Butwal Table Tennis Club

Butwal Table Tennis Club

Share

The Butwal Table Tennis Club (BTTC) is responsible for the global sport of table tennis.

Photos from Butwal Table Tennis Club's post 08/09/2023

बुटवल टेबुल टेनिस क्लबको आयोजना भएको प्रथम कृष्ण जन्माष्टमी कप जिल्ला स्तरिय विद्यालय तथा खुल्ला टेबुल टेनिस प्रतियोगिता २०८० मा गार्गी एकेडेमी प्रथम भएको छ । ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक सहित गार्गी एकेडेमी प्रथम भएको कार्यक्रम संयोजक नबिन शाक्यले जानकारी दिए ।

यस्तै २ स्वर्ण र २ रजत सहित लुम्बिनी बोर्डिङ स्कुल द्वितीय, २ स्वर्ण र १ रजत सहित दीप बोर्डिङ हाई स्कुल तृतीय भएको कार्यक्रम संयोजक शाक्यले बताए । कन्सल्टेन्सि डिएएचको प्रायोजनमा भएको प्रतियोगितामा १७ वटा विद्यालयबाट ३१० जना खेलाडीहरुले ११ वटा इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

गरेको थियो । कार्यक्रम बुटवल टेबुल टेनिस क्लबका अध्यक्ष धिरेन तुलाधरको अध्यक्षता, रुपन्देही जिल्ला टेबुल टेनिस संघका वरिष्ठ सल्लाहकार अर्जुन मान सैंजुको प्रमुख आथित्यता र पुर्व डिएसपि मेघराज कंडेल, हेमनाथ अधिकारिको विशिष्ठ आथित्यतामा सम्पन्न भएको थियो ।

रुपन्देही जिल्ला खेलकुद बिकास समिति कार्यलय प्रमुख तथा टेबुल टेनिस प्रशिक्षक राजेन्द्र श्रेष्ठ , रुपन्देहि जिल्ला टेबुल टेनिस संघका वरिष्ठ उपाध्यक्ष नर बहादुर क्षेत्रि , एपेक्स स्कुलका प्राचार्य दिपक गौतम , गार्गि एकेडेमि प्राचार्य भुवन अधिकारि , बुटवल टेबुल टेनिस एकेडेमि संचालक झरना श्रेष्ठ लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

Want your business to be the top-listed Event Planning Service in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Butwal
00977