Dhading Today

Dhading Today

Share

12/03/2026

उत्तरी धादिङको रुबीभ्याली गाउपालिका वडा नं ५ स्थित लापा गाउ

01/03/2026

धादिङमा फेरि एक पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र राजीनामा प्रकरणले तरंग ल्याएको छ।
ज्वालामुखी गाउँपालिकासँग सम्बन्धित वासुदेव दुवाडीले आफू उपसभापति तथा जिल्ला कार्यसमिति सदस्य रहेको दाबी गर्दै राजीनामा पत्र सार्वजनिक गरे। उनले पार्टीको नीति–सिद्धान्त र व्यवहारबीच असन्तुलन, संगठनभित्र अव्यवस्था तथा पारदर्शिताको अभाव रहेको आरोप लगाउँदै सबै पद र सदस्यता त्यागेको बताएका छन्।
तर भोलिपल्टै रास्वपा धादिङले विज्ञप्ति जारी गर्दै दुवाडी कहिल्यै उपसभापति वा जिल्ला सदस्य नै नभएको दाबी गर्‍यो। पार्टीका अनुसार उनी केही समयअघि मात्र अन्य दलबाट प्रवेश गरी साधारण सदस्यता लिएका व्यक्ति हुन्। साथै, निर्वाचनको मुखमा योजनाबद्ध रूपमा भ्रम फैलाउने प्रयास भएको आरोप समेत लगाइएको छ।
अब प्रश्न उठ्छ —
👉 यदि दुवाडी पदाधिकारी थिए भने पार्टीले किन अस्वीकार गर्‍यो?
👉 यदि उनी साधारण सदस्य मात्र थिए भने उनले पद दाबी कसरी गरे?
यो विवादले रास्वपाको संगठनात्मक पारदर्शिता, अभिलेख व्यवस्थापन र आन्तरिक समन्वयमाथि बहस सुरु गराएको छ। निर्वाचन नजिकिँदै जाँदा यस्ता सार्वजनिक विवादले मतदातामा कस्तो प्रभाव पार्ला?
📌 सत्यतथ्यसहित स्पष्टिकरण अब सम्बन्धित पक्षबाटै आउनुपर्ने देखिन्छ।
#धादिङ #रास्वपा #राजनीति #निर्वाचन

Want your business to be the top-listed Media Company in Dhading?
Click here to claim your Sponsored Listing.

Website

Address


Nilkantha-3
Dhading
00977