूपमा सर्वसाधारणलाई लखपति बनाइने सरकारको योजना रहेको उनले बताएका हुन्।
आइतबार बजेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालजस्तो विकासोन्मुख मुलुकमा आयकरबाट मात्रै ठूलो राजस्व संकलन गर्न कठिन हुने भएकाले सरकारले उपभोगमा आधारित कर प्रणालीलाई प्राथमिकता दिएको स्पष्ट पारे।
उनले मध्यम वर्गमाथि अत्यधिक करको भार नपारिएको दाबी गर्दै वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिका लागि आयकर दर १ प्रतिशत मात्र कायम गरिएको जानकारी दिए।
“अहिले मध्यम वर्गले गुनासो गर्ने ठाउँ कम छ। यति गरिब राष्ट्रले १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्र आयकर लगाएका छौं,” उनले भने।
अर्थमन्त्रीका अनुसार नेपालमा अझै अनौपचारिक अर्थतन्त्रको हिस्सा ठूलो रहेकाले तत्कालै आयकरमार्फत पर्याप्त राजस्व वृद्धि सम्भव छैन। त्यसैले उपभोग कर प्रणालीलाई व्यवस्थित गर्दै करको दायरा विस्तार गर्ने रणनीति सरकारले अपनाएको हो।
“अहिले आयमा काटेर उपभोगमा लगाएका हौं। हरेक भ्याट बिल अब अटोमेटिक लट्री टिकट बन्दैछ,” उनले भने, “लट्री टिकटबाट हरेक दिन हामी नेपालीलाई लखपति बनाउँछौं।”
उनले विदेशबाट रेमिट्यान्स पठाउने नेपालीहरूलाई पनि उक्त योजनामा सहभागी गराइने जानकारी दिए।
सरकारको अपेक्षा अनुसार यो व्यवस्थाले सर्वसाधारणमा भ्याट बिल लिने बानी विकास गर्नुका साथै कर छली नियन्त्रण र राजस्व संकलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
संसदमा सांसद आशिका तामाङ
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Doti