SUN Rising Welfare CLUB
21/03/2026
शुद्धी कार्य !
स्व बालकुमारी गदाईली
जन्म:
मृत्यु: १३/०३/२०२६
हाम्रो क्लबको सदस्य, श्रीमान राजेन गदाईली, श्रीमान भुपेन गदाईली, सुश्री सुषमा गदाईली ज्यू को माता श्रीमती बालकुमारी गदाईली दिनांक १३.०३.२०२६ शुक्रबारको दिन स्वर्गरोहण हुन पुगेको थियो ।
वहाँको अन्त्येष्टी यसै २४.०३.२०२६ मंगलबारको दिन आफ्नै बासस्थान अम्बियोक बस्ती गोरूबथानमा हुने तय भएको ले सबै गाँऊले, ईष्टमित्र, आफन्तजन अनि शव यात्रामा सम्मिलित हुन आईपुग्ने सबै लाई ऊक्त दिन ऊपस्थित भईदिने अनुरोध गर्द छौं |
बिनित:
श्रीमान राजेन गदाईली( छोरा), श्रीमान भुपेन गदाईली छोरा), सुश्री सुषमा गदाईली ( छोरी), श्रीमती कल्पना गदाईली( बुहारी), श्रीमती दिपा गदाईली(बुहारी), नाती-नातीनी,छोरी-ज्वाँईहरू सितै समस्त परिवार |
25/10/2025
शुद्धी कार्य !
स्व: रन्जन राई
जन्म: १५/०१/१९८१
मृत्यु : १७/१०/२०२५
हाम्रो क्लबको सदस्य, श्री सुकबहादुर राई , ज्यूको दाजु स्वर्ग रन्जन राईको दिनांक १७.०१.२०२५ को दिन स्वर्गरोहण हुन पुगेको थियो ।
वहाँको अन्त्येष्टी कार्य यसै २८.१०.२०२५ मंगलबारको दिन आफ्नै बासस्थान अम्बियोक बस्ती,गोरूबथानमा हुने तय भएकोले सबै गाँऊले, ईष्टमित्र, आफन्तजन अनि शव यात्रामा सम्मिलित हुन आईपुग्ने सबै लाई ऊक्त दिन ऊपस्थित भईदिने अनुरोध गर्द छौं |
बिनित:
आमा : श्रीमती धनरानी राई
श्रीमान सुकबहादुर राई( भाई ), श्रीमती सनजीता राई (बहुरी), श्रीमान अरबिन्द राई(दाजु), श्रीमती शिला राई(भौजु), श्रीमान सन्जय राई(दाजु), श्रीमती सुजाता राई(भौजु), श्रीमान बिनय राई(भाई), श्रीमती निकता राई,,,सितै समस्त दवा परिवार
(वाङा-छुना,दाजु-भौजु,भाई-बुहारी,भतिज-भतिजी)!,
साथै श्रीमान ललित लामा(दाजु) अनि भौजु, श्रीमान राजेश लामा(दाजु) अनि भौजु , श्रीमान रणजीत लामा(दाजु) अनि भौजु।
19/09/2025
यस वर्ष पनि विगत सालहरु जस्तै धुमधाम संगले,,, १७/९/२०२५ को दिन "अम्बियोक चालक संघ " द्वारा भव्यताकासाथ विश्वकर्मा पुजा आयोजना गरियो।
सबै चालकहरु साथै गाउँघरको निम्ति इश्वर संग सुख-समृद्धिको कामना पनि गरिम्। भगवानलाई यो सालको निम्ति प्रार्थना चढाउदै,,,!केहि समय पछि पुजा समाप्त भएपश्चात चालकहरु साथै गाउँको-घरको भाई-बहिनीहरु संग चेल खोला गएर विसर्जन पनि गरियो।
विगत सालमा सांस्कृतिक कार्यक्रमहरू पनि सम्पन्न गरिएका थियम्,,,,,तर यो साल वर्षा आयामका कारणले कुनै सांस्कृतिक कार्यक्रमहरू गर्ने सकिएन,आगमी साल यो भन्दा एकदमै भब्यताको साथ आयोजना गर्ने छौ।
धन्यवाद!
विशाल मोक्तान
सभापति ,
अम्बियोक चालक संघ,
गोरुबथान ।
Click here to claim your Sponsored Listing.
Website
Address
Kalimpong
734301