Fusion Nepal- FUN

Fusion Nepal- FUN

Share

Photos from Fusion Nepal- FUN's post 07/01/2026

निःशुल्क कम्प्युटर तालिममा नयाँ आवेदन खुल्ला - जोकोही पनि सहभागी हुन सक्ने

फ्युजन नेपालद्वारा भक्तपुरमा सञ्चालन भइरहेको कम्प्युटर तालिम केन्द्रमा हाल चलिरहेका सबै कक्षाहरू लगभग समापनको चरणमा भएकाले नयाँ आवेदन खुल्ला गरिने भएको छ । कम्प्युटर सिकेर आफ्नो काम वा पढाइलाई सहायता पुग्न सकोस् भनी इच्छा राख्ने जो कसैले पनि यसमा आवेदन दिन सक्नुहुन्छ । यस तालिममा सहभागिताको लागि कुनै पनि मापदण्ड वा योग्यता जरुरी छैन, यहाँहरूको इच्छाशक्तिलाई नै हामी योग्यता मान्नेछौं ।

यदि यहाँहरूको वरीपरी कोही कम्प्युटर तालिम लिन ईच्छुकहरू हुनुहुन्छ भने कृपया उहाँहरूलाई हामीसँग सम्पर्क गरिदिनुहोला ।

थप जानकारीको लागि सम्पर्क: 9843559938 / 9803195192

Photos from Fusion Nepal- FUN's post 23/04/2025

SEE दिएका विद्यार्थीहरूलाई लक्षित गरी कम्प्युटर तालिम सञ्चालन हुँदै - तत्कालै फारम भर्न आह्वान

फ्युजन नेपालले विगत वर्षहरूदेखि नै भक्तपूरमा सञ्चालन गरिरहेको कम्प्युटर तालिम केन्द्रमा हालै SEE दिएका विद्यार्थीहरूलाई लक्षित गरी नयाँ कम्प्युटर तालिम कक्षाहरू सञ्चालन गरिएका छन् । कम्प्युटर सम्बन्धी अत्यन्तै व्यवहारिक ज्ञान दिएर नयाँ पुस्तालाई सबल बनाउने हाम्रो योजना अन्तर्गत यो तालिम सञ्चालन गरिएको हो ।

हाल सञ्चालन गर्न लागिएका कक्षामा सिटहरू खाली भएकाले तालिम लिन चाहने जो कसैले पनि तुरुन्त सम्पर्क गर्न सक्नुहुन्छ । साथै, यदि यहाँहरूको आसपासमा कोही इच्छुक हुनुहुन्छ भने पनि हामीसँग सम्पर्क गराएर सहायता गर्न सक्नुहुन्छ ।

थप जानकारी तथा सहयोगका लागि सम्पर्क: 9843559938/9803195192

Photos from Fusion Nepal- FUN's post 10/12/2024

विपन्न बस्तीमा मेडिकल क्याम्प सम्पन्न

फ्युजन नेपाल संस्थाको आयोजना तथा नेपाली चर्च, डेनमार्कको सहायतामा केही दिनअघि काठमाडौंको बल्खु सुकुम्बासी बस्तीमा एक वृहत मेडिकल क्याम्प सम्पन्न भएको छ । सो क्याम्पबाट हालैका बाढीपीडित मध्ये २५० जनाभन्दा धेरैले प्रत्यक्ष लाभ उठाएका थिए । बाढीले सबैथोक बगाएको अवस्थामा दैनिक खाना जुटाउनु नै चुनौतीको विषय हुँदा औषधि उपचारको बारेमा सोच्नै पाएका थिएनौँ, यो मेडिकल क्याम्पको सहायताले हामीलाई बाँच्ने आशा दिलाएको भन्दै लाभान्वितहरूले खुसी व्यक्त गरे ।

काठमाडौँमा बढ्दै गएको चिसोका कारण बिरामी भएका बालबालिका तथा वृद्धवृद्धाहरूको उचित उपचार भएको देख्न पाउँदा हामीलाई पनि अति नै खुसी लाग्यो ।

हामीलाई विश्वास गरेर यस सेवाको कामको जिम्मा दिनुहुने नेपाली चर्च, डेनमार्क परिवारलाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौं ।

हामी आगामी दिनहरूमा पनि यस्तै सामाजिक सेवाका कामहरू जारी राख्नेछौं । यहाँहरूको सहयोगी हातहरूलाई हामी सदैव स्वागत गर्दछौं ।

थप जानकारी तथा सहायताको लागि सम्पर्क: 9843559938/9803195192

Want your organization to be the top-listed Non Profit Organization in Balkot?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Balkot