Koshi Online

Koshi Online

Share

Koshionline.com is officially registered news portal by Republic Herald Media & Publications Pvt. Ltd.

Photos from Koshi Online's post 12/07/2026

प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच बूढानीलकण्ठमा चार घण्टा लामो गोप्य संवाद : मन्त्रिपरिषद् पुनर्गठनदेखि पार्टी विधानसम्म चर्चा ।

प्रधानमन्त्री बालेन शाह आज एक्लै रास्वपा सभापति रवि लामिछानेको निवास पुगेर समसामयिक राजनीति, सरकारको सय दिनको समीक्षा र पार्टी संगठनका विषयमा छलफल गरेका छन्। पार्टीका पदाधिकारी मनोनयन र विधानका केही बुँदामा दुई पक्षबीच असमझदारी बढिरहेका बेला यो भेटवार्ता भएको हो।

बिहान साढे ११ बजे लामिछाने निवास पुगेका प्रधानमन्त्री बालेन दिउँसो सवा ३ बजे मात्र बाहिरिएका थिए। प्रधानमन्त्री कार्यालयका अनुसार करिब चार घण्टा लामो सो भेटमा सरकारको सय दिनको समीक्षा, सुकुमवासी व्यवस्थापन, मन्त्रिपरिषद् पुनर्गठन तथा रास्वपाको संगठनात्मक विषयमा गहन छलफल भएको थियो।
भेटलाई स्रोतले नियमित भने तापनि पार्टीको आसन्न पदाधिकारी मनोनयन र विधानका केही प्रावधानका विषयमा दुई नेताबीच केही असन्तुष्टि र असमझदारी पैदा भएको बुझिएको छ। रास्वपामा वरिष्ठ नेतासहित ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य मनोनयन हुन बाँकी रहेका बेला दुवै पक्षबाट नाम टुंगो लगाउन गृहकार्य भइरहेको छ। विशेष गरी संसदीय दलको नेता फेरबदल गर्ने अधिकार र सभापतिको नीतिगत मार्गनिर्देशन पालना नगरे पद रिक्त हुने विधानको प्रावधानप्रति बालेन पक्षले चासो देखाएका छन्। समसामयिक राजनीतिक घटनाक्रम र आन्तरिक शक्ति सन्तुलनका दृष्टिले यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

12/07/2026

गणेश नेपालीको परिवार र सरकार बीच के के भयो सहमति ?

12/07/2026

राक्षसहरूको भूगोलमा मलाई भडुवा भनियो!'तर अब एल्गोरिदम मेरै पक्षमा छ!'"- दुर्गा प्रसाईं

Want your business to be the top-listed Media Company in Biratnagar?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Shanihat Biratnagar
Biratnagar
56613