Aultgrow Network

Aultgrow Network

Share

01/05/2026

आज 2570 औं बुद्ध जयन्ती तथा बुद्ध पूर्णिमाको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना । शान्ति, अहिंसा र करुणाको मार्ग देखाउने सिद्धाहा बुद्धको शिक्षाले हामी सबैको जीवनमा सकारात्मक ऊर्जा, सद्भाव र मार्गदर्शन प्रदान गरिरहोस्। सबैमा सुख, शान्ति र समृद्धिको कामना 🥀💐🌹

29/04/2026

नेपालमा सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या कानुनी मात्र होइन, सामाजिक र आर्थिक समस्या पनि हो। अवैध रूपमा सरकारी जमिनको संरक्षण गर्नु राज्यको दायित्व हो तर त्यससँगै गरिब, भूमिहीन र अव्यवस्थित बसोबासि नागरिकहरुको मानव अधिकार, मूलवासी अधिकार र पुनर्वासको सुनिश्चितता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। डोजर चलाएर संरचना हटाउनु मात्र समाधान होइन। वैकल्पिक बसोबास, रोजगार र दीर्घकालीन पुनर्वास योजना बिना जबर्जस्ती हटाउनु भनेको विकासको नाममा विनाश र दीर्घकालीन समस्या निम्त्याउनु हो । तसर्थ
यो विषयलाई राजनीतिक होइन, राष्ट्रिय नीति र मानवीय दृष्टिकोणबाट समाधान गर्न आवश्यक छ। किन कि लोकतन्त्रमा कानूनको कार्यान्वयनसँगै मानवताको संरक्षण पनि राज्यको जिम्मेवारी हो। जै मूलवासी!🐝🐝🐝🐝🐝🌷

23/04/2026

गएको भदौ २३ र २४ गते Gen Z को नाममा भएको घटनाको निष्पक्ष छानबिन पहिलो र अनिवार्य शर्त हो। यदि कुनै पक्षबाट हिंसा, दमन, अधिकार उल्लङ्घन वा राज्य शक्तिको दुरुपयोग भएको छ भने त्यसको स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनैपर्छ। दोषी जोसुकै होस्, तुरुन्त कानूनी कारबाही नगरेसम्म न्याय स्थापित हुँदैन। देश अहिले पुरानो ढर्राबाट बाहिर निस्कन सकेको छैन। शक्ति केन्द्रित संरचना, पक्षपातपूर्ण व्यवहार र जवाफदेहिताको अभावले समाजलाई अझै भय र अविश्वासको बाटोमा धकेलिदैं छ । भदौ २३ र २४ गते बिना राजनितिक दर्शन र विचारधाराको आन्दोलनले नेपाली राजनितीलाई अराजनीतिक गतिबिधी, अराजकता र अनिश्चितता तर्फ गइरहेको स्थितिमा कम्तिमा पनि यो अवस्थामा लोकतन्त्र, धर्मनिरपेक्ष, प्रांतीय सरकार र बिधिको शासनले नेपाली राजनीतिलाई स्थिरता तिर लैजाने छ भन्ने थम्याइले यो बेला हामी संयम र अनुशासित भएर गणितीय चुनाव हारेर भए पनि लोकतन्त्र, धर्मनिरपेक्ष, प्रांतीय सरकार र विधिको शासनले जित्नु पर्छ भनेर अघि बढेका हौं,जुन कुरामा पूर्ण सफल भएका छौं। यदि नेपाली राजनीतिलाई लागेको दीर्घ रोग बाहुनवादको अन्त्य गरि यो देश नेपाल बनाउँछ भने जो कोहिले चुनाव जितेर सरकारमा जानू राम्रो कुरा हो त्यसमा हाम्रो समर्थन हुन्छ । जसको पुर्खाले यो देश बिगारिदियो उसैको सन्तानले बनाइदिनु पर्छ भन्ने ठाँउ पनि छ तर कुनै पनि कुरा बिगार्न धेरै सजिलो र जो कोहिलाई आउँछ भने बनाउन धेरै गाह्रो मात्र होइन जो कोहिलाई आउँदैन । त्यसैले यही कुरालाई लामो, गहिरो अध्ययन र पटक पटकको परिक्षणपछि मात्र दार्शनिक डा.गोपाल गुरुङले मंगोलवाद दर्शनको प्रतिपादन गर्नु भएको हो । तसर्थ के बोलेर चुनाव जित्छ भन्दा पनि जितेर गएर के गर्छ ? बाहुनवादको अन्त्य गर्छ या अझ मलजल गर्छ यो बुझ्नु महत्त्वपूर्ण कुरा हो । त्यसैले अब
सरकार र नागरिक दुवै समान जवाफदेहिता हुनु पर्छ! जै मूलवासी!🐝🐝🐝🐝🐝🥀

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Butwal-10, Rupandehi, Lumbini
Butwal
32900