Rajesh Bade

Rajesh Bade

Share

11/07/2026

जय काल भैरवले रक्षा गरुन्! शुभ दिन, शुभ रहोस् । 🕉️
काल हर, रोग हर, दु:ख हर, कष्ट हर, दरिद्र हर, भय हर, अकाल मृत्यु हर, हर हर महादेव पार्वती पत्यय् नम: 🙏

08/07/2026

नेपाल सम्बतको तछलागा अष्टमीका दिन मनाउने यस पर्व हर्षको भन्दा नि दुःखद पर्वको रुपमा लिइन्छ । भक्तपुर बासीलाई आइपर्ने दुःख, संकटबाट बचाउन नवदुर्गा भवानी अष्टमातृका गणले चारै तिरबाट घेरेर राखेको छ । यी नवदुर्गा भवानी भित्र सर्वप्रथम गथेमंग चहेका दिन श्री महादेवको सृष्टि हुने गर्दछ । त्यसपछि गणेश चतुर्थी (चथाः) का दिन श्री गणेशको सृष्टि हुने गर्दछ भने घटस्थापना देखि क्रमश ब्रम्हाणी, माहेश्वरी, कौमारी, भद्रकाली, बाराही, इन्द्राणी, महाकाली, महालक्ष्मी, सिम्ह, दुम्ह, श्वेत भैरव र भैरवको सृष्टि क्रमैसंग हुने गर्दछ । दशैको समयदेखी नवदुर्गा भवानीले देशबासीहरुलाई आइपर्ने विभिन्न रोगब्यादि, संकट, अनिष्ट आदि बाट रक्षा गर्नु हुन्छ । हरेक सृष्टिको अन्त्य हुन्छ भने जस्तै भलभल अष्टमीको चार दिन अगि नवदुर्गा परिसरमा "सीजा नकेगु" भन्ने चलन रहेको छ । संसारलाई बिदा गर्ने समय आयो भनी अन्तिम भोज खुवाउने यो प्रचलनमा भोज खाएपछि नवदुर्गा गण रिसाएर बाहिर आएर अन्तिम नाच नाच्ने गर्दछ । अब नवदुर्गा भवानी नहुने भयो भनी भक्तपुरबासी सबै भलभल अष्टमी अगि नवदुर्गाको पुजा गर्न आउने चलन रहेको छ । यो निरन्तर एक महिना जसो चल्ने गर्दछ । हरेक घरबाट पुजा गरि यसै परिसरमा सम्मेबजी वा भोज नै खाने गर्दछ । भल्भला अष्टमीको दिन नवदुर्गा परिसरमा अन्तिम नाच नाचेर देवघरबाट निस्कने गर्दछ । देवघर बाहिर नाचेर नगर परिक्रमा गरेपछि पुनः घर भित्र छिर्न खोज्दा नकिंले मुख्य द्वार बन्द गरि राख्दछ । यसरी आफ्नो घरको मुख्य ढोका बन्द भएपछि उक्त स्थानमै बिरह गरि नाच्दछ । यो दृश्यले एकदमै भावुक बनाउने गर्दछ । कतिपय दर्शकहरुको आँखा रसाउने गर्दछ । भावबिव्हल भै नवदुर्गा भवानी ब्रम्हाणी पिठमा जान्छन र यहाँ सम्पुर्ण मुकुण्डो जलाउने गर्दछ । यस दिन देखि नवदुर्गा नहुने भएको कारण नवदुर्गाको शक्ति सहितको धागो (पासुका) हातमा बाँध्ने चलन पनि रहेको छ । यस पासुकालाई पञ्चसुत्रको रुपमा ग्रहण गर्ने गर्दछ । यो हातमा बाँधेको धागो बिजया दशमीका दिन ब्रम्हाणी स्नान गर्न जान्दा फुकालेर नदिमा बगाउने गर्दछ ।
ुर्गा_भवानी 🕉️🇳🇵

Want your public figure to be the top-listed Public Figure in Bhaktapur?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Madhyapur Thimi Municipality
Bhaktapur
BAGMATI