Eps Model Question
29/08/2025
प्रवेश पत्र(Admit Card) पुनः डाउनलोड गर्ने सम्बन्धि सूचना। #@
04/08/2025
EPS TOPIK 2025 को परीक्षा फाराम भर्ने सम्बन्धी इपिएस शाखा, ग्वार्कोद्वारा आधिकारिक सुचना प्रकाशन भएको छ।
• परीक्षा खुल्ने क्षेत्र र कोटा:
Manufacturing: 3,500, Agriculture & Livestock: 1,800
• एक व्यक्तिले एक क्षेत्र मात्र भर्न पाउने,
• आवेदन फाराम भर्ने अवधि: वि.सं. २०८२ श्रावण २६ देखि ३१ गते ( August 11 to August 16, 2025) सम्म,
• परीक्षा तालिका पछि प्रकाशन गरिने।
08/02/2025
कोरियाको आर्थिक वृद्धिमा विदेशीहरूको योगदान बढ्दै, रिपोर्ट भन्छ❗️
दक्षिण कोरियाको आर्थिक वृद्धिमा विदेशी कामदार र आप्रवासीहरूको भूमिका झन् महत्त्वपूर्ण बन्दै गएको एक हालैको रिपोर्टमा उल्लेख गरिएको छ। अहिलेसम्म देशभर बसोबास गर्ने विदेशीहरूको संख्या २.६५ मिलियन नाघिसकेको छ, र यो दर यथावत् रहे सन् २०३० भित्र ३ मिलियन पुग्ने अनुमान गरिएको छ।
रिपोर्ट अनुसार, कोरियामा विदेशी जनसंख्यामा १ प्रतिशतको वृद्धि हुँदा कृषि तथा मत्स्य क्षेत्रमा १.३३ प्रतिशत, खानी तथा उत्पादन क्षेत्रमा ०.८८ प्रतिशत, र सेवा क्षेत्रमा ०.३६ प्रतिशतले आर्थिक वृद्धि हुने देखिएको छ। यो अध्ययन माइग्रेसन रिसर्च एन्ड ट्रेनिङ सेन्टरले सार्वजनिक गरेको हो, जुन कोरियाली सरकार र संयुक्त राष्ट्रसंघीय आप्रवासन संस्थाबीचको सम्झौताअन्तर्गत २००९ मा स्थापना भएको थियो।
आंकडाहरूले देखाएअनुसार, २०१९ मा कोरियाको कुल जनसंख्याको ४.९ प्रतिशत हिस्सा विदेशीहरूले ओगटेका थिए। तर, कोभिड-१९ महामारीको प्रभावका कारण यो संख्या २०२० मा ३.९ प्रतिशत र २०२१ मा ३.८ प्रतिशतसम्म घटेको थियो। महामारीको अवस्था सामान्य भएपछि विदेशी जनसंख्या पुनः वृद्धि हुँदै २०२२ मा ४.४ प्रतिशत पुगेको थियो, र २०२३ मा पुनः ४.९ प्रतिशत पुगेको देखिएको छ।
यदि यो प्रवृत्ति जारी रह्यो भने कोरियामा विदेशीहरूको संख्यामा उल्लेखनीय वृद्धि हुने सम्भावना छ। रिपोर्टले उल्लेख गरेअनुसार, विदेशी कामदारहरूको आयस्तर बढ्दै जाँदा उनीहरूको आर्थिक प्रभाव झन् सशक्त बन्दै गएको छ। उनीहरूले कोरियाली अर्थतन्त्रलाई मात्र नभई उपभोग बजारलाई समेत सक्रिय बनाउँदै देशको समग्र आर्थिक परिदृश्यलाई नयाँ रूप दिइरहेका छन्।
08/02/2025
EPS office का कर्मचारी र कामको जिम्मेवारि!
Following
जे मा पनि राजनिती ❓️
नेपालका दलका कोरियाका झोले ज्युहरु,
यदी कोरिया आउने भाडादर अहिले तिम्रा नेताले चाहेर वा भनेर घटेको भए झण्डै तीन बर्षसम्म त तिम्रै नेताको योजनामा इपिएस मजदुर लुटिएका रैछन भनेर सिधा बुझ्दा हुने हो ? अहिले (तिमिहरुले दाबी गरे झैँ) घटाउन सक्नेले झण्डै तीन बर्समा कोरिया आउने ३५ हजार बढि इपिएस मजदुर लुट्दा खेरी के हेर्या ?
बास्तबिकता फरक छ । भाडादरको बिसयमा तिनपटक सम्म उच्च अदालत पाटनमा रिट पर्यो । पछिल्लो पटक गएको कार्तिकमा समेत रिट पर्यो । सर्बोच्चमा समेत हबाइ उडानको विषयमा मुद्दा पर्यो । सर्बोच्चले आउँदो माघसम्मको लागि पुरानो भाडादरमा उडान गर्न पाउने फैसला गर्यो । तीन बर्स सम्म लुटेर दलेहरु पनी थाकि सके । अती भएपछी अहिले हबाइ भाडादर इपिएस कोरिया शाखाको पहलमा घट्या हो ।
छुद्र राजनिती नगर ! बरु कोरोना कालका बेला चार्टर उडानको नाममा ठग्ने तिमिहरुका कुन कुन नेताहरु हुन ? भन्दिनु पर्ने हो ?
खुशीको खबर ❗️
ईपीएस मार्फत नेपालबाट दक्षिण कोरिया जाने नेपाली कामदारको नयाँ हवाई भाडा तोकिएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले १३ कात्तिकमा आह्वान गरेको बोलपत्रमा युनिभर्सल टुर्स एन्ड ट्राभल्स प्रालिको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही भएकाले स्वीकृतिका लागि छनोट गरिएको शाखाले जनाएको छ ।
बोलपत्र विजेता युनिभर्सल टुर्सले मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक प्रतिकामदार प्रतिटिकट ४८ हजार ६ सय ६५ रुपैयाँ रुपैयाँमा काठमाडौंदेखि सियोलसम्म उडान गर्ने छ । भ्याट जोड्दा प्रतिटिकट ५४ हजार ९ सय ९१ रुपैयाँ पर्ने शाखाले जनाएको छ ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Seoul