Krishna Hari Subedi

Krishna Hari Subedi

Share

18/09/2025

आज म जस्तोसुकै बाटो हिँड्दा पनि, लाग्छ म नशामा छु।
तर यो रक्सीको नशा होइन— यो समाचारको नशा हो।
एउटा समाचार पढ्दा अर्को त्यस्तै देखिन्छ, अर्को सुन्दा पनि उस्तै लाग्छ।
सत्य र असत्यको सीमाना घाम ढल्किएको साँझजस्तै धुम्म छ,
जहाँ अनुहार देखिन्छ तर रेखा हराउँछ।

हामी स्वतन्त्र छौँ भनिन्छ।
तर यो स्वतन्त्रता के केवल जिब्रो खोल्ने छुट हो?
कि यो विश्वासको आधारमा टेकेको एउटा घर हो,
जहाँ ढोकाहरू पारदर्शी हुन्छन्,
र झ्यालबाट भित्र पस्दा उज्यालो देखिन्छ।

तर हाम्रो घरमा अहिले ढोका करङ्गिएको छ।
विश्वासको गाग्री रित्तिदैँछ।
हामी पानी खाँचोमा चिप्लिरहेका छौँ,
तर कसैको हातमा खरा गाग्री छैन—
सबै हातमा सन्देहको खाली भाडा मात्र छ।

सन्देह बिना बाँच्न सकिन्न,
तर केवल सन्देहमा बाँच्दा त आत्मा नै रोगी हुन्छ।
विश्वास हराएपछि साथ छुट्छ,
साथ छुटेपछि समाज टुक्रिन्छ,
टुक्रिएको समाजले स्वतन्त्रताको स्वाद चाख्दैन,
बरु त्यसले केवल चिराचिरा आवाज सुन्छ।

तर के यो अन्तिम अवस्था हो?
अझै पनि पानीको मुहान सुकिसकेको छैन।
विश्वास फर्काउन—
हामीले फेरि सानो धारा खन्नुपर्ने छ,
स्रोत खोजेर पानी झिक्नुपर्ने छ,
र एउटै गाग्रीमा पानी बाँड्ने अभ्यास गर्नुपर्ने छ।

स्वतन्त्रता भनेको आखिर के हो भने—
हामीले एउटै धारामा बसेर,
एउटै उज्यालो देख्ने आँखा राख्ने क्षमता।
यदि त्यो आँखा हरायो भने,
हामी स्वतन्त्र नेपाली होइनौँ,
बरु शंकाले भरिएका थाकेका यात्रु मात्र।

Want your public figure to be the top-listed Public Figure in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Gaundakot Gulmi
Butwal