My Butwal

My Butwal

Share

Welcome to My Butwal

Butwal का रमाइला ठाउँहरू, daily updates, travel vlogs र interesting जानकारीहरू यहाँ पाउनुहोस्।

🎥 Explore | 🌆 City Life | 🚗 Road Updates | 🍽️ Food Vlog

👉 Follow गर्नुहोस् र Butwal लाई नजिकबाट चिनौं
📌 My Butwal – Your City, You

06/06/2026

नेपालमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले नयाँ समर्थन मूल्य तोकेपछि बजारमा खुद्रा मूल्यसमेत बढेको हो।
नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य करिब प्रति क्रेट ५४५ देखि ५६० रुपैयाँ पुगेको छ। यससँगै खुद्रा बजारमा एक अण्डाको मूल्य कम्तीमा २५ रुपैयाँसम्म पुगेको छ।

06/06/2026

सर्वोच्च अदालतले चेक बाउन्स सम्बन्धी मुद्दामा महत्वपूर्ण नजिर स्थापित गर्दै अबदेखि बाउन्स भएको चेकको केवल मूल रकम मात्र होइन, त्यस अवधिको ब्याजसमेत पीडितलाई उपलब्ध गराउनुपर्ने स्पष्ट गरेको छ।
न्यायाधीशद्वय कुमार रेग्मी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत पाटनको फैसला उल्ट्याउँदै पीडितलाई भएको सम्पूर्ण आर्थिक क्षतिको भरपाई हुनुपर्ने सिद्धान्तलाई आधार मानेको हो। अदालतले चेक बाउन्सका कारण सम्बन्धित व्यक्तिले लामो समयसम्म आफ्नो रकम प्रयोग गर्न नपाएको अवस्थालाई वास्तविक आर्थिक क्षति मान्दै, केवल मूल रकम फिर्ता गर्नु मात्र न्यायको पूर्ण प्रत्याभूति नहुने निष्कर्ष निकालेको छ।
यो निर्णयले चेक बाउन्स सम्बन्धी भविष्यका मुद्दाहरूमा महत्वपूर्ण मार्गदर्शन दिने कानुन व्यवसायीहरूले बताएका छन्।

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


BUtwal-6 Rupandehi
Butwal