Neednepal Tv
For all types of news, you can totally relay upon us. We promise you that you wont be lagging behind in terms of being informed.
रुपन्देहीको नयागाउँस्थित स्वामिनारायण मुक्तिनाथ धाम परिसरमा “गरौ योग बनाऔं निरोगी योग, ध्यान, व्यक्तित्व तथा नेतृत्व विकास तालिम कार्यक्रम” सुरु भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोग तथा स्वामिनारायण मुक्तिनाथ धामको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम जेठ २७ गतेदेखि सुरु भई असार २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
30/05/2026
बुटवलको गौरव : कान्ति माध्यमिक विद्यालय
कान्ति माध्यमिक विद्यालय बुटवलमा सञ्चालित खुला विद्यालय कार्यक्रमको अग्रणी शैक्षिक केन्द्रका रूपमा परिचित छ। विद्यालयले वि.सं. २०६५ सालदेखि नियमित रूपमा विद्यालयमा उपस्थित हुन नसक्ने तथा विभिन्न सामाजिक, आर्थिक वा व्यक्तिगत कारणले अध्ययनबाट वञ्चित भएका विद्यार्थीहरूलाई लक्षित गरी कक्षा ८ र कक्षा १० अन्तर्गत खुला विद्यालय शिक्षा सञ्चालन गर्दै आएको छ।
दैनिक विद्यालय जान सम्भव नभएका विद्यार्थीहरूका लागि वैकल्पिक शिक्षाको अवसर प्रदान गर्दै आएको यो कार्यक्रम बुटवलको एक मात्र सामुदायिक खुला विद्यालयका रूपमा स्थापित छ। यस विद्यालयमार्फत शिक्षा छाड्न बाध्य भएका, रोजगारीमा संलग्न, गृहिणी, विभिन्न कारणले विद्यालय शिक्षा पूरा गर्न नसकेका तथा पुनः अध्ययनमा फर्किन चाहने विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्रा अगाडि बढाउने अवसर पाएका छन्।
"सबैका लागि शिक्षा" भन्ने भावनालाई व्यवहारमा उतार्दै कान्ति माविले हजारौं विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
मदिरा र चुरोटमा कर बढ्यो
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Rupandehi
Butwal
32900